• २० वैशाख २०८१, बिहिबार

४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी

blog

गोरखापत्र अनलाइन

काठमाडौंं, वैशाख १७ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा ढुवानीको काम जारी छ ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ को मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको कोइरालाले बताउनुभयो । वैशाख १८ गते आइतबार लुम्बिनी प्रदेशको १२ जिल्लामा मतपत्र पठाइनेछ । 

काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ । केही जिल्लामा पुग्नेक्रम जारी रहेको आयोगले जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिसकिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो ।

हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ ।