बागमती प्रदेश ब्युरो
हेटौँडा, वैशाख १३ गते । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन बागमती प्रदेशका विभिन्न जिल्लामा ठूला दलहरूले -याली र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारूढ गठबन्धनका नेपाली काँग्रेस, नेकपा (माओवाद केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित नेकपा (एमाले), राप्रपा, जनता समाजवादी पार्टीलगायतका दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् । 
ठूला दलले गराए उम्मेदवारी दर्ता
बनेपा समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनका लागि काभ्रेका १३ वटै स्थानीय तहमा सोमबार ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराए । सोमबार प्रमुखमा धुलिखेल नगरपालिकामा एमालेबाट अशोककुमार ब्याञ्जू, नेकपा समाजवादीबाट दयासागर श्रेष्ठ, स्वतन्त्रबाट विदुर बस्नेत, बनेपा नगरपालिकामा एमालेबाट रत्नकुश रञ्जितकार र नेपाली काँग्रेसबाट शान्तिरत्न शाक्यले नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी नगरप्रमुखमा उम्मेदवारी दर्ता गराउनेमा पनौती नगरपालिकामा एमालेबाट भीमप्रसाद न्यौपाने, काँग्रेसका रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकामा एमालेबाट राजन भुर्तेल, काँग्रेसबाट कुन्साङ लामा, पाँचखाल नगरपालिकामा एमालेका तर्फबाट कञ्जन अधिकारी, काँग्रेसका तर्फबाट पुनः महेश खरेल, मण्डनदेउपुर नगरपालिकामा एमालेका तर्फबाट विदुरप्रसाद सापकोटा र समाजवादीका तर्फबाट टोकबहादुर वाइबा रहनुभएको छ । अध्यक्षमा भुम्लु गाउँपालिकामा एमालेका तर्फबाट प्रेम लामा, माओवादी केन्द्रका तर्फबाट प्रेमबहादुर भुजेल, चौँरीदेउराली गाउँपालिकामा एमालेबाट जिताराम लामा, माओवादी केन्द्रबाट रेणुका चौलागाईं, तेमाल गाउँपालिकामा एमालेबाट इन्द्रबहादुर तामाङ, काँग्रेसबाट चन्द्र लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपप्रमुख पदका लागि धुलिखेल नगरपालिकामा लालतारा अधिकारी, नीराजन जङ्गम, बनेपामा विमला सापकोटा, रघुवर चौप्रधान, पनौती नगरपालिकामा पुनः गीता बन्जारा, छवि हुमागाईं, नमोबुद्ध नगरपालिकामा सम्झना लामा, रत्नबहादुर लामा, पाँचखाल नगरपालिकामा सूर्यमाया दनुवार, तेजप्रसाद गौतम र मण्डनदेउपुर नगरपालिकामा सरिता ढकाल, 
विष्णुमणि नेपालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै उपाध्यक्षमा भुम्लु गाउँपालिकामा कल्पना श्रेष्ठ, दावा लामा, चौँरीदेउराली गाउँपालिकामा बबिता खरेल, शेरबहादुर लामा, तेमाल गाउँपालिकामा सम्तेन लामा, दलमान थोक्कर, रोशी गाउँपालिकामा बबिता बोहरा र मिमबहादुर वाइबाले उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यसैगरी उपाध्यक्षमा महाभारत गाउँपालिकामा शान्ति तितुङ, सागर मोक्तान, खानीखोला गाउँपालिकामा पुनः रुक्मिणी गुरुङ, दोर्जेमान जिम्बा र बेथानचोक गाउँपालिकामा सरला लामिछाने र तारा राना तिमल्सिनाले सोमबार उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुर समाचारदाताका अनुसार थाहा नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रबाट विष्णु विष्टले, एमालेबाट अच्युतमप्रसाद ढकालले, उपप्रमुखमा काँग्रेसबाट भरत गोपाली र एमालेले कल्पना बलामीको उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बकैया गाउँपालिका अध्यक्षमा काँग्रेसबाट धर्मराज लामिछाने, एमालेबाट सरला बोलखे, उपाध्यक्षमा एमालेबाट लालबहादुर स्याङ्तानले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा अध्यक्षमा एमालेबाट देवकृष्ण पुडासैनी तथा उपाध्यक्षमा उमाकुमारी लामा, काँग्रेसबाट उपाध्यक्षमा निर्मला रुम्बाले उम्मेदवारी दिनुभएको छ ।
