• २१ वैशाख २०८१, शुक्रबार

लोसपाको चुनावी घोषणापत्रमा २० प्रतिबद्धता (पूर्णपाठसहित)

blog

काठमाडौं, वैशाख १६ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा लोसपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र २० वटा प्रतिबद्धता उल्लेख छ ।

सबल, सक्ष्म र स्रोतसम्पन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था, कृषिसेवा विस्तार, सिंचाई एवम् प्रभावकारी बजा व्यवस्था र च्रे जोगाअ‍ैँ, मधेश बचाऔँ गर्ने लोसपाको प्रतिबद्धता छ ।

यसैगरी, ज्येष्ठ नागरिकलाई सम्मान र थप सुविधा, रोजगारमूलक, सीप विकास र उद्यमशीलता प्रवर्धन, युवाहरुको सन्तुलित विकास र खेलकुद पूर्वाधार निर्माण, कमजोर, असहाय र अशक्तहरुप्रति विशेष सजम्मेवारी, तत्काल एवम् गुणस्तरीय विपद् व्यवस्थापन र ग्रामीण सडक र अन्य सामाजिक पूर्वाधार निर्माण गर्ने लोसपाको चुनावी घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, स्मार्ट सिटीको अवधारण अनुरुप नगर विकास, थप पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण एवम् प्रचारप्रसार, शहरी हरितक्रान्ति, व्यवस्थित र सुरक्षित वैदेशिक रोजगार, अनुशासित, सुशासित र भ्रष्टाचारमुक्त स्थानीय सरकार, सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति र विशेष नगर, विशेष अवसर, विशेष व्यवस्था गर्ने प्रतिबद्धता लोसपाले गरेको छ ।