छ महानगरबाहेक अन्यको मतपत्र छपाइ सकियो
निर्वाचन आयोगले छ महानगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतपत्र छपाइ सकिएको जनाएको छ ।
लोसपाको चुनावी घोषणापत्रमा २० प्रतिबद्धता (पूर्णपाठसहित)
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा लोसपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र २० वटा प्रतिबद्धता उल्लेख छ ।
कल सेन्टरमा ५ हजार २५१ जिज्ञासा, करिब सबै जिज्ञासाको सम्बोधन
निर्वाचन आयोगको कल सेन्टरमा एक महिनामा ५२५१ वटा जिज्ञासा रजिष्टर्ड भएका छन् । सो मध्ये करिब सबैजसो जिज्ञासा सम्बोधन भएको आयोगले जनाएको छ । कुल जिज्ञासाको ४५६२ वटा नियमित कल र ६८९ वटा रेकर्डेड कल अर्थात् भ्वाइस मेल रहेका छन् ।
नेकपा(एकीकृत समाजवादी) सँग बहिर्गमित जनमुक्ति सेनाकाे एकीकरण हुँदै
काठमाडौं, बैशाख १६ गते । नेकपा(एकीकृत समाजवादी) सँग बहिर्गमित जनमुक्ति सेना, नेपाल को एकीकरण हुने भएको छ । शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा एकीकरण कार्यक्रम हुने पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले जानकारी दिनुभयो । नेकपा(एकीकृत समाजवादी) ले यस अघि पनि नेकपा एकीकृत समाजवादी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच बिहीबार पार्टी एकता भएको थियो ।वैशाख ३० को स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा पार्टीले विभिन्न दल र समुहसँग एकता गर्दै आएको छ ।
काँग्रेस कार्यालय र गाडीमा तोडफोड, सात जना घाइते
सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा बिहिबार राती तोडफोड भएको छ ।
उम्मेदवारहरूले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने
निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् । निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।
द्वेषपूर्ण अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण
निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताबाट आएको द्वेषपूर्ण अभिव्यक्तिलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्यस्तो अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर विश्लेषण गरिरहेको जनाएको छ । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूबाट एक अर्काप्रति लाञ्छना लगाउने र चरित्रहत्या गर्ने किसिमले नै द्वेषपूर्ण टिप्पणी आएको विषयमा आयोगले यस्तो धारणा राखेको हो ।
केही वडामा दलित महिला शून्य
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक वडाबाट दलित महिला सदस्य निर्वाचित हुँदै छन् । स्थानीय तहका हरेक वडामा दुईजना महिलामध्ये एक जना दलित महिला अनिवार्य भएअनुसार दलित महिला निर्वाचित हुने भए पनि केही वडामा भने कोटा खाली रहने देखिएको छ ।
शान्तिपूर्ण निर्वाचन गतिविधि गर्ने राजनीतिक दलबीच सहमति
जिल्लाका राजनीतिकदलबीच स्वच्छ प्रतिष्पर्धा गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्बन्धि गतिविधि सञ्चालन गर्ने सहमति भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दलहरुबस्च आपसी सौदार्यपूर्ण सम्बन्ध कायम गरी शान्तिपूर्ण रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।
अपाङ्गता भएकाको माग ‘मतदानस्थल अपाङ्गतामैत्री होस्’
स्थानीय तह निर्वाचन नजिकिएसँगै अपाङ्गता भएकाका लागि एक किसिमको समस्या देखिने गरेको छ । गोप्य मतदान गर्न पाइन्छ कि पाइँदैन, अपाङ्गता भएका तथा दृष्टिविहीनलाई भोटिङको व्यवस्था के–कस्तो होला जस्ता कुराले सताउने गरेको पाइएको छ ।
