निर्वाचन आयोगको अनुगमन टोलीद्वारा निर्वाचन सामग्री जफत
निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।
कांग्रेस स्थानीय निर्वाचन परिचालन समितिद्वारा सात वटा उपसमिति विस्तार
नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले विभिन्न सात वटा उपसमितिमा सदस्य मनोनित गरेको छ।
आर्थिक विकास र भौतिक पूर्वाधारमा पाँच दलीय गठबन्धनको जोड
तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ।
रुपन्देहीमा ११३ जनाको उम्मेदवारी फिर्ता
स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध
भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
पाल्पामा ७५ जनाको उम्मेद्वारी फिर्ता
पाल्पामा ७५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । विभिन्न दलमा आबद्ध र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ७५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी
गोरखापत्र अनलाइनकाठमाडौंं, वैशाख १७ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा ढुवानीको काम जारी छ ।कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ को मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको कोइरालाले बताउनुभयो । वैशाख १८ गते आइतबार लुम्बिनी प्रदेशको १२ जिल्लामा मतपत्र पठाइनेछ । काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ । केही जिल्लामा पुग्नेक्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिसकिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ ।
निर्वाचन आचारसंहित विपरीत झुण्ड्याइएको दलका झण्डा हटाइयो
निर्वाचन आचारसंहिता विपरीत धनुषाको ढल्केबरस्थित सार्वजनिक स्थानमा झुण्ड्याइएको राजनीतिक दलको झण्डा हटाइएको छ ।
सुर्खेतमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन
सुर्खेतमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको छ । दुई दलबीच भएको सहमतिअनुसार काँग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा नगरपालिकाको उपप्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।
माओवादी केन्द्रलाई सघाउन एमालेले लियो उम्मेदवारी फिर्ता
तिलाचन पाण्डेतम्घास, वैशाख १७ गते । जिल्लाको धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिनुभएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएका कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको (नेकपा) एमाले धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेबाट गाउँपालिका अध्यक्षमा गोपाल कुँवर र उपाध्यक्षमा सीता गिरीले उम्मेदवारी मनोनयन गराउनुभएको थियो । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका लागि भुपाल पोखरेलले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका कुँवरले नेकमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने सहमतिमा उम्मेदवारी फिर्ता लिइएको सचिव घिमिरेले बताउनुभयो । अब धुर्कोट गाउँपालिकामा (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार पोखरेल र नेकपा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार गिरी बन्ने घिमिरेले बताउनुभयो ।दुई उम्मेदवारबीचको सहमति अनुसार अध्यक्ष पदमा आ–आफना पार्टीका चुनाव चिन्हमा लड्नेछन् । (नेकपा) एमाले धुर्कोट गाउँपालिकाले गरेको सहमति अनुसार सबै वडाहरुका पदमा भने सूर्य चिन्हका उम्मेदवारहरु रहने घिमिरेको भनाइ छ । पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस नेकपा माओवादीबीच तालमेल गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डारी र एकीकृत समाजवादीबाट कमला सुनारले तालमेलबाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । धुर्कोट गाउँपालिकामा काँग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार अध्यक्ष पदमा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका शिव खत्री निर्वाचित हुनुभएको थियो ।
रुकुम पश्चिममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित
