मतदान केन्द्रतर्फ जाँदै सुरक्षाकर्मी
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बेनीबाट मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षाकर्मीहरु त्यसतर्फ लागेका छन् । मङ्गलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसहितको टोली निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रतर्फ लागेका हुन् ।
पश्चिम सेती भारतको सहयोगमा बन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती परियोजनाको काम अगाडि बढाइने बताउनुभयो।
निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ कर्मचारी
एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचनमा खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ लैजान थालेका छन् । मङ्गलबार ६४ प्रकारका निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ लागेका हुन् ।
परिवर्तनकारीको पक्षमा लाग्न प्रचण्डको आग्रह
सञ्जयकुमार मिश्र गौर, वैशाख २७ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा प्रतिगमनकारीलाई परास्त गरेर परिवर्तनकारीको पक्षमा लाग्न आग्रह गर्नुभएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगा पिपरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो।प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विभिन्न षड्यन्त्र रच्दै अहिलेको संविधान र व्यवस्थालाई पल्टाउन खोजिरहेको आरोप लगाउँदै स्थानीय तहको निर्वाचनमा त्यस्ता संघीयता विरोधी तत्त्वलाई तह लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुती प्रदान गर्न माओवादी केन्द्रको पक्षमा लाग्न जोड दिनुभयो।तराई मधेसमा नागरिकता समस्या अहिलेको गठबन्धकै सरकारले हल गरेर अघि बढ्ने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष प्रचण्डले संसद सुचारु भएपछि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने पक्षमा माओवादी केन्द्र सक्रिय रहेको उल्लेख गर्नुभयो। प्रचण्डले गाउँगाउँमा स्थापित भएको सिंहदरबारलाई सुदृढ व्यवस्थित पार्नका प्रतिगमनलाई परास्त गरी संघीयताको पक्षमा माओवादी केन्द्रका उम्मेदवारलार्ई विजयी बनाउन आह्वान गर्नुभयो ।कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष उम्मेदवार शम्भु सिंह, संविधानसभा सदस्य अशोक जयसवाल, पूर्वराज्यमन्त्री सत्यनारायण भगत, वडाध्यक्षको उम्मेदवार धर्मेन्द्रकुमार झा सहितका नेता एवं कार्यकर्ताको उपस्थिति थियो।
विवेक पुर्याएर मतदान गर्न अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको लै लै मा नलागी स्थानीय तहको निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभएको छ । उहाँले विकास र समृद्धिको योजनाबद्ध खाका आफ्नो पार्टी र उम्मेदवारसँग रहेको जनाउँदै विवेक पुर्याएर मतदान गर्नु उहाँले आग्रह गर्नुभयो ।
अबको सरकार पनि गठबन्धनकै : कांग्रेस नेता प्रधान
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले अब बन्ने सरकार पनि गठबन्धनकै हुने बताउनुभएको छ ।
जुम्लामा निर्वाचन अधिकृतको सबै कार्यालयमा सीसी क्यामरा
जिल्लाका सबै स्थानीय तहमा सीसी क्यामरा जडान गर्न सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सीसी क्यामरा जडान गर्न सुरु गरिएको हो ।
मतदान स्थलमा खटाइएका कर्मचारी गन्तव्यतर्फ प्रस्थान
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हिमालपारीको जिल्ला मुस्ताङको मतदान केन्द्रमा खटिने कर्मचारीहरु मतदान स्थलतर्फ प्रस्थान गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती बुझेपछि कर्मचारीहरु मतदान स्थलतर्फ लाग्नुभएको हो ।
लमजुङमा निर्वाचनको तयारी अन्तिम चरणमा
लमजुङमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक गतिविधि तथा क्रियाकलापको कार्य अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पोखरा महानरका मेयर जिसीलाई २४ घण्टे स्पष्टीकण
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचरसंहिता विपरीत पुल उद्घाटन गरेको भन्दै कार्यालले मङ्गलबार पाँच बजेसम्म लिखित जवाफ दिने भन्दै स्पष्टीकरण सोधेको हो।
काठमाडौंका मतदान स्थलमा निर्वाचन सामग्री लैजान सुरु
काठमाडौं जिल्लाका स्थानीय तहको निर्वाचनका लागि काठमाडौं जिल्ला निर्वाचन कार्यालयले विभिन्न मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंबाट निर्वाचन सामग्री लैजान सुरु भएको हो ।
कांग्रेस सभापति देउवाको अपील
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपील गर्नुभएको छ।
‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि मङ्गलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो ।
नेपालगञ्ज उपमहानगरमा गठबन्धन, एमाले र राप्रपाबीच त्रिपक्षीय प्रतिस्पर्धा
नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । पाँच दलको गठबन्धनका उम्मेदवारसँग नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विच प्रतिष्पर्धा हुने भएको हो ।
खानेपानीको मुद्दा नै धरानका उम्मेदवारको प्रमुख एजेण्डा
सुनसरीको धरान उपमहानगरपालिकामा वर्षौ देखिको मुख्य समस्या नै खानेपानी हो । मतदाताहरुले दलविशेष मत भन्दा पनि पानीको एजेण्डालाई मुख्य बनाउने गरेका छन् ।
उमेर भन्छ ‘बसी खा’, मन भने ...
