• ७ जेठ २०८१, सोमबार

स्थानीय तह निर्वाचन

कागेश्वरी मनोहरामा काँग्रेस र माओवादीको गठबन्धन, अन्य दलले चुनाैती दिने

blog

काठमाडौं, वैशाख २३ गते । कागेश्वरी मनोहरामा काँग्रेस र माओवादीको गठबन्धनसँगै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ ।

 कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपेन्द्र कार्की र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का भोला चापागाईं हुनुहुन्छ । तर गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको भने प्रमुख र उपप्रमुख दुवैमा एक्ला–एक्लै उम्मेदवारी रहेको छ । नगर प्रमुखमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा दश प्रतिस्पर्धी रहेका छन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)

'घरदैलो कार्यक्रममा छौं, नगरबासीले काँग्रेसको नेतृत्व खोजेको महसुस भएको छ, नगरपालिकामा प्राविधिकरुपमा विजयी भइसकेपछि यहाँका असीमित सम्भावना, विकास र समृद्धिको बाटोमा अघि बढ्नेछौं, उहाँले बताउनुभयो । सुशासनसहितको स्थानीय सरकार सञ्चालनको सुनिश्चितता गर्दै जनताको सहभागिता र सरोकारवाला पक्षसँगको समन्वयमा विकासको काम अघि बढाउने योजना उहाँको छ । निर्वाचनपछि हार्ने, जित्ने सबै व्यक्तिसँग योजना प्रस्तुत, अनुगमन प्रक्रियाका साथ नगरपालिकाको शहरी विकासलाई अघि बढाउने प्रतिबद्धता उहाँको छ । अबको पाँच वर्षभित्र हरेक घरमा शुद्ध खानेपानीको उपलब्धता गराउने संकल्प पनि उहाँले गर्नुभएको छ ।

गरिबीका रेखामुनि रहेका वर्ग र समुदायका नागरिकको गुणस्तरीय शिक्षा, स्वास्थ्यमा पहुँच पु¥याउने प्रतिबद्धता उहाँको छ । कागेश्वरी मनहरा वातावरणीय दृष्टिकोण तथा प्राकृतिक र सांस्कृतिक सुन्दरताले पनि महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ । प्रविधिमैत्री विकासको प्रक्रिया सरल, सहज बनाउँदै सरकारको अनुमतिमा स्थानीय सरकारको अन्तराष्ट्रिय सम्बन्ध सुधार गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)का भोला चापागाईं नगर उपप्रमुखको प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादी 

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापा कागेश्वरी मनोहरा नगर प्रमुख र उपप्रमुखमा सरस्वती नेपाल हुनुहुन्छ । थापा यसअघि पनि कागेश्वरी मनोहरा नगर प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

स्मार्ट सिटी र समृद्ध नगरको अवधारणा अनुरुप आफू अघि बढ्ने र यसका लागि बढ्दो शहरीकरण र बस्ती विकाससँगै ढलको व्यवस्थापनको कार्य थप अघि बढाउनुपर्ने उहाँ बताउनुहुन्छ । यससँगै गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सबैको पहुँचलगायत बेराजगारी समस्या समाधान गर्नेतर्फ आफ्नो प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा का सुदीप सापकोटा पनि प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । उपप्रमुखमा जनमोर्चाकै लक्ष्मीकुमारी राई उम्मेदवार हुनुहुन्छ ।जनमोर्चाको अघिल्लो स्थानीय निर्वाचन र संसदीय चुनावदेखि संगठन बनाएर हामी अघि बढेको हो, केन्द्रमा गठबन्धन भए पनि यहाँ भने गरेनौं, उहाँले भन्नुभयो, “प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा उम्मेदवारी दिएका छौं ।

यसअघि म वडा नं. ४ को अध्यक्षमा उठेको थिएँ, चुनावको नतिजाले हार र जीतमा ठूलो अर्थ राख्यो ।” त्यो बेला जित्नेले बधाई र हार्नेले दोष लगाएका थिए, अवस्था त्यस्तो बनेको उहाँ स्मरण गर्नुहुन्छ । कोगश्वरी मनोहरामा भ्रष्टाचार नै मुख्य समस्या रहेको उहाँ बताउनुहुन्छ । 

नौ वटा वडामध्ये वडा नंं १ सबैभन्दा पिछडिएको र वडा नं.९ सबैभन्दा विकसित छ तर आएका जति विकास बजेट कार्यान्वयन नभएको उहाँ बताउनुहुन्छ । भ्रष्टाचार उन्मुलन पहिलो प्राथमिकतामा रहने उहाँ बताउनुहुन्छ । राष्ट्रिय जनमोर्चाका कोही पनि नेताले भ्रष्टाचारमा मुछिएको देखियो भने, कारबाही गरिनेछ, उहाँले भन्नुभयो, हाम्रा नेताको जिन्दगी सादगी छ, अरु ठूलाको त यहाँहरुले देखिरहनुभएकै छ ।

भ्रष्टाचार उन्मुलनसँगै शिक्षा, स्वास्थ्यमा सुधार गरिए नगर एक नम्बरको बन्ने उहाँ बताउनुहुन्छ । पर्यटकीय हिसाबले पनि धेरै तरिकाले जोडिएकाले यसबारे पनि अवधारणा अघि बढाएर काम गर्ने प्रतिबद्धता उहाँको छ ।

नेकपा एमाले

नेकपा एमालेका ढुंगाना प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका रामशरण ढुंगाना कागेश्वरी मनोहरा नगर प्रमुखमा प्रतिस्पर्धी हुनुहुन्छ । उपप्रमुखमा एमालेका शान्ता थापा उम्मेदवार हुनुहुन्छ ।

अन्य दल र स्वतन्त्र उम्मेदवार

देशका प्रमुख दलसहित यस नगर प्रमुखमा मौलिक जरोकिलोका प्रभा सुवेदी (पोखरेल) र उपप्रमुखमा सोही दलका नारायणप्रसाद अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु फुयाँल प्रमुख र उपप्रमुखमा सरिता बजगाईं चापागाईं र स्वतन्त्र प्रमुखमा उम्मेदवार चार र स्वतन्त्र उपप्रमुखमा एक जनाको उम्मेदवारी छ ।