शालिग्राम नेपाल 
चितवन, वैशाख १३ गते। चितवन जिल्लामा दुई जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ। इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की  र कालिका नगरपालिका वडा नम्बर ११ मा चमेली सुनुवार निर्विरोध हुनुभएको हो। निर्वाचन आयोगले भने औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छैन।
निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार दुई वडामा उहाँहरुबाहेक कसैले उम्मेदवारी दर्ता गर्नुभएको छैन। इच्छाकामना गाउँपालिकाबाट दलित महिला सदस्य र कालिका नगरपालिकाबाट गठबन्धनकी उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो। सुनुवारले नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो।
इच्छाकामना गाउँपालिकामा  गठबन्धनको तर्फबाट काँग्रेसकी गीताकुमारी गुरूङ अध्यक्ष र माओवादी केन्द्रका प्रताप गुरूङ उपाध्यक्ष पदमा उम्मेदवार हुनुहुन्छ। एमालेले अध्यक्षमा दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवार बनाएको छ। 
त्यस्तैगरी कालिका नगरपालिकामा नेकपा (एमाले)बाट मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा, गठबन्धनबाट मेयरमा शिवराम केसी र उपमेयरमा माओवादी केन्द्रबाट कविता लामा उम्मेदवार बन्नुभएको हो।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                