उमेरले भन्छ ‘बसी खा’ तर मनले भन्छ ‘अझै सक्रिय राजनीति गर्’ । यही दोधारमा ८० वर्ष पुुग्दा पनि सक्रिय राजनीति गरी जनसेवा गर्ने धुनमा हुनुहुन्छ उहाँ । ५० वर्षभन्दा बढी जनप्रतिनिधि रहिसकेका नरसिंह व्यञ्जनकार अहिले पनि ललितपुर महानगरपालिका वडा नं. १० मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कतिपय मानिस आफू नेता बन्छु भन्दै टिकटका लागि ठूला नेताको ढोका चाहर्छन् । तर उहाँलाई नेताले होइन, वडाबासीले नै तपाईं हाम्रो नेता बनिदिनुु प¥यो भनेर कर गर्छन् । अनि छरछिमेकीको मनोभाव बुझेर उहाँ पार्टीको होइन, जहिले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिनुहुन्छ । जहिले पनि उहाँकै पोल्टामा परिणाम आउने गरेको छ ।
निर्वाचनका लागि बस थपिए
स्थानीय तहको निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेपछि बस थप गरिएको छ । यातायात व्यवसायीले पालो नपरेका बस पनि सञ्चालन गरेका छन् । दैनिक ४५० वटा बस गोँगबु नयाँ बसपार्कबाट बाहिरिँदै आएकोमा हाल दैनिक ६५० वटा बस बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रवि रिमालले यात्रुको सङ्ख्या दिनदिनै बढिरहेको जानकारी दिँदै भन्नुभयो, “यात्रुको चाप बढेको छ । बस थपिएको छ । दैनिक एउटा बस गइरहेको जिल्लामा तीनवटासम्म गएका छन् ।”
विदेशी नम्बरका गाडीलाई रोक
स्थानीय तह निर्वाचनका दिन विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न पाइने छैन । निर्वाचन आयोगको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्डले विदेशी नम्बर प्लेटको गाडीलाई रोक लगाएको छ । मतदानको दिन पासबिनाका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउनका लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलेले काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने अनुमतिपत्रका लागि आयोगमै रहेको एकीकृत सवारीसाधन आवागमन डेस्कमा पत्र पेस गरेर सवारी पास लिन सकिने जानकारी दिनुभयो ।
हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली
स्थानीय तहको निर्वाचनमा प्रत्येक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ । निर्वाचन आयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा देशैभरका मतदान केन्द्रमा स्वास्थ्यकर्मी परिचालन गरिने भएको हो ।
डोजरे विकासविरुद्ध उम्मेदवारी
स्थानीय तहमा विकासका नाउँमा विनाश निम्तिने प्रवृत्ति बढिरहेका बेला स्थानीय तहका उम्मेदवारले वन, वन्यजन्तुु संरक्षणका एजन्डालाई अघि सारेका छन् । वातावरणीय अध्ययनबिना जथाभावी रूपमा डोजर सञ्चालनले जताततै बाढी, पहिरो जाँदा बस्ती विस्थापित हुने, खेतीयोग्य जमिन बगरमा परिणत हुने, खानेपानीका मूल सुक्ने, पुल पुुलेसा, खानेपानी आयोजना प्रभावित हुनेलगायतका समस्या देखा परेको भन्दै यस पटकको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले वातावरणमैत्री विकासको एजन्डा अघि सारेका छन् ।
निर्वाचनका दिन वर्षा
स्थानीय निर्वाचनका दिन बदली भई वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारदेखि निर्वाचनको भोलिपल्ट शनिबारसम्म बदली भई वर्षा हुने महाशाखाले जनाएको हो । मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने
निर्वाचन विरोधी गतिविधि नगर्न गृहको आग्रह
गृह मन्त्रालयले स्थानीय निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत मन्त्रालयले वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरेक नागरिकले राजनीतिक अधिकार स्वरुप प्राप्त मताधिकारको स्वतन्त्र रुपले प्रयोग गर्न पाउनुपर्ने उल्लेख छ ।
डडेलधुराको विकासका लागि दृढ छु : सभापति देउवा
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको विकासका लागि आफ्नो दृढता पुनः दोहो¥याउनु भएको छ । उहाँले मतदातासँग विकासका लागि नेपाली काँग्रेसलाई जिताउन आग्रह पनि गर्नुभएको छ ।
एमालेको उद्देश्य देश विकास : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मुख्य उद्देश्य देश विकास गर्नु रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले देश बनाउने विषय साझा अभिभारा भएकाले यसका लागि सबैले संकल्प गर्नुपर्ने बताउनुभयो ।