• १३ साउन २०८१, आइतबार

सल्यानमा एक लाख ७४ हजार थान मतपत्र आइपुग्यो

blog

प्रतीक शर्मा

सल्यान, वैशाख १५ गते । यही वैशाख ३० गते हुने निर्वाचनका लागि सल्यानमा एक लाख ७४ हजार थान मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन कार्यलय सल्यानका अनुसार जिल्लामा आवश्यक पर्ने एक लाख ७४ हजार थान मतपत्र आइपुगेको हो । मतपत्र जिल्लामा पुगिसकेकाले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नियुक्ति गरेर तालिम दिएपछि मतदान सामग्रीसहित सबै स्थानीय तहमा पठाइनेछ ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले अबको केही दिनमा मतदान केन्द्रमा जाने कर्मचारीहरु खटाउने, निर्वाचन आयोगबाट आएका मतपत्रको रुजु गरेर छुट्टाछुटै प्याकेज बनाएर सबै मतदानस्थल र मतदान केन्द्रमा पठाइने बताउनुभयो । उहाँका अनुसार जिल्लामा ११४ मतदान स्थल र २०१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्लामा एक लाख ५७ हजार ७०१ मतदाता छन् । जसमा पुरुष मतदाता ७९ हजार ९०४ छन् भने महिला मतदाता ७७ हजार ८११ रहेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ   ।