• १३ साउन २०८१, आइतबार

स्थानीय तह निर्वाचन

उम्मेदवारीको अन्तिम नामावली आज प्रकाशन गरिने

blog

काठमाडौं, वैशाख १५ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । 

निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ गरिरहेको छ । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ सकिएपछि उम्मेदवारको नामावली प्रकाशन गर्ने जानकारी दिनुभयो । उम्मेदवारको नामावली बिहीबार साँझ ५ बजेपछि प्रकाशन गर्ने उहाँले बताउनुभयो । 

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

यसैगरी, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । 

वैशाख ३० गते ७५३ स्थानीय तहमा ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि एक लाख ५२ हजार ४६५ जनाले मनोनयन दिएका छन् ।