• २५ वैशाख २०८१, मङ्गलबार

विकासका लागि काँग्रेसलाई जिताउनुहोस् : डा. आरजु

blog

नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै डा. आरजु । तस्विर : पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेल्धुरा, वैशाख २२ गते । नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवाले विकास गर्ने भनेको अहिले स्थानीय सरकारले भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. देउवाले जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा आयोजित काँग्रेस चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अबको निर्वाचनपछि देउवाको नेतृत्वमै सरकार गठन हुने भएकाले विकासका लागि स्थानीय तहमा काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको हो । 

पार्टीको अराजक समूहको पछि नलागी काँग्रेसलाई मतदान गर्नुपर्न आह्वान गर्दै डा. देउवाले पश्चिम सेती बनाउन भारतको एक कम्पनीले पत्र नै पठाइसकेकाले यो परियोजना निर्माणबाट धेरै स्थानीयले रोजगार पाउने बताउनुभयो । उहाँले पश्चिम सेती परियोजनामा स्थानीयले शेयर खरिद गर्न पाउनेसमेत उल्लेख गर्नुभयो ।