स्थानीय तह निर्वाचनमा २४ प्रतिशत मात्र युवा उम्मेदवार
काठमाडौं, वैशाख २३ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ ले उम्मेदवारी दिनुभएको हो । पुरुषको एकल प्रतिशत १२.९५ छ भने महिलाको एकल ११.३६ प्रतिशत हुन्छ । त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ । सो उमेर समूहको पुरुषमा ३९ हजार ६६९ र महिला २७ हजार ४९३ जना उम्मेदवार हुनुहुन्छ । दुवैलाई जोड्दा ६७ हजार १६२ हुन्छ । प्रतिशतमा यो ४६ हो । पुरुषको प्रतिशत २७ हो भने महिलाको मात्र प्रतिशत १८.९५ हो । सोहीअनुसार ५१ देखि ६५ वर्ष उमेर समूहको उम्मेदवार संख्यामा पुरुष २६ हजार ५१५ र महिला १० हजार ५३९ छ । दुवै जोड्दा यो संख्या ३७ हजार ५४ हुन्छ । प्रतिशतमा यो २५.५५ हो । पुरुषको मात्र १८ प्रतिशत हो भने महिलाको प्रतिशत ७ हो । त्यस्तै, ६५ भन्दा माथि उमेर समूहका उम्मेदवारको संख्या ५ हजार ५२७ छ । यसमा पुरुष ४ हजार ३५० र महिला उम्मेदवार संख्या १ हजार १७७ छ । यसलाई प्रतिशतमा हेर्दा ३.८१ हुन्छ । त्यस्तै, परुषको मात्र प्रतिशत २.९९ हो भने महिलाको प्रतिशत ०.८१ छ । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रदेश १ मा कुल २१ हजार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, मधेस प्रदेशमा ४० हजार ९२४ जनाको उम्मेदवारी परेको छ । बागमती प्रदेशमा २२ हजार ६६५, गण्डकी प्रदेशमा १२ हजार ९, लुम्बिनी प्रदेशमा २२ हजार ४२६, कर्णाली प्रदेशमा १२ हजार ५९६ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८६८ जनाको उम्मेदवारी परेको छ । प्रदेश १ को नगर प्रमुखमा पुरुषबाट ३४८ र महिलाको २७ गरी ३७५ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा पुरुष ४२६ र महिला २६ गरी जम्मा ४५६ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार नगर उपप्रमुखमा पुरुष ८० र महिला २०९ गरी २८९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सो प्रदेशबाट वडा अध्यक्षमा पुरुष ४ हजार ६०५ र महिला १३६ गरी ४ हजार ७४१ जनाले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट प्रमुखमा पुरुष १८९ र महिला १३ गरी २०२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा पुरुष २२५ र महिला ५ गरी २३० जनाको उम्मेदवारी परेको देखिन्छ । सोहीअनुसार सो प्रदेशको उपप्रमुखमा पुरुष ३२ र महिला १२७ गरी १५९ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा पुरुष ४३ र महिला १३५ गरी १७८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, वडा अध्यक्षमा पुरुष २ हजार ७२२ र महिला ७६ गरी २ हजार ७९८ जनाको उम्मेदवारी परेको छ ।
विकासका योजना बटुल्दै उम्मेदवार
मीना कंडेल कावासोती, वैशाख २३। स्थानीय चुनाव आउन एक साता मात्र बाँकी छ। उम्मेदवारले घरदैलो र भेटघाटलाई तीव्र बनाएका छन्। आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मतदातासम्म पुगेका उम्मेदवारले उनीहरुसँग सुझाव मागेका हुन्। उम्मेदवारले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गर्दै घरदैलो अभियानलाई तीव्र पारेका छन्। तर, बुलिङटार गाउँपालिका उम्मेदवार तथा चुनावी प्रचारप्रसार समिति भने अरु भन्दा फरक तरिकाले जनता माझ गएको छ। चुनावी घोषणा पत्र सबैले बनाएका छन्। तर, अध्यक्ष र उपाध्यक्षको घरदैलो समूहले जनताका गुनासो र समस्या टिपोट गरेर समाधानका उपायसहित विज्ञको टोली नै लिएर घरदैलो गरेको छ। जनताबाट के कसरी गाउँपालिकाको विकास गर्न सकिन्छ भन्ने सुझाव टिप्दै उनीहरु भोट माग्न व्यस्त छन्। मतदाताले प्रहरी बिट स्थापना गर्नुपर्ने, घुमारीघाटको मन्दिरको निमार्ण, नालासहितको ग्रावेल बाटो लगायत निःशुल्क शिक्षा र रोजगार मुलक सीपको आवश्यकतामा ध्यान दिन सुझाव दिएका छन्।