• ५ जेठ २०८१, शनिबार

पोखरा महानरका मेयर जिसीलाई २४ घण्टे स्पष्टीकण

blog

फाइल तस्बिर

सन्तोष सुवेदी
कास्की, वैशाख २७ गते। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचरसंहिता विपरीत पुल उद्घाटन गरेको भन्दै कार्यालले मङ्गलबार पाँच बजेसम्म लिखित जवाफ दिने भन्दै स्पष्टीकरण सोधेको हो। 

निर्वाचन आचारसंहिता २०७८ लाई लत्याउँदै मेयर जिसीले सोमबार पोखरा ४ र ५ जोड्ने फिर्के खोलामाथिको मोटरेबल पुल उद्घाटन गर्नुभएको थियो। दुई वडाका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बलराम रिजाल  पुल उद्घाटन कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

निर्वाचन आचारसंहिताको परिच्छेद– ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका र त्यहाँका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ। सो परिच्छेदको ३ को बुँदा ५ मा कुनै योजनाको शिलान्यास, अध्ययन, उद्घाटन, सर्वेक्षण गर्ने वा सोका लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न नहुने व्यवस्था छ।

मेयर जिसी ९ महिनादेखि बिरामी हुनुहुन्छ। उहाँ आफैँ हिँडडुल गर्न सक्नुहुन्न। तर, अरुकै सहयोगमा पुलसम्म पुगेर उहाँले पुलको उद्घाटन गर्नुभएको थियो।