• १३ साउन २०८१, आइतबार

उम्मेदवार बन्न पत्रकार शैलेश डंगोलकाे राजीनामा

blog

काठमाडौं, वैशाख १४ गते । स्थानीय निर्वाचनमा उम्मेदवारी दिनको लागि नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला शाखा सदस्य शैलेश डंगोलले राजीनामा दिनुभएको छ ।

उहाँले वैशाख ११ गते राजीनामा दिनुभएर सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) काठमाडौं महानगरपालिकाको वडा नम्बर २२को वडा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

पत्रकार महासंघको निर्वाचित सदस्य भएर स्थानीय निर्वाचनमा भाग लिन मनासिब नहुने भएकाले वैशाख ११ गतेदेखि नै लागू हुने गरी राजीनामा दिनुभएको थियो ।