राजु लामिछानेरुकुम पश्चिम, वैशाख १७ गते । रुकुम पश्चिममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार स्थानीय तह निर्वाचनको लागि मनोनयन फिर्ता लिने क्रममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका निर्वाचन अधिकृत द्रोणदत्त पौडेलका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मि बिक सार्की निर्विरोध निर्वाचित हुनुभएको हो ।त्यसैगरी आठबिसकोट नगरपालिका वडा नम्वर २ को दलित महिला सदस्यमा जुन कुमारी बिक पनि निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँसँगै आठबिसकोट नगरपालिका वडा नम्वर ८ का शशि पुन मगर पनि निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्य पदका लागि उहाँको मात्र उम्मेदवारी दाखिला भएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । एक जनाको मात्र मनोनयन पत्र पत्र दाखिला भएकोले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । तीनै जना महिला सदस्यहरु नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको हो ।स्थानीय तह निर्वाचन २०७३ को दफा २५ बमोजिम उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
म्यादी प्रहरीलाई सुरक्षा निकायका आगामी भर्नामा प्रथमिकतामा राख्न गृहमन्त्री खाणको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध स्रोत र साधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’काे सुरक्षा गोष्ठीमा उहाँले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली काँग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।
सुरक्षाकर्मी परिचालन सुरु
स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो । गृह मन्त्रालयले शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार
सामाजिक सञ्जालले फेरियो प्रचार शैली : डिजिटल डिजाइनतर्फ बढ्दै आकर्षण
सामाजिक सञ्जालका कारण निर्वाचनको प्रचार शैली फेरिएको छ । अघिल्लो निर्वाचनसम्म झन्डा, फ्लेक्स प्रिन्ट, पोस्टर, भित्ते लेखन आदि प्रचार सामग्रीको बजार राम्रै थियो । निर्वाचनका बेला प्रचार सामग्री तयार गरिदिने व्यवसायीलाई भ्याइनभ्याई हुन्थ्यो ।
मतगणना स्थलमा सीसी क्यामरा अनिवार्य
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गणना स्थलमा अनिवार्य रूपमा सीसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।
पाँच हजारको मनोनयन फिर्ता, आज निर्वाचन चिह्न प्रदान गरिने
स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन फिर्ता लिने तालिका थियो ।
दाङमा १७६ को उम्मेदवारी फिर्ता
दाङमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएका १७६ जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ।
उम्मेदवारी फिर्ता गरेर बुटवलमा गठबन्धनलाई समर्थन
सिद्धार्थनगर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट प्रमुखको पदमा उम्मेदवारी दिएका मनिषकुमार जोशीले उम्मेदवारी फिर्ता लिनुभएको छ।
तालमेल मिलेपछि उम्मेदवारी फिर्ता
रुकुम पश्चिममा विभिन्न दलबाट र स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाले कुराकानी मिलेको भन्दै उम्मेदवारी फिर्ता लिएका छन्।
एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता
काठमाडौं, वैशाख १६ गते। सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र अर्जुन बुढाथोकी नेतृत्वको बहिर्गमित जनमुक्ति सेना, नेपालबीच शुक्रबार पार्टी एकता भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बहिर्गमित जनमुक्ति सेनालाई उपयुक्त ठाउँमा सङ्गठित गरिने बताउनुभयो। यस विषयमा स्थानीय तहको चुनावपछि सम्बन्धित सबैमा आह्वान गरिने उहाँको भनाइ छ। आदर्शलाई पछ्याएर मान्छे आन्दोलनमा जुट्छ, म होइन हामी भन्ने र आफू होइन हाम्रो भन्ने भावनाका साथ अघि बढ्नुपर्ने तब न कम्युनिष्टको अर्थ रहने उहाँले बताउनुभयो। त्यसपछि न पार्टी पूँजीवाद र सामन्तवादको भन्दा भिन्न हुने विचार उहाँले राख्नुभयो। यसअघि विगतमा कम्युनिष्ट पार्टीमा क्रान्तिकारी दृष्टिकोण, कम्युनिष्टको आदर्श दक्षिणपन्थी भासमा फस्ने देखिएकाले यसको रक्षाका लागि नयाँ पार्टी नयाँ संकल्पका साथ अघि बढ्ने निर्णयमा पुगेको उहाँले प्रट्याउनुभयो। यसैगरी, बुढाथोकीले विगतमा माओवादी जनयुद्धका जनमुक्ति सेनालाई अयोग्य भनेर बहिर्गमन गरिएको बताउनुभयो। हिजो जनयुद्धमा परिवर्तन गर्न पार्टीमा आए पनि पछि त्यो परिवर्तन भएको र कतिपय जनमुक्ति सेना समाजमा बस्न नसकेर आत्महत्या गर्ने अवस्थामा समेत बुढाथोकीले बताउनुभयो। अबदेखि एकीकृत समाजवादीको कलम चिह्नमा रही अघि बढ्ने प्रतिबद्धता उहाँले राख्नुभयो।
