• १३ साउन २०८१, आइतबार

४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १६ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाई सम्पन्न भएको छ । निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार शुक्रबारसम्म सो संख्यामा मतपत्र छपाई सम्पन्न भएको हो ।

७६ जिल्लाका लागि सो मतपत्र छपाई सम्पन्न भएको र बाँकी मतपत्र छपाईको काम जारी रहेको उहाँले जानकारी दिनुभयो । आयोगका अनुसार ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिइसकेको छ ।

काठमाडौंबाट लामो दूरीमा रहेका अधिकांश जिल्लाहरुमा मतपत्र ढुवानी भइसकेको छ भने अन्य जिल्लाहरुमा पुग्नेक्रममा रहेको कोइरालाले बताउनुभयो । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो ।