यथार्थपरक सूचना प्रवाह गर्न आयुक्त डा. तुलाधरको आग्रह
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ६ गते । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न सञ्चार जगतसँग आग्रह गर्नुभएको छ । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित मिडिया अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग उहाँले आग्रह गर्नुभयो । सही सूचनाले मात्र जनतामा विश्वास जागृत गर्ने हुनाले त्यसमा ध्यान दिन उहाँले प्रेसकर्मीसँग आग्रह गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, ‘लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दैआएको सहयोग सह्रानीय छ ।’निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दैआएको बताउँदै डा. तुलाधरले निर्वाचनसम्वन्धी सही सूचना र निर्णयलाई आम नागरिकसामु लगेर सहयोग गर्न प्रेससँग आग्रह गर्नुभयो । गलत सूचनाले नागरिकमा भ्रम सिर्जना हुने हुनाले त्यसमा मिडियाकर्मी सचेत हुनुपर्ने सुझाव दिनुभयो । आगामी निर्वाचनमा लैङ्गिक सहभागिताका विषयमा पनि आयोगले पर्याप्त ध्यान दिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन सफल बनाउन आचारसंहिता अक्षरशः पालना गर्नु अनिवार्य रहेको भन्नुहुँदै उहाँले सम्बद्ध सबैलाई त्यसमा गम्भीर बन्न आग्रह गर्नुभयो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न केन्द्रदेखि पालिकासम्म विभिन्न तहका संयन्त्र परिचालित् रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रले निर्वाचान आचारसंहिता उल्लङ्घन भए नभएकोबारे तथ्यगत सूचना निशुल्क सम्प्रेषण गरी आयोगको काममा सहयोग पु¥याएकोछ ।” निर्वाचनका लागि आवश्यक पर्ने ९० प्रतिशत सामग्री आयोगमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीले दल विशेषप्रतिका आस्था र आबद्धता त्याग्नु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘चुनावकाबेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा हुन्छ, त्यसबाट जोगिन समाचारको पुष्ट्याइँ गरी सत्यतथ्य समाचार सम्प्रेषमा ध्यान पु¥याउनु पर्छ ।’रिष्ठ पत्रकार बबिता बस्नेतले राजनीतिक दलका नेताबाट एक–अर्कालाई लाञ्छित गर्नेगरी आउनेगरेको अभिव्यक्तिले नेताको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा मिसइन्फर्मेसन र डिसइन्फर्मुेसनको चूनौति छ, प्रभावकारी अनुगमनका लागि निर्वाचन अनुगमन संयन्त्र प्रभावकारी हुन आवश्यकछ ।’
आचारसंहिता पूर्णरुपमा पालन गर्ने राजनीतिक दलको प्रतिबद्धता
जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले राजनीतिक दलहरुसँग आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।
सञ्चार माध्यम नागरिक दायित्व पूरा गर्न अग्रसर हुनुपर्छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताउनुभएको छ ।
चुनावी तालमेलको निर्णय गर्ने अधिकार पालिकास्तरीय कमिटीलाई
जनार्जन खत्रीसर्लाही, वैशाख ६ गते । सर्लाहीमा सत्तारुढ गठवन्धनले चुनावी तालमेल गर्ने अधिकार पालिका स्तरीय कमिटीलाई सुम्पिएको छ । मङ्गलबार सदरमुकाम मलङ्गवामा बसेको सत्तारुढ गठवन्धनका नेताहरुको बैठकले चुनावी तालमेलबारे निर्णय गर्ने अधिकार पालिका स्तरीय कमिटीलाई दिने र त्यसमा जिल्लाले समन्वय गर्ने निर्णय गरेको हो । सत्ता गठवन्धनभित्रका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच पालिकाहरुमा आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय भएको नेपाली काँग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार रायले जानकारी दिनुभयो ।