• १३ असार २०८१, बिहिबार

एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता

blog

कार्यक्रममा सहभागी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता ।

काठमाडौं, वैशाख १६ गते। सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र अर्जुन बुढाथोकी नेतृत्वको बहिर्गमित जनमुक्ति सेना, नेपालबीच शुक्रबार पार्टी एकता भएको छ। 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बहिर्गमित जनमुक्ति सेनालाई उपयुक्त ठाउँमा सङ्गठित गरिने बताउनुभयो।  यस विषयमा स्थानीय तहको चुनावपछि सम्बन्धित सबैमा आह्वान गरिने उहाँको भनाइ छ। 

आदर्शलाई पछ्याएर मान्छे आन्दोलनमा जुट्छ, म होइन हामी भन्ने र आफू होइन हाम्रो भन्ने भावनाका साथ अघि बढ्नुपर्ने तब न कम्युनिष्टको अर्थ रहने उहाँले बताउनुभयो। त्यसपछि न पार्टी पूँजीवाद र सामन्तवादको भन्दा भिन्न हुने विचार उहाँले राख्नुभयो। 

यसअघि विगतमा कम्युनिष्ट पार्टीमा क्रान्तिकारी दृष्टिकोण, कम्युनिष्टको आदर्श दक्षिणपन्थी भासमा फस्ने देखिएकाले यसको रक्षाका लागि नयाँ पार्टी नयाँ संकल्पका साथ अघि बढ्ने निर्णयमा पुगेको उहाँले प्रट्याउनुभयो।  

यसैगरी,  बुढाथोकीले विगतमा माओवादी जनयुद्धका जनमुक्ति सेनालाई अयोग्य भनेर बहिर्गमन गरिएको बताउनुभयो। 

हिजो जनयुद्धमा परिवर्तन गर्न पार्टीमा आए पनि पछि त्यो परिवर्तन भएको र कतिपय जनमुक्ति सेना समाजमा बस्न नसकेर आत्महत्या गर्ने अवस्थामा समेत बुढाथोकीले बताउनुभयो। अबदेखि एकीकृत समाजवादीको कलम चिह्नमा रही अघि बढ्ने प्रतिबद्धता उहाँले राख्नुभयो।