• १३ साउन २०८१, आइतबार

निर्वाचनका लागि बस थपिए

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २७ गते । स्थानीय तहको निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेपछि बस थप गरिएको छ । यातायात व्यवसायीले पालो नपरेका बस पनि सञ्चालन गरेका छन् । 

दैनिक ४५० वटा बस गोँगबु नयाँ बसपार्कबाट बाहिरिँदै आएकोमा हाल दैनिक ६५० वटा बस बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रवि रिमालले यात्रुको सङ्ख्या दिनदिनै बढिरहेको जानकारी दिँदै भन्नुभयो, “यात्रुको चाप बढेको छ । बस थपिएको छ । दैनिक एउटा बस गइरहेको जिल्लामा तीनवटासम्म गएका छन् ।” 

चात्रुको चाप बढे पनि टिकट नपाउने समस्या नरहेको महासङ्घले जनाएको छ । उहाँले आवश्यक परेमा तत्काल बस थप गर्न सक्ने बताउँदै बस तयारी अवस्थामा रहेको बताउनुभयो । गत दशैँपछि बसहरूले बल्ल पूर्ण सिटमा यात्रु राख्न पाएका छन् । उम्मेदवारले मतदातालाई जिल्लामा लैजान बस रिजर्भ गरेका छन् ।