• ६ जेठ २०८१, आइतबार

डोजरे विकासविरुद्ध उम्मेदवारी

blog

तस्बिर : प्रकृति अधिकारी

काठमाडौँ, वैशाख २७ गते । स्थानीय तहमा विकासका नाउँमा विनाश निम्तिने प्रवृत्ति बढिरहेका बेला स्थानीय तहका उम्मेदवारले वन, वन्यजन्तुु संरक्षणका एजन्डालाई अघि सारेका छन् । 

वातावरणीय अध्ययनबिना जथाभावी रूपमा डोजर सञ्चालनले जताततै बाढी, पहिरो जाँदा बस्ती विस्थापित हुने, खेतीयोग्य जमिन बगरमा परिणत हुने, खानेपानीका मूल सुक्ने, पुल पुुलेसा, खानेपानी आयोजना प्रभावित हुनेलगायतका समस्या देखा परेको भन्दै यस पटकको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले वातावरणमैत्री विकासको एजन्डा अघि सारेका छन् । 

जलवायु परिवर्तनले मुलुकलाई पछिल्लो समयमा नराम्ररी प्रभावित पारिरहेका बेला तराई, पहाड, हिमालका सबै स्थानीय तहमा दिगो विकासको अवधारणाअनुुरूप काम गर्ने एजेण्डाले प्रमुखता पाएको छ । नेपाली काँग्रेसबाट मुस्ताङको घरापजोङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी बन्नुुभएकी जमुुना थकालीले भन्नुुभयो, “हामीलाई विकास त चाहिएको छ तर विनाश गरेर बनाएको विकास होइन । वातावरणलाई बचाउँदै विकास गर्छु भन्ने मेरो प्रमुख एजेण्डा छ । जलवायु परिवर्तनले हामीलाई निकै बढी प्रभावित पारिरहेका बेला दिगो विकासको विषयलाई मैले चुुनावी मुद्दा मतदाताका सामु लिएर गएकी छु ।” 

त्यसैगरी नेपाल कम्युुनिस्ट पार्टी (एमाले)बाट नवलपुरको गैँडाकोट नगरपालिका प्रमुखमा उम्मेदवार बन्नुुभएका छत्रराज पौडेलले वातावरण प्रभाव मूल्याङ्कनबिना गरिएको विकासले खास प्रतिफल दिन नसकेको बताउँदै वातावरण प्रभाव मूूल्याङ्कनको अध्ययनबिना विकासका काम नगर्ने र दिगो विकासका लागि वातावरण पक्षलाई ध्यान दिएर विकास गर्ने एजन्डालाई अघि सारेको बताउनुभयो ।

उहाँले भन्नुुभयो, “नगरपालिकाभित्रका सबै सिमसार क्षेत्रको संरक्षण मेरो पहिलो एजेण्डा बनेको छ । डोजरे विकासले विकासभन्दा विनाश बढी भएको हामीले देखिरहेका छौँ । मैले यस्तो डोजरे विकासलाई प्राथमिकतामा राखेको छैन ।”

पहाड तथा हिमाली जिल्लामा वातावरणीय प्रभाव मूूल्याङ्कनबिना गरिएको सडक, बाटोघाटोले बाढी, पहिरो र तराईमा डुबानको समस्या बढी देखिने गरेको छ । उपाध्यक्ष उम्मेदवार थकालीले भन्नुुभयो, “मुुस्ताङमा कस्तुरीको चोरी सिकार गर्न वन जङ्गलमा पासो थाप्ने कामलाई नियन्त्रण गर्न जरुरी छ । त्यसका लागि स्थानीय समुदायलाई संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।”

त्यसैगरी नगरप्रमुखका उम्मेदवार पौडेलले भन्नुुभयो, “चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले स्थानीय बासिन्दामा मानवीय र भौतिक क्षति पुु¥याउने गरेका छन् । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम अति आवश्यक भएका छन् ।”

सङ्खुवासभाको सभापोखरी गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार लक्ष्मी चापागाईले हरित रोजगारी सिर्जना गरेर गाउँका युवालाई संरक्षण अभियानमा लगाउने एजन्डा आफूले अगाडि सारेको बताउनुभयो । उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव निकै बढी परिरहेका बेला जलवायु अनुुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ भन्दै उहाँले वातावरण खेलवाडको विषय नभएकाले यसले सम्पूर्ण चराचरलाई प्रभावित पार्ने भएकाले वातावरण मैत्री विकासलाई जोड दिने पक्षमा आफू रहेको बताउनुभयो । 

त्यसैगरी तनहुँ जिल्लाको म्यादे गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार रत्ना घिमिरेले पनि आफू वातावरण मैत्री विकासको एजेण्डा लिएर चुुनावमा होमिएकी बताउनुुभयो । उहाँले भन्नुुभयो, “अहिलेसम्मको विकासले विनाश पनि सँगैसँगै निम्त्याइरहेको छ । विकासले विनाश होइन, संरक्षण पनि गर्न सक्नुुपर्छ । नदीजन्य पदार्थको अधिक दोहन रोक्नुपर्छ । विकास चाहिन्छ तर कमभन्दा कम वातावरणीय क्षति पुु¥याएर विकास गर्ने मेरो प्रमुख एजेण्डा रहेको छ ।”