आयोगले जारी गर्यो ११ बुँदे निर्देशन : केन्द्रको पत्र आधिकारिक हुने
काठमाडौं, वैशाख १५ गते। स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारका सम्बन्धीमा परेका उजुरीलाई निरुपण गर्न निर्वाचन आयोगले ११ बुँदे निर्देशन जारी गरेको छ। उम्मेदवारको मनोनयन-पत्र दर्ता सम्बन्धमा विभिन्न स्थानीय तहमा रहेका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले सो निर्देशन पठाएको हो।निर्देशन अनुसार अब दलको केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारीले उम्मेदवार एकिन गर्न निर्वाचन अधिकृतलाई दिएको पत्रलाई आधार मान्नुपर्ने भएको छ।आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार, कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको भए दुवै उम्मेदवारी खारेज हुने छ। कुनै एक पद महिला हुनैपर्ने कानुनी व्यवस्था छ।यसैगरी, मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारको नाममा बेरुजु रहेको सम्बन्धमा आयोगले दिएको निर्देशनमा भनिएको छ, ‘‘उम्मेदवारको नाममा किटानीसाथ असूल उपर गर्नुपर्ने भनी महालेखा परीक्षकको कार्यालयबाट बेरुजु औँल्याइएको अवस्थामा बाहेक अन्यमा कानुनबमोजिम मनोनयन पत्र सदर गर्ने।’’यस्तै, असुल उपर गर्न किटानीसाथ औंल्याइएको बेरुजुको हकमा मनोनयन पत्र जाँचबुझ गर्ने अन्तिम समयसम्म फस्र्यौट वा दाखिला गरेको प्रमाण पेस गरेमा र निर्वाचन अधिकृतलाई मनासिब लागेमा त्यस्तो मनोनयन पत्र सदर गर्न सक्ने निर्देशन पनि आयोगले दिएको छ।आयोगले दिएको ११ बुँदे निर्देशन :
बाँकेका चार पालिकामा आफ्नो अनुकूलका गठबन्धन
नेपालगञ्ज, वैशाख १५ गते । केन्द्रमा सत्ता साझेदार दलहरुले पाँच दलबीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरे अनुरुप दलहरुले आफ्नो अनुकूल गठबन्धन बनाएका छन् । सो अनुसार २०७४ सालको निर्वाचनमा कुनै पनि पालिका प्रमुख जित्न नसकेको नेकपा माओवादी केन्द्रले यस पटक जिल्लाका चारवटा पालिकामा एक–एकवटामा काँग्रेस र जनता समाजवादी पार्टीसँग र दुईमा नेकपा एससँग गठबन्धन गरेको छ । माओवादी केन्द्रले गत निर्वाचनमा एमालेले जितेको खजुरा गाउँपालिकामा नेपाली काँग्रेससँग गठबन्धन गरेर अध्यक्षमा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक र उपाध्यक्षमा नेपाली काँग्रेसका मन्जु मल्ललाई उम्मेदवार बनाएको छ । यसैगरी, गत निर्वाचनमा एमालेले जितेको कोहलपुर नगरपालिकामा माओवादीले नेकपा एससँग गठबन्धन गरेर प्रमुखमा नेकपाका पूर्व विद्यार्थी नेता नरेन्द्र न्यौपाने र उपप्रमुखमा नेकपा एसका नारायणी वलीलाई उम्मेदवार बनाएको छ । सो गठबन्धनका कारण कोहलपुरमा निर्वाचनको माहोल तात्दै गएको छ । सोही प्रकारले गत निर्वाचनमा एमालेले जितेको जानकी गाउँपालिकामा पनि माओवादीले जसपासँग गठबन्धन गरेर जसपाबाट अध्यक्षमा राजीव बर्मा र उपाध्यक्षमा माओवादीका रक्षाराम बर्मालाई उम्मेदवार बनाएको छ । सो पालिकामा २–२ वडामा गठबन्धन र २ वडामा मित्रवत् प्रतिस्पर्धा गरिने निर्णय गरिएको छ । यस्तै, बैजनाथ गाउँपालिकामा पनि माओवादी र नेकपा एसबीच गठबन्धन गरेर उम्मेदवार उतारिएको माओवादी केन्द्र बाँकेले जनाएको छ । जिल्लाका आठ पालिकामध्ये माओवादी केन्द्रले एमालेले जितेका चार पालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएकाले ती सबै पालिकामा जित्ने सम्भावना अत्यधिक बढेको नेकपा माओवादी केन्द्र बाँकेका निवर्तमान अध्यक्ष आइपी खरेलले बताउनुभयो । उहाँले माओवादी केन्द्रले बाँकेमा गरेको गठबन्धन सत्तासाझेदार गठबन्धन दलबीच केन्द्रमा गरिएको गठबन्धनको उद्देश्यसँग मेल खाएको बताउनुभयो । जिल्लाका अन्य पालिकामध्ये नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा भने सबै दलले आ–आफ्ना उम्मेदवार उतारेर प्रतिस्पर्धा गरिरहेका छन् ।