जिल्लाबाट निर्णय गर्दा तल्ला कमिटीले सो निर्णय अस्वीकार गर्न सक्ने र त्यसबाट गठबन्धनभित्र थप फाटो आउन सक्ने भएकाले स्थानीय अवस्था र कार्यकर्ताको माग अनुसार चुनावी तालमेलबारे निर्णय गर्ने अधिकार पालिकास्तरीय कमिटीलाई नै दिइएको रायले बताउनुभयो । नेकपा माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकीले सम्भव भएसम्म जिल्लाका २० वटै पालिकामा चारवटै दलबीच तालमेल गर्ने र नभए गठबन्धनभित्रकै दुई वा तीन दलबीच भए पनि चुनावी तालमेल गर्ने निर्णय भएको बताउनुभयो । चारवटै दलबीच तालमेल नभएको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको बुढाथोकीले बताउनुभयो । बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)की नेत्री एवं प्रदेश सभा सदस्य बेची लुङ्गेलीले गठबन्धनभित्रका दलबीच चुनावी तालमेलसँगै कहाँ कुन दलले नेतृत्व लिने भन्ने निर्णय पनि तल्लो कमिटीले नै गर्ने गरी छलफलबाट उठेको जानकारी दिनुभयो । गठबन्धनको बैठकमा नेपाली काँग्रेसबाट जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व केन्द्रीय सदस्य जङ्गीलाल राय, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ र नेता कृष्णदेव यादव, नेकपा माओवादी केन्द्रबाट पूर्वमन्त्री रामेश्वर राय यादव, केन्द्रीय सदस्य अच्यूतम काफ्ले, जिल्ला संयोजक कमल बुढाथोकी सहभागी हुनुहुन्थ्यो । यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट जिल्ला अध्यक्ष सुरेन्द्र लामा, प्रदेशसभा सदस्यद्वय डिल्लीप्रसाद अधिकारी र बेची लुङ्गेली, जिल्ला सचिव गोविन्द अधिकारी र जनता समाजवादी पार्टी (जसपा) बाट बहालवाला कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव, सर्लाही क्षेत्र नं. १ का सङ्घीय सांसद प्रमोद साह, जिल्ला अध्यक्ष वीरेन्द्र राय, प्रदेशसभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी बैठकमा सहभागी हुनुभएको थियो । चुनावी तालमेल हुने नहुने भन्ने अन्यौलताका कारण सर्लाहीमा सत्तारुढ गठबन्धनले उम्मेद्वार छान्न सकिरहेका छैनन् । जिल्लामा अहिलेसम्म कुनै पनि दलसँग तालमेल गर्ने निर्णय नगरेको नेकपा एमालेले भने धमाधम आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरिरहेको छ ।
गठबन्धनबाट संविधानसभा सदस्य इस्तियाक अहमद खान सिद्धार्थनगरको मेयरमा उठ्ने
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ६ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख मा नेपाली कांग्रेसले संविधानसभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । उहाँको नाम सिफारिस गरेको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले गोरखापत्रलाई जानकारी दिनुभयो ।खानले निर्वाचन जित्ने आधार भएकाले टिकट दिइएको काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले बताउनुभयो ।उम्मेदवार खान केही वर्ष अघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खाणले बताउनुभयो ।यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस भैसकेको छ । यता, राप्रपाले भने पूर्वमेयर सागरप्रताप राणाको नाम लगभग फाइनल गरिसके पनि घोषणा गरेको छैन ।
पाल्पाका चार पालिकामा एमालेबाट अध्यक्ष पदका लागि उम्मेदवार सिफारिस
रेखीराम रानापाल्पा, वैशाख ६ गते । नेकपा (एमाले)ले जिल्लाको चारवटा पालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । तिनाउ, रैनादेवी छहरा, माथागढी र बगनासकाली गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको एमाले पाल्पाले जनाएको छ ।एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेका अनुसार जिल्लाको रैनादेवी छहरामा अध्यक्षमा रामबहादुर राउत र उपाध्यक्षमा गीता घिमिरे र माथागढीको अध्यक्षमा यमबहादुर चिदी, तिनाउको अध्यक्षमा प्रेम श्रेष्ठको नाम सर्वसम्मत सिफारिस भएको छ । पाल्पाका दश वटा पालिकामध्ये बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरि पाठकको नाम सिफारिस भएको छ । एमालेले पाल्पाका दश वटा पालिकामध्ये चार वटा पालिकामा अध्यक्षसहित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको नाम टुङ्गो लगाएको जनाएको छ । बाँकी छ वटा पालिकामा पनि प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउने क्रम जारी रहेको छ । चार वटा पालिकामध्ये एमालेले एउटा पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको पार्टीका जिल्ला उपाध्यक्ष दवीलाल लामिछानेले बताउनुभयो । एमालेले जिल्लाभर नै सहमतिको आधारमा उम्मेदवार टङ्गो लगाउने जनाएको छ । जिल्लाको निस्दी, रम्भा, पूर्वखोला, रिब्दीकोट गाउँपालिका र तानसेन र रामपुर नगरपालिकामा भने प्रमुख पदमा दुईभन्दा बढी नेताहरू उम्मेदवार बन्न आकाङ्क्षी देखिनुभएको छ । वि.सं २०७४ सालको निर्वाचनमा एमालेले तिनाउ, तानसेन, रम्भा, पूर्वखोला, निस्दी र रिब्दीकोट गाउँपालिका जितेको थियो ।
प्रेस काउन्सिलद्वारा आचारसंहिता उल्लङ्घन गर्ने मिडियाको निगरानी
लक्की चौधरीकाठमाडौं, वैशाख ५ गते । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई स्पष्टीकरण सोध्दै पुनः त्यस्तो गल्ती नगर्न सचेत गराएको छ । देशभरका मिडियाले आचारसंहिता उल्लङ्घन नगरून् भनेर काउन्सिलले निरन्तर निगरानी गरिरहेको जनाएको छ । गत शनिबार जनकपुरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राख्नुभएको धारणालाई तोडमोड गरी समाचार सम्प्रेषण गरेकोभन्दै काउन्सिल नेपालले स्थानीय इ–जनकपुर टुडे डट कमलाई आइतबार स्पष्टीकरण सोधेको छ । काउन्सिल नेपालका उपप्रशाकीय अधिकृत रामशरण बोहराकाअनुसार सो मिडियाले ‘प्रमुख निर्वाचन आयुक्त नै चुनाव विरोधी अभियानमा’ शीर्षक राखी समाचार सम्प्रेषण गरेको थियो । प्रमुख आयुक्तले राख्नुभएको धारणालाई गलत अर्थ लाग्नेगरी समाचार बनाएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको बोहराले बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्धारित मितिमै निर्वाचन हुन्छ, निर्वाचन धकेलियो भने मुलुक दुर्घटनामा फस्न सक्छ’ धारणा राख्नुभएको थियो । सो मिडियाले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा कानुनअनुसार कारवाही गरिने काउन्सिल नेपालले जनाएको छ । त्यस्तै, काउन्सिल नेपालले दैनिकी डट कमलाई शुक्रबार एक पत्र लेखी आचारसंहिता उल्लङ्घन नगर्न निर्देश गरेको छ । काउन्सिलको अनुगमन अधिकृत सुरेन्द्र मल्लले सो मिडियालाई पत्र लेखी आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको हो । ‘लाज पचेकाहरुले गठबन्धन गर्ने भन्दै जनतालाई भेँडा नबन्न पशुपति शर्माको आग्रह’ शीर्षकको समाचार सो मिडियाले सम्प्रेषण गरेको थियो । सोहीअनुसार प्रेस काउन्सिल नेपालले गत शुक्रबार हिमालय टेलिभिजनलाई पनि आचारसंहिता उल्लङ्घन नगर्न भन्दै सजग गराएको छ । अनुगमन अधिकृत मल्लले सो मिडियालाई पत्र पठाउनुहुँदै आचारसंहिता कार्यान्वयनमा सजग गराएको हो । सो टेलिभिजनले ‘प्रधानमन्त्री देउवाका ज्योतिषीको भविष्यबाणी ः स्थानीय तह निर्वाचन सर्छ, देउवा झन शक्तिशाली’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । पुनः त्यस्तो त्रुटी नगर्न नगराउन काउन्सिलले सचेत गराएको अधिकृत मल्लले बताउनुभयो ।