• १३ साउन २०८१, आइतबार

मतदान केन्द्रतर्फ जाँदै सुरक्षाकर्मी

blog

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख २७ गते ।
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बेनीबाट मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षाकर्मीहरु त्यसतर्फ लागेका छन् । मङ्गलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसहितको टोली निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रतर्फ लागेका हुन् । 

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी समेत परिचालनको योजना तयार पारेर सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  निर्वाचन लक्षित गरेर सुरक्षा रणनीति कार्यान्वय भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो ।

‘‘आर्मी र सशस्त्र प्रहरी निर्वाचन हुने ठाउँ–ठाउँमा पुगिसकेको र नेपाल प्रहरी तथा म्यादी प्रहरी मतदान अधिकृतसँग मङ्गलबार बेनीबाट प्रस्थान गर्नुभएको छ ।’’ उहाँले भन्नुभयो ।

निर्वाचनलाई शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारी रुपमा कर्यान्वयन गरिएको प्रजिअ रानाले बताउनुभयो । प्रहरी नायव उपरिक्षक तिलक भारतीले निर्वाचनलाई लक्षित गरेर म्यादी प्रहरी ६१९, नेपाल प्रहरी ३८०, सशस्त्र प्रहरी २०६ र नेपाली सेना २३२ जना परिचालन गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार, जिल्लामा विर्नाचनका लागि कायम भएका ७४ वटा मतदानस्थलमा मुख्य सुरक्षाको भूमिकामा नेपाल प्रहरी, म्यादी, दोस्रोमा सशस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने छन् ।