बुलिङटार गाउँपालिकाका जनताले दिएको विकासका योजनालाई आफूले पुरा गर्नै र त्यही अनुसार आफू लागि पर्ने उम्मेदवारले प्रतिवद्धता व्यक्त गरेका छन्। अघिल्लो कार्यकालमा बुलिङटार क्षेत्रमा जनताका सामान्य समस्यादेखि पालिकाले गर्नसक्ने सम्पूर्ण काम उम्मेदवारले गरेका कारण पुनः जनताले आफूलाई विजयी गराउने बुलिङटार गाउँपालिकाका प्रमुखका उम्मेदवार शशीकिरण बस्ताकोटीले बताउनुभयो।घरदैलो अभियानसँगै योजना संकलन गर्दै पालिका प्रमुख उम्मेदवार शशीकिरण बस्ताकोटी। तस्बिरः गोप
निर्भयसाथ मतदानमा सहभागी हुन मुख्यमन्त्री शाहीको आग्रह
राजन रावतहुुम्ला, वैशाख २३ गते । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्भयसाथ मतदानमा सहभागी हुन मुख्यमन्त्री जीवनबहादुर शाहीले मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचन गतिविधिको अनुुगमनका लागि जिल्लामा आई पुुग्नुुभएको कर्णालीका मुख्यमन्त्री शाही सो कुरा बताउनुुभएको हो ।गृह जिल्लामा आई पुुगेलगत्तै मुख्यमन्त्री शाहीले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्ने बताउनुभयो । भयरहित बातावरणमा मतदान गर्न सबै मतदातालाई आग्रह पनि उहाँले गर्नुभयो । मुख्यमन्त्री शाहीले मतदातालाई आगामी पाँच वर्षका लागि आफ्ना जनप्रतिनिधि योग्य र सक्षमलाई छान्न आग्रह गर्नुभयो । निर्वाचनका लागि हालसम्म भएका गतिविधिको जानकारी समेत उहाँले लिनुुहुने भएको छ । उहाँले निर्वाचनका लागि सुुरक्षाको अवस्थाबारेमा पनि जानकारी लिने बताउनुुभयो । एक अर्को प्रसंगमा मुख्यमन्त्री शाहीले आफू पनि हुम्ला जिल्लाकै मतदाता भएको कारण मतदान कार्यमा भाग लिने बताउनुुभयो । मुख्यमन्त्री शाही खार्पुनाथ गाउँपालिका–५ का स्थायी बासिन्दा हुनुुहुन्छ । वैशाख ३० गतेको निर्वाचनमा खार्पुनाथ गाउँपालिकाको भकुुण्डा मतदान केन्द्रमा उहाँले मतदान गर्नुहुनेछ् । यसअघि सिमकोट विमानस्थलमा मुख्यमन्त्री शाहीलाई प्रमुख जिल्ला अधिकारी सीता परियार, सुरक्षा निकायका प्रमुख काँग्रेस तथा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो । यो मुख्यमन्त्री शाहीको तेस्रो पटक जिल्लामा आगमन हो । उहाँ एक हप्ता जिल्लामा बस्नुुहुनेछ । स्थानीय तहको निर्वाचनको अनुुमगनका लागि हवाईजहाजबाट मुख्यमन्त्री शाही जिल्लामा आज आउनुभयो ।
काठमाडौं बनाउने योजना बनाउँदा ५० देखि सय वर्षलाई ध्यान दिनुहोस् : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं बनाउने योजना तयार पार्दा ५० देखि सय वर्षलाई ध्यानमा राख्नुपर्ने बताउनुभएको छ।
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
अमृतप्रसाद पौडेलम्याग्दी, बैशाख २३ गते । हिमाली जिल्ला म्याग्दीमा स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकीदै जाँदा तयारी पनि अन्तिम चरणमा पुग्नलागेको छ । मतदानका लागि पूर्व तयारीस्वरुप मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बैशाख २४ र २५ गते तालिम पछि मतदान स्थलमा खटाइने भएको छ ।