४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १६ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाई सम्पन्न भएको छ । निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार शुक्रबारसम्म सो संख्यामा मतपत्र छपाई सम्पन्न भएको हो ।७६ जिल्लाका लागि सो मतपत्र छपाई सम्पन्न भएको र बाँकी मतपत्र छपाईको काम जारी रहेको उहाँले जानकारी दिनुभयो । आयोगका अनुसार ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिइसकेको छ ।काठमाडौंबाट लामो दूरीमा रहेका अधिकांश जिल्लाहरुमा मतपत्र ढुवानी भइसकेको छ भने अन्य जिल्लाहरुमा पुग्नेक्रममा रहेको कोइरालाले बताउनुभयो । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो ।
तारकेश्वरमा राखिएका प्रचार सामग्री हटाइए
नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता विपरीत राखेका प्रचारप्रसारका सामग्री हटाउन सुरु गरेको छ ।
मदनदास श्रेष्ठको प्रतिबद्धता-पत्र : काठमाडौं भ्रष्टाचारमुक्त महानगर
काठमाडौं, वैशाख १६ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी दिनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मदनदास श्रेष्ठले शुक्रबार प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा निर्वाचन सम्बन्धित प्रतिबद्धता पत्र सार्वजनिक गर्नुहुँदै श्रेष्ठले भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो। नगर हुँदै राष्ट्र निर्माणमा एक हुन्छौं, सबैको भावनालाई समेट्दै पार्टीको उद्देश्य सफल पार्न अघि बढेको बताउनुभयो। यसका लागि साम, दाम, दण्ड भेदको प्रयोग गरेर विचलित पार्न सक्ने जोखिम भएकोप्रति उहाँले पार्टीपंक्तिको ध्यानाकर्षण गराउनुभयो।राजनीतिक फोहोरी नभएर राजनीति गर्ने मान्छेले यसलाई फोहोर बनाएको उहाँको भनाइ छ। ‘साधारण मान्छे कसरी चुनाव लड्नुहुन्छ भन्नुुहुन्छ, भ्रष्टाचार भनेको आमाको रगत खानुसरह हो भनेर अध्यक्षले भन्नुभाछ’, उहाँले भन्नुभयो।काठमाडौंमा पछिल्लो समयमै फोहोर उठ्न नसक्ने समस्या बढिरहेको र यी समस्याको समाधान हुनुपर्ने उहाँको भनाइ छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक काठमाडौं नगरलाई हराभरा, स्वच्छ बनाइने विषय प्रतिबद्धता पत्रमा उल्लेख छ। काठमाडौं कुरुप सहरको परिणत भएको अवस्थामा आधुनिक प्रविधि जोड्दै संस्कृति र सभ्यतालाई पुर्नस्थापित गर्ने, राजधानीलाई फोहोरमैलामुक्त र प्रदूषणमुक्त बनाउने, ट्राफिक समस्या ६ महिनाभित्र समाधान गर्ने, अनावश्यक करहरु हटाउने, मठमन्दिर, पार्टीपौवा, पर्व, जात्रा, गुठी आदिको संरक्षण गर्ने प्रतिवद्धता उहाँको छ।यसैगरी, ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य परीक्षण, स्वास्थ्य चौकी स्थापना, निम्नि आय भएका सुत्केरीलाई तीन महिनासम्म भत्ता, सार्वजनिक स्थानको शौचालय व्यवस्थित बनाउने विषय प्रतिबद्धता पत्रमा उल्लेख छ।को हुन् मदनदास श्रेष्ठ ?वि.सं. २००५ वैशाख १५ गते जन्म लिनुभएका मदनदास श्रेष्ठ वरिष्ठ कलाकार पनि हुनुहुन्छ। २०२१ सालदेखि काठमाडौंमा कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको थियो। रङ्गमञ्च र चलचित्र क्षेत्रमा रहँदा कुनै पनि पार्टीसँग आबद्ध नरहे पनि राप्रपासँग उहाँको व्यक्तिगत निकटता र आस्था थियो। उहाँ राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको पूर्वकेन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको छ। यसअघि राष्ट्रिय चलचित्र कलाकार सङ्घको महासचिव, कालिन्चोक युवा क्लबको सचिवको अनुभव उहाँसँग छ। दोलखा गुठीको सचिव पदमा रहेर काम गर्नुभएको उहाँले विशेषगरी, शैक्षिक क्षेत्रको योगदानमा जोड दिँदै आउनुभएको छ। उहाँ विभिन्न विद्यालय र क्याम्पसको सञ्चालक समितिको सदस्यमा हुनुहुन्छ।