पुरानै अनुहार चुनावी मैदानमा
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सल्यानका दशमध्ये पाँच वटा पालिकामा प्रमुख/अध्यक्ष/उपाध्यक्ष पदमा सात जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् ।
एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ ।
पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन
नेपालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३० गते चौथो पटक स्थानीय तहको निर्वाचनमा मुलुक जुटिरहेको छ ।
काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको सङ्कल्पपत्र सार्वजनिक
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो । बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।
उम्मेदवारीको अन्तिम नामावली आज प्रकाशन गरिने
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ गरिरहेको छ ।
सल्यानमा एक लाख ७४ हजार थान मतपत्र आइपुग्यो
प्रतीक शर्मासल्यान, वैशाख १५ गते । यही वैशाख ३० गते हुने निर्वाचनका लागि सल्यानमा एक लाख ७४ हजार थान मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन कार्यलय सल्यानका अनुसार जिल्लामा आवश्यक पर्ने एक लाख ७४ हजार थान मतपत्र आइपुगेको हो । मतपत्र जिल्लामा पुगिसकेकाले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नियुक्ति गरेर तालिम दिएपछि मतदान सामग्रीसहित सबै स्थानीय तहमा पठाइनेछ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले अबको केही दिनमा मतदान केन्द्रमा जाने कर्मचारीहरु खटाउने, निर्वाचन आयोगबाट आएका मतपत्रको रुजु गरेर छुट्टाछुटै प्याकेज बनाएर सबै मतदानस्थल र मतदान केन्द्रमा पठाइने बताउनुभयो । उहाँका अनुसार जिल्लामा ११४ मतदान स्थल र २०१ मतदान केन्द्र निर्धारण गरिएको छ ।जिल्लामा एक लाख ५७ हजार ७०१ मतदाता छन् । जसमा पुरुष मतदाता ७९ हजार ९०४ छन् भने महिला मतदाता ७७ हजार ८११ रहेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
बागी उम्मेदवारीबाट पछि हटेर गठबन्धनलाई सहयाेग गर्न काँग्रेस सभापति देउवाकाे निर्देशन
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ ।बिहीबार वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे हाे ।
रुपन्देहीको देवदहमा प्रमुख–उपप्रमुखमा काँग्रेस–माओवादीबीच सहमति
कपिल ज्ञवालीसिद्धार्थनगर, वैैसाख १५ गते । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेलमा सहमति भएको छ । दुबै पार्टीको प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार तालमेल भएको हो । दुई दलका नेताहरुको बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने सहमति अनुसार गठबन्धन गरेर जाने सहमति भएको काँग्रेस नगर सभापति रहनुभएका प्रमुम पदका उम्मेदवार हीराबहादुर खत्रीले बताउनुभयो । यस अघि दुवै दलका उम्मेदवारहरुले छुट्टाछुट्टै मनोनयन दर्ता गरेर अघि बढेका थिए । ताजा सहमति अनुसार माओवादी केन्द्रले नेपाली काँग्रेसलाई नगरप्रमुखमा खत्रीलाई सहयोग गर्नेछ भने, काँग्रेसले माओवादी केन्द्रलाई उप–प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । हामीले गठबन्धनबीच सहमतिको वातावरण बनाएका थियौं, केन्द्रबाट आएको सर्कुलरले पनि यसमा सहयोग नै ग¥यो’ –उहाँले भन्नुभयो ।प्रमुख र उपप्रमुख दुई मुख्य पदमा सहमति गरेसँगै देवदहमा गठबन्धन कायम भएपछि देवदह नगरमा दुवै दलका उम्मेदवार नेता कार्यकर्ताहरुमा उत्साह बढेको छ । सहमति अनुसार माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरप्रमुखका उम्मेदवार गोविन्द ठडराईले नगरप्रमुखबाट उम्मेदवारी फिर्ता लिने र काँग्रेसका महासमिति सदस्य रहनुभएकी उपप्रमुखका उम्मेदवार सरिता चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुनेछ ।नगरमा रहेका १२ वटा वडामा भने गठबन्धन दलबीचमै मैत्रीपूर्ण प्रतिस्पर्धा हुने केसीले बताउनुभयो ।
