• १६ चैत २०८०, शुक्रबार

काँग्रेस कार्यालय र गाडीमा तोडफोड, सात जना घाइते

blog

सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीमा बिहीबार राती तोडफेड गरेको सबारी सधान । तस्बिरः बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, वैशाख १६ गते । सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा बिहीबार राती तोडफोड भएको छ । काँग्रेसका वडा सभापति तथा सत्तारुढ गठबन्धनको तर्फबाट वडा अध्यक्ष उम्मेद्वार जीतबहादुर भुजेलका अनुसार नेकपा (एमाले)का कार्याकर्ताले तोडफोड गरेको आरोप लगाउनुभयो । 

तोडफोडबाट सात जना कार्यकर्ता घाइते हुनुका साथै निर्वाचनको प्रचारमा प्रयोग गरिएका करिब एक दर्जन सवारी साधन तोडफोड भएको भुजेलले जानकारी दिनुभयो । सामान्य घाइने हुनेमा कमल भुजेल, रंजित कुँवर, सन्तोष भुजेल, पेसल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी घाइते भएको जनाएको छ । 

तोडफोडबाट निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका ना७ख ७७७० नम्बरको ठूलो टिफर, बोलेरो गाडीमा क्षति पुगेको छ । बिहीबार राती १२ बजेतिर एक्कासि आक्रमण गरेको भन्दै घटनामा संलग्नलाई तत्काल कारवाही गर्न काँग्रेसले माग गरेको छ । 

तोडफोड बारे शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलबीच छलफल गरेको थियो । उक्त वडामा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार रितेश राउतले घटनाको विषयमा आफूलाई जानकारी नभएको तर यस बारे बुझ्ने उहाँले बताउनुभयो । 

सिन्धुलीका डिएसपी मनोजकुमार लामाले घट्नाको विषयमा बुझ्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटाइसकेको बताउनुभयो ।