माओवादीले पाएन प्रमुख
स्थानीय तह निर्वाचनमा गठबन्धन गरिए पनि काठमाडौँका पालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रमुखमा उम्मेदवारी पाउन सकेन । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका छन् । सत्ता गठबन्धनबाट प्रमुख वा उपप्रमुख नपाएपछि एकल उम्मेदवारी दिएको छ । टोखा, कीर्तिपुर, नागार्जुन, शङ्करापुर र बूढानीलकण्ठ नगरपालिकामा माओवादीका एकल उम्मेदवार छन् । तारकेश्वर, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा गठबन्धन गरे पनि प्रमुख पद पाएको छैन ।
आजदेखि काँग्रेसको चुनावी सभा
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । काँग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ ।
पाँचदलीय गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक
स्थानीय तह निर्वाचनमा चितवन जिल्लामा तालमेल गरेका पाँचदलीय सत्ता गठबन्धनले मङ्गलबार भरतपुरमा निर्वाचनलाई लक्षित गरी साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । लोकतान्त्रिक वाम गठबन्धन, भरतपुर महानगरपालिका समितिले भरतपुुर महानगरको र लोकतान्त्रिक वाम गठबन्धन चितवनले जिल्लाको समग्र प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उम्मेदवारको खर्च बैंक खाताबाट सञ्चालन गर्नू : निर्वाचन आयोग
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई बैंकमार्फत् मात्र खर्च गर्न निर्देशन दिएको छ।
म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौँ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ।
लक्ष्यअनुसारको मतपत्र छपाइ सम्पन्न, ६५ जिल्लामा ढुवानी
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले लक्ष्यअनुसारको मतपत्रको छपाइ सम्पन्न गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय गठन
पाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ।
गठबन्धनका उम्मेदवार जिताउन शक्ति केन्द्रित गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनका उम्मेदवार जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
इदमा अंकमाल गर्दै भोट माग्दै
सिराज खान नेपालगञ्ज, वैशाख २० गते। इद (इद उल फित्र)को अवसरमा नेपालगञ्जको बीपी चोकमा रहेको इदगाहमा यो वर्ष फरक दृष्य देखियो। लगातार दुई वर्षको कोरोना कहरपछि र स्थानीय तहको निर्वाचनको मुखमै इद पर्व परेपछि फरक दृष्य देखिएको हो।निर्वाचनमा नेपालगञ्जबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यमा उम्मेदवार बनेका अधिकांश उम्मेदवार र दलका नेता कार्यकर्ता ठूलो संख्यामा मंगलबार बिहान इदगाहमा भेटिए। नेपालगञ्ज उपमहानगरका नेपाली मुस्लिम इदको नमाज पढ्न इदगाहमा भेला भएकोले इदको शुभकामना साटासाट गर्न अधिकांश उम्मेदवार र दलका नेता कार्यकर्ता बिहानै इदगाह पुगेका थिए। इदको नमाज सकिने बित्तिकै सुरु भएको शुभकामना तथा बधाई साटासाटमा उम्मेदवारको सक्रियता सबैभन्दा बढी देखियो। उनीहरुले बढी भन्दा बढी मतदातालाई अंकमाल गरेर पर्वको शुभकामना प्रदान गर्दै भोट मागिरहेका थिए। धेरैजना एक ठाउँमा भेटिएपछि शुभकामना दिन र आफ्नो लागि मत माग्न सजिलो भएको गठबन्धनबाट मेयरका उम्मेदवार प्रशान्त विष्टले बताउनुभयो। उहाँले इदगाहमा देखिएको उत्साह र उमंगले आफू पनि उत्साहित बनेको बताउनुभयो। यसैगरी इदगाह पुग्नुभएका राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल वैश्यले आफू मुस्लिम समुदायका अगुवालगायत वृद्धको आशिर्वाद लिन इदगाह आएको बताउनुभयो। उहाँले आफूले वर्षौदेखि यहाँ यो पर्वका दिन पानी वितरण गर्ने काम गर्दै आएको जनाउँदै यसपाली त झन् निर्वाचन परेकोले धेरैलाई पानी खुवाउने लक्ष्य रहेको बताउनुभयो। वैश्यले अंकमाल गर्ने सबैसँग आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो। सोही प्रकारले एमालेबाट