मनहरी गाउँपालिकामा एमालेबाट अध्यक्षमा एकराज उप्रेती, उपाध्यक्षमा सुजिता थिङ र काँग्रेसबाट अध्यक्षमा रञ्जन कालाखेतीको उम्मेदवारी परेको छ । काँग्रेसको बागमती प्रदेशको संसदीय दलले भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा आइतबार गरेको निर्णय परिवर्तन गरी सोमबार सञ्जीव श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यसअघि मोमलाल दोङलाई उम्मेदवार बनाउने निर्णय गरिएको थियो । उता काँग्रेसले हेटौँडा उपमहानगरपालिका वडा नं. २ र १० मा दुई जनालाई उम्मेदवार मनोनयनका लागि पार्टीको पत्र दिँदा विवाद भएको छ ।
रामेछापमा मनोनयन दर्ता
रामेछाप समाचारदाताका अनुसार रामेछापको मन्थली नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारहरूले सोमबार मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टका अनुसार नगरपालिकाको प्रमुखमा लव श्रेष्ठ र उपप्रमुखमा ईश्वरी बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसबाट नगरपालिकाको प्रमुख विनोद कार्की र उपप्रमुखमा यशोधा श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ । मन्थली नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा दीपक प्रसाई र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का कृष्णबहादुर थापाले मनोनयन दर्ता गराउनुभयो ।
यसैगरी रामेछाप नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको तालमेलमा माओवादीका नरेशबाबु श्रेष्ठ प्रमुख र उपप्रमुखमा एकीकृत समाजवादीका ढालविक्रम कार्कीले, प्रमुखमा एमालेबाट रोशन पाख्रिन र उपप्रमुखमा सीता केसीले तथा काँग्रेसबाट प्रमुखमा लवश्री न्यौपाले र उपप्रमुखमा सुशीला लामाले मनोनयन दर्ता गराउनुभएको रामेछाप नगरपालिकाकी निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिनुभयो । 
दोरम्बा सैलुङ गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा मैनकुमार मोक्तान र उपाध्यक्षमा देउकुमारी थापामगरले, एमालेबाट अध्यक्षमा टङ्क चौलागाईं र उपाध्यक्षमा मुना कँडेल (थापामगर)ले तथा काँग्रेसबाट अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापामगरले मनोनयन दर्ता गराउनुभएको छ ।
खाँडादेवी गाउँपालिकाको अध्यक्षमा एमालेबाट ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङले तथा काँग्रेसबाट अध्यक्षमा नवराज थोकर र उपाध्यक्षमा चण्डिका उप्रेतीले मनोनयन दर्ता गराउनुभएको छ । सुनापति गाउँपालिकाको अध्यक्षमा एमालेबाट ज्ञानकुमार योञ्जन र उपाध्यक्षमा रीता गौतमले तथा काँग्रेसबाट अध्यक्षमा कमान खड्का (दीपेन्द्र) र उपाध्यक्षमा शान्ति मोक्तानको उम्मेदवारी परेको छ ।
गोकुलगङ्गा गाउँपालिकामा एमालेबाट अध्यक्षमा खड्गबहादुर सुनुवार र उपाध्यक्षमा राधिका श्रेष्ठ तथा काँग्रेसबाट अध्यक्षमा काजीबहादुर खड्का (निदेश) र उपाध्यक्षमा उषा बस्नेत कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । लिखुतामाकोसी गाउँपालिकामा एमालेबाट अध्यक्षमा कमल कडरिया र उपाध्यक्षमा दीपा पाख्रिनले तथा काँग्रेसबाट अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।
गठबन्धनका साझा उम्मेदवार
दोलखा समाचारदाताका अनुसार स्थानीय निर्वाचनका लागि दोलखाबाट गठबन्धनका साझा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । नौवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत तीन सय ८८ पदका लागि साझा उम्मेदवारी मनोनयनपत्र दर्ता भएको हो । नेकपा (एमाले)ले आइतबार नै उम्मेदवारी दिएको थियो ।

