शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख १२ गते । निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा भएको जनाएको छ ।
सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
‘निर्वाचन आयोगले ७७ वटै जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको छ । वैशाख १३ गते (मङ्गलबार) देखि मतपत्र ढुवानी गर्ने तयारी गरिएको छ ।’ प्रवक्ता पौडेलले भन्नुभयो ।
वैशाख ३० गते हुनेस्थानीय तह निर्वाचनका लागि हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाई सकिएको आयोगले जनाएको छ ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                