मेयरका उम्मेदवार रहनुभएका पशुपति दयाल मिश्रले मत माग्ने सबैभन्दा राम्रो ठाउँ र अवसर यही भएको बताउनुभयो। अवसरमा उपमेयरका उम्मेदवार कमरुद्दीन राई, बिन्दु चर्तिमगर र शान्ति ढकाल लगायतका उम्मेदवारलाई पनि शुभकामना लिन दिन भ्याइनभ्याई थियो। निर्वाचनका कारण इदगाहमा बेग्लै रौनक देखियो। सडक नजिक हरेक ठाउँमा विभिन्न उम्मेदवारले टेन्ट लगाएर पानी वितरणसँगै प्रचार सामग्री पनि वितरण गरिरहेका थिए। यसका साथसाथै सहरका विभिन्न ठाउँमा आयोजना गरिएका इद मिलन कार्यक्रममा पनि स्थानीय तहकै निर्वाचनको चर्चा परिचर्चासँगै उम्मेदवारले शुभकामना दिँदै मत मागिररहेका छन्।
प्रदेश मन्त्री मोक्तानलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण पत्र
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २० गते । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमति प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका शाखा अधिकृत प्रकाश घिमिरेद्वारा हस्ताक्षरित स्पष्टीकरणपत्रमा सोको जानकारी दिइएको छ । मन्त्री मोक्तान चुनावी प्रचार प्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि उहाँलाई त्यसबारेमा के भएको हो आधार प्रमाणसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरेको आयोगले जनाएको छ । आयोगको पत्रमा भनिएको छ, “तपाई निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) बिपरितको कार्य गरेको देखिँदा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने ? भन्ने विषयमा २४ घण्टाभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी स्पष्टीकरण दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ ।” निर्वाचन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।
स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समितिद्वारा सबै पक्षमा आग्रह
रेखीराम रानापाल्पा, वैशाख २० गते । निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रुपमा पालना गर्न जिल्लास्थित स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समितिले सबै पक्षलाई आग्रह गरेको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीको अध्यक्षमा बसेको बैठकले राजनैतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबै पक्षले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिएको छ । जिल्लाका विभिन्न स्थानमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे समीक्षा गर्दै समितिले आचारसंहिता पालना नगर्नेमाथि कारबाही गर्ने चेतावती दिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन सम्बन्धी आचारसंहिता पालना गर्न सबै राजनैतिक दल, उम्मेदवार तथा नेता कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभयो । उम्मेदवार वा दलका नेताले आचारसंहिता उल्लङ्घन गरे कारबाही हुने उहाँले प्रतिबद्धता जनाउनुभयो । आचारसंहिता पालना गराउन प्रहरी प्रशासनले विनाभेदभाव काम गर्ने प्रजिअ पन्तको भनाइ छ । बैठकमा मुख्य निर्वाचन अधिकृत केसीले निर्वाचन स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्न राजनैतिक दलको मुख्य भूमिका हुने बताउनुभयो । उहाँले आचारसंहिता कुनै एउटा पक्षका लागि मात्र नभएर सबैको हितमा रहेकाले राजनैतिक दलका उम्मेदवारले सहयोग गर्नुपर्ने बताउनुभयो । बैठकमा सहभागी नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले निर्वाचन सम्बन्धी आचारसंहिता एमालेले पूर्ण रुपमा पालना गर्ने प्रतिबद्ध जनाउनुभयो । आयोगले सबैलाई समान रुपमा हेरेर आचारसंहिता कार्यन्वयन गर्नुपर्ने पोखरेलले बताउनुभयो । नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपानेले निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न काँग्रेसले आयोगलाई सघाउने बताउनुभयो । नेकपा माओवादी पाल्पाका प्रतिनिधि मथुरा ढकालले गठबन्धनका दलको तर्फबाट आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको र कहीँकतै उल्लङ्घन भएको भए आफूहरू सच्याउन तयार रहेको बताउनुभयो ।
