• १३ साउन २०८१, आइतबार

शे-फोक्सुण्डोका प्रमुख एमालेबाट निर्वाचित भएका हुन्: मतदान अधिकृत

blog

विष्णुप्रसाद देवकोटा 

डोल्पा, वैशाख १३ गते । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्षमा मनोनयन गर्दा निर्विरोध हुनुभएका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा (एमाले) पार्टीबाट निर्वाचित हुनुभएको मतदान अधिकृत घनश्याम घिमिरेले जानकारी दिनुभयो । गुरुङ निर्विरोध भएपछि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीको तर्फबाट भन्दै दावी गरेका थिए । 

दुई वटा पार्टीबाट टिकट लिएको गलत प्रचार भए पनि निर्वाचन अधिकृतले भने एमालेकै तर्फबाट मनोनयन दर्ता गर्नुभएको स्पष्ट पारेको छ । सोमबार मनोनयन दर्ता गराएसँगै गुरुङ निर्विरोध अध्यक्षमा बन्नुभएको थियो । 

सोमबारसम्म स्थानीय तहको निर्वाचनका लागि  एक लाख चार हजार १२३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा दुई हजार ७४४ र उपप्रमुख पदमा एक हजार ६९९ उम्मेदवारी परेको छ ।

गाउँपालिकाको अध्यक्षको पदमा दुई हजार ९४१, उपाध्यक्ष पदमा दुई हजार २३ र वडाअध्यक्ष पदमा २५ हजार ६४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्य पदमा १७ हजार ४६७, दलित महिला सदस्यमा १५ हजार ६९७  र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।