जिल्ला सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रका कर्मचारीलाई पहिलो दिन र नजिकका कर्मचारीहरुलाई दोस्रो दिन तालिम दिएर सम्बन्धित कार्यक्षेत्रमा खटाइने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । ७४ स्थानका एक सय १४ मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत, एक सय १४ मतदान केन्द्रमा दुई सय १९ जना सहायक कर्मचारी एवम् प्रत्येक केन्द्रमा एक÷एक जना कार्यालय सहयोगी खटाइएको जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाँच सय ६१ जना खटाएको र प्रत्येक केन्द्रमा तीन जनाका दरले स्वयंसेवक मतदान अधिकृतले तोक्ने मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार जिल्लामा ९६ हजार थान मतपत्र एवम् निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु आइपुगेको छ । मतदान अधिकृतलाई नियुृक्ती दिएपछि मतदानस्थलका लागि आवश्यक सम्पूर्ण सामग्री बुझाएर मतदान केन्द्रतर्फ पठाइने पौडेलले बताउनुभयो ।म्याग्दीका मतदानस्थलको स्थलगत निरीक्षण पछि भौगोलिक विकटता र मतदाता संख्याको आधारमा १५ स्थानका ३० मतदान केन्द्र अति संवेदनशील, ४९ स्थानका ७२ मतदान केन्द्र सम्मेदनशील र १० स्थानका १२ मतदान केन्द्र सामान्य गरी वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनुभयो । कुल ७४ स्थानका ११४ मतदान केन्द्रमा ४१ हजार ४ सय १४ पुरुष, ४३ हजार ९ सय ६० महिला र १ अन्य गरी कुल ८५ हजार ३ सय ७५ जना मतदाता रहेको प्रजिअ रानाको भनाइ छ । प्रजिअ रानाका अनुसार जिल्ला सुरक्षा समितिले गरेको स्थलगत अनुगमनपछि गरिएको वर्गीकरणको आधारमा सुरक्षाकर्मी खटाइनेछ । प्रत्येक बुथमा नेपाल प्रहरी, म्यादी प्रहरी रहनेछन् भने त्यस बाहिरको घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने प्रजिअ रानाले बताउनुभयो । हिमाली जिल्ला म्याग्दीमा रहेको छ वटा स्थानीय तहका ४५ वडामध्ये धौलागिरि गाउँपालिका–१, गुर्जामा निर्विरोध भएसँगै अन्य ४५ वडा एवम् स्थानीय तहका प्रमुख उपप्रमुखका लागि वैशाख ३० गते मतदान हुँदैछ । ४४ वडामा एक अध्यक्ष र ४ जना सदस्यसहित ५ जनाका दरले दुई सय २० र छ वटा स्थानीय तहको प्रमुख उपप्रमुख गरी १२ जना गरी कुल दुईसय ३२ पदका लागि ७ सय १८ जना चुनावी प्रतिस्पर्धामा छन् ।जिल्लाका छ वटा स्थानीय तहको प्रमुखमा २९ जना उपप्रमुखमा २३ जना उम्मेदवार छन् । त्यस्तै अब निर्वाचन हुन बाँकी ४४ वडा अध्यक्षका लागि १ सय ४८ जना, ८८ जना खुल्ला सदस्यका लागि २ सय ७३, ४४ महिला सदस्यका लागि एक सय २४ र ४४ दलित महिला सदस्यका लागि एक सय १६ जना चुनावी मैदानमा छन् ।केन्द्रीय तहमा गठबन्धन भएको भएपनि म्याग्दीको धौलागिरी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मात्रै सामान्य गठबन्धन भए पनि मालिका गाउँपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकामा भने एकल प्रतिस्पर्धा हुँदैछ । म्याग्दीमा ४३ हजार नौ सय ६० महिला, ४१ हजार चारसय १४ पुरुष र १ जना अन्य गरी कुल ८५ हजार तीनसय ७५ जना मतदाता छन् ।
निर्वाचनमा विना अनुमतिपत्र यातायात चलाउन प्रतिबन्ध
निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ।
कागेश्वरी मनोहरामा काँग्रेस र माओवादीको गठबन्धन, अन्य दलले चुनाैती दिने
कागेश्वरी मनोहरामा काँग्रेस र माओवादीको गठबन्धनसँगै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ । कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपेन्द्र कार्की र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का भोला चापागाईं हुनुहुन्छ ।
भक्तपुरमा निर्वाचन प्रचार सामग्री हटाइँदै
मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनमा नरैनापुर गाउँपालिका उदाहरणीय