भीमेश्वर नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखमा ईश्वरनारायण मानन्धर र नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा सङ्गीता पाख्रिन, जिरी नगरपालिकामा नगरप्रमुखमा लाक्पा शेर्पा (नेकाँ) र नेकपा (माओवादी केन्द्र)बाट उपप्रमुखमा तेजबहादुर गोलेले मनोनयनपत्र दर्ता गराउनुभएको छ ।
त्यसैगरी कालिञ्चोक गाउँपालिकामा काँग्रेसका अर्जुनप्रसाद सिवाकोटी (नेकाँ) र उपाध्यक्षमा माओवादीका कुलबहादुर बुढाथोकी, वैतेश्वर गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा छवि लामा र उपाध्यक्षमा माओवादीका लक्ष्मण खड्का, तामाकोसी गाउँपालिकामा अध्यक्षमा समाजवादीका प्रोणप्रताप केसी र काँग्रेसबाट उपाध्यक्षमा सिर्जना सुवेदी, मेलुङ गाउँपालिकामा अध्यक्षमा समाजवादीबाट रवीन्द्र कार्की र उपाध्यक्षमा काँग्रेसका भक्तबहादुर तामाङ, बिगु गाउँपालिका अध्यक्षमा माओवादीका सञ्जीव ओली र उपाध्यक्षमा काँग्रेसका आङनिमा शेर्पाले मनोनयनपत्र दर्ता गराउनुभएको छ ।
त्यस्तै गौरीशङ्कर गाउँपालिका अध्यक्षमा माओवादीका विश्वास कार्की र उपाध्यक्षमा काँग्रेसका श्यामसुन्दर तामाङ, शैलुङ गाउँपालिका अध्यक्षमा माओवादीका रिमालबाबु श्रेष्ठ र उपाध्यक्षमा काँग्रेसमा दावादोर्जे तामाङले मनोनयनपत्र दर्ता गराउनुभएको छ ।
बाजा घन्काउँदै उम्मेदवारी
सिन्धुली समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरूले उत्साहजनक रूपमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारूढ गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राप्रपालगायतका राजनीतिक दलले पञ्चेबाजासहित ¥याली निकालेर जिल्लाका नौवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलामाई नगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका उपेन्द्रकुमार पोख्रेल र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का दीर्घराज श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले)बाट प्रमुखमा महेन्द्रदेव श्रेष्ठ र उपप्रमुखमा मञ्जु देवकोटा र राप्रपाबाट प्रमुखमा मुकुन्द गजुरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
दुधौली नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार र उपप्रमुखमा काँग्रेसका चन्द्रकिशोर थारूले, एमालेबाट प्रमुखमा लक्ष्मण कार्की र उपप्रमुखमा बालकुमारी अधिकारी दनुवारले उम्मेदवारी दिनुभएको छ ।
दुधौली नगरपालिकाको प्रमुखमा स्वतन्त्र रूपमा केदारप्रसाद गिरी र भक्तिविलास दाहालले तथा सुनकोसी गाउँपालिकामा उत्तरकुमार लामाले अध्यक्ष पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सुनकोसी गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रकी दीपा बोहोरा लामिछाने र उपाध्यक्षमा काँग्रेसका कपिल कोइरालाले, एमालेबाट अध्यक्षमा रोमनराज गिरी र उपाध्यक्षमा हेमा अधिकारी उम्मेदवार बन्नुभएको छ ।
तीनपाटन गाउँपालिका अध्यक्षमा काँग्रेसका कर्णबहादुर थापामगर र उपाध्यक्षमा माओवादी केन्द्रबाट धनबहादुर पुलामी, एमालेबाट अध्यक्षमा छत्र दाहाल र उपाध्यक्षमा पदममाया तामाङले उम्मेददारी दर्ता गर्नुभएको छ ।