टोखा नगरपालिका प्रमुख पदका प्रतिस्पर्धीका आ–आफ्नै एजेण्डा
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदो छ । यससँगै राजनीतिक दलका उम्मेदवार, नेता र कार्यकर्ता चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । सबै राजनीतिक पार्टीका उम्मेदवारहरूले पार्टीका सिध्दान्तसहित आ–आफ्नै प्रतिबद्धताहरू पनि सावर्जनिक गर्नुभएकाे छ ।
धुर्कोटका घरमा राजनीतिक दलका झण्डा नराख्ने दलहरुबीच सहमति
गुल्मीको धुर्कोट गाउँपालिकामा सबै राजनीतिक दलहरुको सहमतिमा घरहरुमा झण्डा नराख्ने सहमति भएको छ । यहाँका राजनीतिक दलहरुको सहमतिमा घरघरमा राजनीतिक झण्डा नराख्ने सहमति भएको नेकपा एमाले जिल्ला कमिटिका सदस्य कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
अर्को पार्टीबाट उठ्ने दुई जनाको सदस्यता खारेज
निशा राईधरान, वैशाख २० गते । नेपाली काँग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीबाट उठ्ने दुई जनाको साधारण सदस्यता पनि नरहने गरी खारेज गरेको छ । नेपाली काँग्रेसका सुनसरी जिल्ला सचिव वीरेन्द्र साहले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उहाँहरुको साधारण सदस्यता खारेज भएको बताउनुभएको छ । कारवाही पर्नेमा राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडाध्यक्ष रोशन अधिकारी र राप्रपाबाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडाध्यक्ष कृष्ण भट्टराई रहनुभएको छ ।उहाँहरुले पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कार्य गरेको, पार्टीको विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कारण उहाँहरुविरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारवाही भएको जिल्ला सचिव साहले बताउनुभयो ।
शैक्षिक उन्नयन, सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने प्रा.डा. महर्जनको एजेन्डा
कीर्तिपुर, वैशाख २० गते । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख पदको लागि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले शैक्षिक उन्नयन, सुशासन, भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीविकाको विकास, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कीर्तिपुर नगरपालिकाको इटागाेल (यतुगः) वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटन तथा परिचयात्मक कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको थियो । वि.सं. २०५५ सालमा तत्कालीन नेकपा (माओवादी)काे विशेष उपत्यका ब्युराेकाे बैठक पार्टीका अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड'सहितका शीर्ष नेताहरू इटागाेलमा एकहप्ता बसेकाले पनि यस टाेल (माओवादी) पार्टीकाे लागि विशेष महत्वकाे छ ।भौतिक रुपमा विकास बजेट भएपछि जोकोहीले गर्न सकिने धारणा व्यक्त गर्नुहुँदै उहाँले सामाजिक आर्थिक रुपमा कीर्तिपुर र कीर्तिपुरसीको विकास गर्ने एजेन्डा रहेको बताउनुभयो ।त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका प्रमुखसमेत हुनुभएका प्रा.डा. महर्जनले सेवानिवृत्त जीवन बिताइरहेका कारण प्रमुखमा विजय हासिल गरेपछि आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा पनि सो कार्यक्रममा गर्नुभयो ।कीर्तिपुर क्षेत्रमा विभिन्न सामाजिक, शैक्षिक, सहकारी, यातायात, खानेपानी, सामाजिक कार्यहरुमा उहाँको महत्वपूर्ण योगदान छ ।यस्तै, उपप्रमुख पदका उम्मेदवार सुशीला बस्नेतले विगतका असफलताबाट पाठ सिक्दै महिलाकाे अधिकार सुनिश्चित गर्दै कीर्तिपुर नगर र नगरबासीको भाग्य र भविष्य बदल्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार रामचन्द्र डङ्गोलले सङ्घीयताको मर्म अनुसार स्थानीय तहको व्यवस्थापन व अक्षरशः क्रियान्वयनको लागि चुनावमा उठेको बताउनुभयो ।साे पार्टीबाट महिला उम्मेदवारमा सृजना धमला, सदस्यद्वय कविर वीर महर्जन र अनिल महर्जन चुनावी मैदानमा हुनुहुन्छ ।साे कार्यक्रममा नेपाली काँग्रेसबाट विजयी हुनुभएका वडा सदस्य राजकुमार महर्जन र ज्येष्ठ नागरिक तथा थकाली हरिकृष्ण महर्जनलाई सम्मान गरिएकाे थियाे ।