सिराज खाननेपालगञ्ज, वैशाख २३ गते । निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर गाउँपालिका जिल्ला भरिकै पालिकाहरुका लागि उदाहरणीय बनेको छ ।दलहरुसँग गरिएको सामान्य आग्रहकै भरमा सो गाउँपालिकामा पूर्ण रुपमा निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको नरैनापुरका निर्वाचन अधिकृत रेशम आचार्यले बताउनुभयो ।पालिकामा आचारसंहिता पूर्ण रुपमा पालना गराउन दल र उम्मेदवारहरु नै निकै गम्भीर भएर लागिपरेको उहाँले जनाउनुभयो । बाँकेका अन्य पालिकाबाट आचार संहिता उल्लङ्घन भएको सुनिए पनि नरैनापुरमा पूर्ण पालना भैरहेकोमा खुशी लागेको समेत आचार्यको भनाइ छ ।‘हामीले दल तथा उम्मेदवारले गरिरहेका निर्वाचन लक्षित गतिविधिमा देखिएका सामान्य त्रुटिलाई मौखिकरुपमै औंल्याइदिन्छौं । उहाँहरु निर्वाचन आचारसंहिता कार्यान्वयनमा सचेत हुनुहुन्छ । सबैको सहयोगले निकै सजिलो भएको छ,’ निर्वाचन अधिकृत आचार्यले भन्नुभयो ।जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने सो गाउँपालिकामा सुरुमा खटिँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने लागेकोमा अहिले त निकै सजिलो र सहज भएको उहाँले बताउनुभयो ।नरैनापुरमा दलहरुले आचारसंहिताको पालना गर्न सक्रिय सहयोग गरिरहेका छन् भने प्रहरीले पनि निकै सक्रियता देखाएको छ । अध्यक्ष पदका उम्मेदवार इश्तियाक अहमद शाहले आचारसंहिता पालना गर्न सबै कार्यकर्ता र समर्थकलाई गम्भीर रुपमा निर्देशन दिइएको बताउनुभयो ।उहाँले अन्य दलका उम्मेदवारहरुले पनि सो कार्यमा राम्रो सहयोग गरिरहेको पाइएको बताउनुभयो ।यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र मौर्यले पनि आचारसंहिता पालना र शान्तिपूर्ण प्रतिस्पर्धा गर्न सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिइएकाले राम्रो परिणाम आएको बताउनुभयो ।उता, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको जनाउँदे आफ्नो क्षेत्रमा आचारसंहिता विपरीतका कुनै पनि गतिविधि हुन नदिएको बताउनुभयो ।वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सबै दल र उम्मेदवारहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
धनगढीमा त्रिपक्षीय प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा यतिबेला चुनावी तापमान बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानीसमेत भएकाले सबैको ध्यान धनगढीमा केन्द्रित छ । यस उपमहानगरपालिकामा प्रमुखका लागि सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनता पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्त विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापासहित स्वतन्त्रबाट गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्त चुनावी मैदानमा उत्रिनुभएको छ ।
भोट माग्न नपाउने भन्दै माओवादी कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि कुटपिट
नेपाली काँग्रेसलाई भोट माग्न नपाउने भन्दै बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा (माओबादी केन्द्र) कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन् ।
निर्वाचनका लागि बाहिरिनेको चाप
स्थानीय तह निर्वाचन हुन एक साता बाँकी रहँदा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ । मताधिकार प्रयोग गर्न घरतर्फ जानेको लर्काे बसपार्कमा निकै बढ्न थालेको छ । न्यून सङ्ख्यामा बस जाने गरेका पहाडी जिल्लामा जान नियमित नम्बरका बसमा टिकट बुक भइसकेको छ । अतिरिक्त बस सञ्चालन नगरिए यात्रुले सास्ती भोग्नुपर्ने देखिएको छ ।
सूर्यविनायकमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा
भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख दुई पार्टी नेकपा (एमाले) र नेपाली काँग्रेसका उम्मेदवारले नगर प्रमुखको निर्वाचन जित्ने दाबी गरेका छन् ।
