• २१ वैशाख २०८१, शुक्रबार

नेकपा(एकीकृत समाजवादी) सँग बहिर्गमित जनमुक्ति सेनाकाे एकीकरण हुँदै

blog

काठमाडौं, बैशाख १६ गते । नेकपा(एकीकृत समाजवादी) सँग बहिर्गमित जनमुक्ति सेना, नेपाल को एकीकरण हुने भएको छ । शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा एकीकरण कार्यक्रम हुने पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले जानकारी दिनुभयो । 

नेकपा(एकीकृत समाजवादी) ले यस अघि पनि नेकपा एकीकृत समाजवादी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच बिहीबार पार्टी एकता भएको थियो ।

वैशाख ३० को स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा पार्टीले विभिन्न दल र समुहसँग एकता गर्दै आएको छ ।