• १३ साउन २०८१, आइतबार

सांसदको दावेदार यादवको वडाध्यक्ष उम्मेदवारी रद्द

blog

नारद कोहार

तौलिहवा, बैशाख १५ गते । कपिलबस्तुको मायादेवि गाँउपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष शैलेन्द्र कुमार यादवको उम्मेदवारी रद्द भएको छ । लुम्बिनी प्रदेशको प्रदेश सदस्यको समानुपातिक तर्फ बन्द सूचीमा नाम रहेकोले उनले उम्मेदवारी रद्द गरिएको हो ।

मायादेवी गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्ष लड्नका लागि यादवले वैशाख १२ गते उम्मेदवारी दिनुभएको थियो । मायादेवीमा खडा गरिएको निर्वाचन अधिकृतको कार्यालयले बैशाख १३ गते सुचना जारी गर्दै वडाध्यक्ष  यादवको उम्मेदवारीमा रित नपुगको उल्लेख गरिएको छ ।

निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले सूचना निकाल्दै रित पुगेको व्यहोरा नसच्चाई पेश गरिएको उम्मेदवारी दर्ता नभएको बताउनुभयो । निर्वाचन आयोगले आचरसंहितामा प्रतिनिधि सभा वा प्रदेश सभामा बन्द सूचीमा रहेकोले स्थानीय तहमा उम्मेदवार हुन बन्द सूचीबाट नाम हटाउनु पर्ने नियम बनाएका छ ।

तर, यादवले बन्द सूचीमा नाम नै नहटाइ गत वैशाख १२ गते उम्मेदवारी दिएको र कम्प्युटरमा इन्ट्री गर्दा बन्द सूचीमा नाम नहटेको देखाएको अधिकृत गिरीले बताउनुभयो । स्थानीय निर्वाचन ऐन २०७३ को दफा १९ को उप दफा ३ बमोजिम वडाध्यक्षका उम्मेदवार शैलेन्द्र कुमार यादवको मनोनय पत्रमा रित नपुगको जनाइएको छ । उहाँको उम्मेदवारी रद्द भएपछि सो वडामा अब नेकपा एकीकृत समाजवादी पार्टीका निवर्तमान वडाध्यक्ष सुकदेव तिवारी र कांग्रेसका वशिष्ठ प्रसाद पाण्डेय बीच प्रतिस्पर्धा हुने भएको छ ।