पुनः छापिए मतपत्र
स्थानीय तह निर्वाचन २०७९ मा ४३ पालिकाका लागि करिब १३ लाख मतपत्र दोहो¥याएर छापिएको छ । आयोगले अनुमानका आधारमा छापेको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि कामै नलाग्ने भएपछि दोहो¥याएर छाप्नुपरेको हो ।
तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
नमुना मतदानमा १३ प्रतिशत मत बदर
गुल्मीमा बदरमत कम गर्ने लक्ष्यले सम्पन्न गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ ।
प्रतिस्पर्धामा तीन उम्मेदवार
वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा ३० जनाको उम्मेदवारी परे पनि मुख्य तीन जनाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह, नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी र पत्रकार गिरीश गिरीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
विकासका लागि काँग्रेसलाई जिताउनुहोस् : डा. आरजु
नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवाले विकास गर्ने भनेको अहिले स्थानीय सरकारले भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्छु : नेत्री सिंह
गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताउनुभएको छ ।
विचार नपुर्याए मत बदर हुन सक्छ
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताले मत सङ्केत गर्दा विचार नपुर्याए ए मत बदर हुन सक्ने सम्भावना रहन्छ । मतदाताले मत सङ्केत गर्दा विचार पुर्याएर मतदान गर्नुपर्ने हुन्छ अन्यथा मत बदर हुन सक्छ ।
गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल
काठमाडौं, वैशाख २२ गते। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ। पाँच दलीय गठबन्धनले बिहीबार चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताउनुभएको हो। गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उहाँले भन्नुभयो, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ।” तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिबद्धता थियो। उहाँले विसं २०४६ देखि कम्युनिष्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, “तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ।” उहाँले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनुभयो। “यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ।” प्रचण्डले यसअघिको निर्वाचनमा सोचे अनुरुपको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याउनुभयो। गठबन्धन कम्युनिष्ट पार्टीहरुसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उहाँको भनाइ थियो।उहाँले भन्नुभयो, “हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ, तपाईहरुको साथ र सहयोग भयो भने यो निरन्तर अघि बढ्छ।” यो प्राकृतिक गठबन्धन भएको भन्दै उहाँले वृहत शान्ति सम्झौतामा सहभागी भएका दलहरुबीचमा गठबन्धन भएको बताउनुभयो।रासस
बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित
नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ ।
सेवासुबिधा नलिने प्रतिबद्वता
मुगुको छायाँनाथ रारा नगरपालिका प्रमुख पदका उम्मेदवार विष्णुकुमार भामले राज्यबाट कुनै पनि सुविधा नलिने प्रतिवद्धता गर्नुभएको छ ।
निर्वाचन अधिकृतलाई तालिम
स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । चुनावी प्रचारसँगै मतदाता भेटघाट र सभालगायतका कार्य भइरहेका छन् । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र विपक्षी दल नेकपा एमालेका केन्द्रीयस्तरका नेताहरू खटिएका छन् ।