यस्तै फिक्कल गाउँपालिकामा अध्यक्षमा काँग्रेसका नृप भुजेल र उपाध्यक्षमा माओवादी केन्द्रबाट लोकेन्द्र कार्कीले, एमालेबाट अध्यक्षमा पार्वती सुनुवार र उपाध्यक्षमा राजु बरालले, गोलन्जोर गाउँपालिकामा अध्यक्षमा पुष्पबहादुर कार्की र उपाध्यक्षमा ज्वालाप्रसाद न्यौपानेले, एमालेबाट अध्यक्षमा शङ्कर बराल र उपाध्यक्षमा ममता देवकोटाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यस्तै मरिण गाउँपालिकामा माओवादी केन्द्रका विमर्श मोक्तान र उपाध्यक्षमा काँग्रेसका तर्फबाट विमला माझीले, एमालेका तर्फबाट अध्यक्षमा गोविन्दलाल माझी र उपाध्यक्षमा सङ्गीता माझीले, घ्याङ्लेख गाउँपालिकामा अध्यक्षमा काँग्रेसका जगतबहादुर भोलन र उपाध्यक्षमा माओवादी केन्द्रबाट शङ्करमान घलानले, एमालेबाट अध्यक्षमा चतुरमान लो र उपाध्यक्षमा प्रमिला वाइबाले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रबाट बज्रध्वज वाइबा र उपाध्यक्षमा काँग्रेसबाट बमबहादुर स्वाङ्बा तथा एमालेबाट अध्यक्षमा मानबहादुर वाइबा र उपाध्यक्षमा निर्मला ठाडामगरले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
एमाले र गठबन्धनको प्रतिस्पर्धा
चितवन समाचारदाताका अनुसार चितवनका सातै पालिकामा प्रमुख राजनीतिक दलका नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । चितवनका पाँच नगरपालिका र एउटा गाउँपालिकामा सत्ताधारी गठबन्धन, प्रतिपक्षी दल एमाले, राप्रपा, अन्य दलहरू र स्वतन्त्रले पालिकाको प्रमुख पदसहित अन्य पदहरूमा मनोनयन दर्ता गराएका हुन् ।
रत्ननगर नगरपालिकामा नेकपा (एमाले)बाट प्रमुखमा विमला दुवाडी र उपप्रमुखमा यादव पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले) अनेमसङ्घ रत्ननगर नगर कमिटी अध्यक्ष वीरञ्जना घिमिरे सापकोटाले रत्ननगर नगरपालिकाको उपप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले रत्ननगर–१३ मा वडाध्यक्षको टिकट नपाएपछि उपप्रमुखमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।
त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा प्रल्लाख सापकोटा र उपप्रमुखमा एकीकृत समाजवादीबाट बद्री घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राप्ती नगरपालिकामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादी पार्टीबाट प्रमुखमा शमशेर लामा, उपप्रमुखमा काँग्रेसबाट देवेन्द्र लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले)को तर्फबाट प्रमुखमा गोविन्द कँडेल, उपप्रमुखमा मेनुका पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
माडी नगरपालिकामा एमालेका तर्फबाट प्रमुखमा तारा कुमारीकाजी महतो र उपप्रमुखमा रेशमलाल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट प्रमुखमा माओवादीका ऋषिराम काफ्ले र उपप्रमुखमा काँग्रेसबाट खेम महतोले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेबाट प्रमुखको उम्मेदवार महतो माडी नगरपालिकाकी निवर्तमान उपप्रमुख हुनुहुन्छ भने काँग्रेसका महतो गत स्थानीय निर्वाचनमा प्रमुखमा ४७ मतले पराजित हुनुभएको थियो ।
एमालेबाट नगरप्रमुखमा लालमणि चौधरी, उपप्रमुखमा कविता उप्रेतीले मनोनयन दर्ता गराउनुभएको छ । चौधरी खैरहनीको संस्थापक नगरप्रमुख हुनुहुन्छ । गठबन्धनबाट प्रमुखमा काँग्रेसका शशिकुमार खनियाँ र उपप्रमुखमा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कालिका नगरपालिकामा नेकपा (एमाले)बाट प्रमुखमा विनोद रेग्मी र उपप्रमुखमा विमला लामाले उम्मेदवारी मनोनयद दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनबाट प्रमुखमा शिवराम केसी र उपप्रमुखमा माओवादी केन्द्रबाट कविता लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित सातै वडाको वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धनले अध्यक्षमा नेपाली काँग्रेसबाट गीताकुमारी गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रबाट प्रताप गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                