• १३ साउन २०८१, आइतबार

स्थानीय तह निर्वाचन

अपडेटः देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ताका लागि काठमाडौंको भृकुटीमण्डपमा पुगेका गठबन्धनका नेता तथा कार्यकर्ता । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख १२ गते।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राति ८ः३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिएको थियो। 

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २३ सय ४३ र उपप्रमुख पदमा १४ सय ४५ जनाको उम्मेदवारी परेको छ। 

गाउँपालिकाको अध्यक्षको पदमा २४ सय ९७ र उपाध्यक्ष पदमा १७ सय २६ जनाको उम्मेदवारी परेको आयोगले जानकारी गराएको छ ।  

आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा २० हजार १७६ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको छ।  

त्यस्तै महिला सदस्य पदमा १३ हजार ५५४ र दलित महिला सदस्यमा १२ हजार १८१ जनाको उम्मेदवारी परेको छ ।