• १६ भदौ २०८१, आइतबार

भरतपुरमा गठबन्धनको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ता गर्दै गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललगायत । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 
चितवन, वैशाख १२ गते। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ। 

उहाँले सोमबार  सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्तासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो। 

मनोनयन दर्ता गर्न नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता तथा प्रदेश मन्त्री घनश्याम दाहाल, नेपाली काँग्रेस जिल्ला सभापती राजेश्वर खनालको उपस्थिति थियो। 

यसअघि नै भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनुभएको हो।