सांसदको दावेदार यादवको वडाध्यक्ष उम्मेदवारी रद्द
नारद कोहारतौलिहवा, बैशाख १५ गते । कपिलबस्तुको मायादेवि गाँउपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष शैलेन्द्र कुमार यादवको उम्मेदवारी रद्द भएको छ । लुम्बिनी प्रदेशको प्रदेश सदस्यको समानुपातिक तर्फ बन्द सूचीमा नाम रहेकोले उनले उम्मेदवारी रद्द गरिएको हो ।मायादेवी गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्ष लड्नका लागि यादवले वैशाख १२ गते उम्मेदवारी दिनुभएको थियो । मायादेवीमा खडा गरिएको निर्वाचन अधिकृतको कार्यालयले बैशाख १३ गते सुचना जारी गर्दै वडाध्यक्ष यादवको उम्मेदवारीमा रित नपुगको उल्लेख गरिएको छ ।निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले सूचना निकाल्दै रित पुगेको व्यहोरा नसच्चाई पेश गरिएको उम्मेदवारी दर्ता नभएको बताउनुभयो । निर्वाचन आयोगले आचरसंहितामा प्रतिनिधि सभा वा प्रदेश सभामा बन्द सूचीमा रहेकोले स्थानीय तहमा उम्मेदवार हुन बन्द सूचीबाट नाम हटाउनु पर्ने नियम बनाएका छ ।तर, यादवले बन्द सूचीमा नाम नै नहटाइ गत वैशाख १२ गते उम्मेदवारी दिएको र कम्प्युटरमा इन्ट्री गर्दा बन्द सूचीमा नाम नहटेको देखाएको अधिकृत गिरीले बताउनुभयो । स्थानीय निर्वाचन ऐन २०७३ को दफा १९ को उप दफा ३ बमोजिम वडाध्यक्षका उम्मेदवार शैलेन्द्र कुमार यादवको मनोनय पत्रमा रित नपुगको जनाइएको छ । उहाँको उम्मेदवारी रद्द भएपछि सो वडामा अब नेकपा एकीकृत समाजवादी पार्टीका निवर्तमान वडाध्यक्ष सुकदेव तिवारी र कांग्रेसका वशिष्ठ प्रसाद पाण्डेय बीच प्रतिस्पर्धा हुने भएको छ ।
थप प्रभावकारी बन्दै स्थानीय सरकार
स्थानीय तह जनप्रतिनिधिका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । स्थानीय तह प्रभावकारी बन्दै गएकाले सङ्घीय सांसद, प्रदेश सभाका सदस्य, वकिल, प्राध्यापक, शिक्षकलगायत विभिन्न पेसा र व्यवसायमा सक्रिय भएका व्यक्तिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
संसदको बन्द सूचीमा रहेका १५ जनाकाे मनाेनयन खारेज
विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो ।
स्थानीय निर्वाचन : एक लाख ५२ हजार ४६५ उम्मेदवार
काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ।निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६ जनाले मनोनयन दर्ता गरेका हुन्। त्यसैगरी उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ। आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। आयोगले उम्मेदवारको पूर्ण विवरण बुधबार सार्वजनिक गर्ने भने पनि साँझ ढिलासम्म सार्वजनिक हुन सकेको छैनस्थानीय निर्वाचन : एक लाख ५२ हजार ४६५ उम्मेदवार काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ।निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६ जनाले मनोनयन दर्ता गरेका हुन्। त्यसैगरी उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ। आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। आयोगले उम्मेदवारको पूर्ण विवरण बुधबार सार्वजनिक गर्ने भने पनि साँझ ढिलासम्म सार्वजनिक हुन सकेको छैन। रासस