यस्तो छ मतपत्रको नालीबेली
यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि आयोगले मतपत्र छपाइको काम लगभग सकेको छ । विगतको तुलनामा यस पटकको मतपत्र निकै ठूलो आकारको हुने भएको छ । के हो मतपत्र ? नागरिकले स्वतन्त्र रूपमा आफ्नो प्रतिनिधि छान्न पाउने अधिकारको प्रयोग गर्ने माध्यम निर्वाचन हो । त्यसका लागि व्यक्तिले मत जाहेर गर्छ । मतदान गर्न मतपत्र प्रयोग गरिन्छ । आफ्नो रोजाइको प्रतिनिधि चयन गर्न साङ्केतिक रूपमा उम्मेदवारको चिह्न अङ्कित कागज मतपत्र हो ।
विराटनगरमा प्रतिष्ठाको लडाइँ
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकमा चुनावी सरगर्मी बढेको छ । मोरङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने चर्चित तीन जना नेतालाई छक्याउँदै काँग्रेस मोरङका उपसभापतिसमेत रहेका नागेश कोइरालाले सत्तारूढ गठबन्धनबाट प्रमुख पदको टिकट हासिल गरेपछि तातिएको विराटनगरको चुनावी माहोल उच्च चर्चामा छ । तरुण तलको राजनीतिबाट मोरङ काँग्रेसको सचिव हुँदै उपसभापति बन्नुभएका कोइरालाको प्रमुख पदको प्रतिस्पर्धा र राजनीतिक छलाङले समेत महानगरमा उत्तिकै चर्चा बटुलेको छ । काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालानिकट मानिने नागेशको चुनावी दौडलाई
महिला उम्मेदवारका मुद्दा : भौतिक विकासभन्दा सामाजिक सुशासनमा जोड
महिला उम्मेदवारले स्थानीय तहको निर्वाचनको मुद्दामा भौतिक विकासलाई भन्दा सामाजिक सुशासनको विषयमा जोड दिएका छन् । काठमाडौँ, ललितपुर महानगरपालिका र टोखा नगरपालिकाका विभिन्न क्षेत्रबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका महिला उम्मेदवारले सामाजिक सुशासनका विषयलाई बढी प्राथमिकता दिएका हुन् ।
चन्द्रागिरिमा चुनावी चटारो
काठमाडौँको सबैभन्दा ठूलो चन्द्रागिरि नगरपालिका स्थानीय तह निर्वाचनको अन्तिम चटारोमा छ । कुल १५ वटा वडा रहेको यस नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँंग्रेसले प्रमुखसहित पाँचवटा वडामा जित हासिल गरेको थियो ।
तात्दै छ काठमाडौँको चुनावी माहोल
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तात्दै गएको छ । यही ३० गतेलाई निर्धारित निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशभरको राजनीतिक माहोल तातेको हो । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेद
आचारसंहिताविरुद्ध जानेलाई कारबाही हुन्छ : अध्यक्ष बस्नेत
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले पत्रकार आचारसंहिता लागू गरेको छ । निर्वाचनका लागि पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न भन्दै आयोगले आचारसंहिता लागू गरेको हो ।
३५३ निर्विरोध, ६४ जिल्लामा मतपत्र पुग्यो
स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् ।
विद्रोही उम्मेदवारले वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको निर्देशन
नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विद्रोही उम्मेदवारलाई वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराउन निर्देशन दिएको छ ।
प्रमुख दलका घोषणापत्रमा जलवायु परिवर्तनका मुद्दा : दिगो हरित अर्थतन्त्रमा कांग्रेसको जोड
आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल तथा तिनका उम्मेदवारले जनसरोकारका विभिन्न विषयलाई उजागर गरी आफ्ना घोषणापत्रमा समेत उल्लेख गरेका छन् ।