त्यस्तै, सोही दिन शुक्रबार काउन्सिलले प्राइम टाइम्स टेलिभिजनलाई पनि आचारसंहिता उल्लङ्घन भएकोप्रति सचेत गराएको छ । सो टेलिभिजनले ‘स्थानीय तहको चुनाव नहुने, देउवाले लोकतन्त्र समाप्त पार्ने, ओली संकटमा पर्ने’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । काउन्सिलका अनुगमन अधिकृत मल्लले सो टेलिभिजनलाई पत्र लेख्नुहुँदै आगामी दिनमा आचारसंहिता कार्यान्वयनमा सजग रहन निर्देश गर्नुभएको छ । सोहीअनुसार शुक्रबार नै काउन्सिल नेपालले सूत्र न्यूज डट कमलाई एक पत्र लेख्दै आचारसंहिता उल्लङ्घन नगर्न सचेत गराएको छ । सो मिडियाले ‘वैशाख ३० मा स्थानीय चुनाव हुँदैन, समय लाग्छः माधव नेपाल’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले काउन्सिलको ध्यानाकर्षण भएको र पुनः त्यस्तो त्रुटी नगर्न नगराउन सो मिडियालाई निर्देश गरिएको अनुगमन अधिकृत मल्ले जानकारी दिनुभयो । काउन्सिलले निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडिया सचेत हुनुपर्ने र निर्वाचनलाई सफल पार्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरु निरन्तर अनगुमन गरिरहेको उपप्रशासकीय अधिकृत बोहराले बताउनुभयो । उहाँकाअनुसार प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन गरे नगरेकोबारे नियमित मिडियाको अनुगमन गरिरहेको छ ।
आफ्नै स्रोत साधनले स्थानीय तह निर्वाचनः प्रवक्ता पौडेल
निर्वाचन आयोगले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सकेको छ । सोमबार नियमित पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सकिएको जानकारी दिनुभयो ।
उम्मेदवार छनौट कार्य कठिन बन्दै, सत्तारुढ दल तालमेलको जोड घटाउमा
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति आउन अब २५ दिन छ । राजनीतिक दलहरू आ–आफ्नो हिसाबले निर्वाचनमा होमिएका छन् । चुनावी तापक्रम विस्तारै बढ्न थालेको छ । महानगरपालिका, नगरपालिका र गाउँपालिकाको नेतृत्व चयन गर्न नेताहरूलाई हम्मे हम्मे परेको छ ।
उम्मेदवार बन्न धमाधम बेरुजु फर्छ्याेट
व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फछ्र्याेट गर्न थालेका छन् । संस्थागत बेरुजु फस्र्याेट गर्नेतर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले जारी गरेको आ
मुलुक निर्वाचनमय : निर्वाचन आयोग
निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
काँग्रेस घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित
काठमाडौं, वैशाख ४ गते । नेपाली काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित भएका छन् । महामन्त्री गगन थापा संयोजकत्वको समिति सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार थप १९ सदस्य मनोनित गर्नुभएको हो । फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको थियो । मनोनयन हुनु भएका थप सदस्य१. सदस्य - किरण यादव२. सदस्य - फखरुदीन खान३. सदस्य - प्रकाश पन्थ४. सदस्य - उमा वादी५. सदस्य - सन्तोषमणि नेपाल६. सदस्य - डा. लोचन कार्की७. सदस्य - श्याम पटेल८. सदस्य - कृष्णप्रसाद तिमिल्सीना९. सदस्य - निलकण्ठ शर्मा१०. सदस्य - विभुषण विष्ट११. सदस्य - शिशिर खनाल१२. सदस्य - सरोज पाठक१३. सदस्य - कञ्चन झा१४. सदस्य - प्रेम विश्वकर्मा१५. सदस्य - सुवास अधिकारी१६. सदस्य - डा. ई. सुमन कर्ण१७. सदस्य - गोकर्ण बन्जाडे१८. सदस्य - कृष्णकुमार सिंह१९. सदस्य - रमेश पुरी
विप्लवसँग प्रचण्ड र नेपालको भेट
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसँग भेटवार्ता गर्नुभएको छ । आइतबार महासचिव चन्दसँग अध्यक्षद्वय प्रचण्ड र नेपालले भेटवार्ता गर्नुभएको हो । स्थानीय चुनावअघि नै चन्द महासचिव रहनुभएको नेपाल कम्युनिस्ट पार्टीका बन्दी रिहाइ गर्दै मुद्दा फिर्ता दिलाउने आश्वासन दुवै नेताले दिनुभएको जानकारी बैठकमा सहभागी नेता हेमन्तप्रकाश ओलीले बताउनुभयो । बैठकमा महासचिव चन्दले अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको विषयमा अध्यक्षद्वय प्रचण्ड र नेपालको ध्यानाकर्षण गराउनुभएको थियोे । पछिल्लो समय चन्द नेतृत्वको पार्टीले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका विषयमा समेत छलफल अघि बढाएको छ ।