२२ वैशाख २०७९, बिहिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
२२ वैशाख २०७९, बिहिबार
३ वर्ष पहिले
जाजरकोट, वैशाख २२ गते । मुगुको छायाँनाथ रारा नगरपालिका प्रमुख पदका उम्मेदवार विष्णुकुमार भामले राज्यबाट कुनै पनि सुविधा नलिने प्रतिबद्धता गर्नुभएको छ ।
नेपाली काँग्रेसको तर्फबाट नगरपालिकाको प्रमुखमा उम्मेदार बन्नुभएका उहाँ नगरप्रमुखमा विजयी गराए नगरबासीको सहयोगका लागि कुनैपनि सेवासुविधा नलिने उहाँले बताउनुभयो । उहाँले आफूले पाउने सेवासुविधाबाट एम्बुलेन्स खरिद गर्ने प्रतिबद्वता गर्नुभएको छ ।
सेवासुविधाबाट पाँच वर्षसम्मको ६२ लाख रकमले यहाँका जनतालाई सहज , सरल र निःशुल्क रुपमा ३ वटा एम्बुलेन्स को व्यवस्था गर्ने भामले उद्घोष गर्नुभएको हो ।
हरी एडी