• १३ साउन २०८१, आइतबार

पूर्व र पश्चिमका नौ जिल्लामा मतपत्र ढुवानी

blog

काठमाडौं, वैशाख १४ गते । निर्वाचन आयोगले पूर्व र पश्चिमका नौ जिल्लामा बुधबार मतपत्र पठाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मङ्गलबारदेखि जिल्लाहरुमा पठाउन थालिएको हो ।

आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट बुधबार लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी नौ जिल्लामा मतपत्र पठाइएको हो ।

वैशाख १२ गतेसम्म एक करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।

मङ्गलबार कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका तीन गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । साथै मङ्गलबार नै निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको आयोगले जनाएको छ ।