• २४ वैशाख २०८१, सोमबार

शान्तिपूर्ण निर्वाचन गतिविधि गर्ने राजनीतिक दलबीच सहमति

blog

बेलिना थापा

लमजुङ, बैशाख १६ गते । जिल्लाका राजनीतिकदलबीच स्वच्छ प्रतिष्पर्धा गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्बन्धि गतिविधि सञ्चालन गर्ने सहमति भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दलहरुबस्च आपसी सौदार्यपूर्ण सम्बन्ध कायम गरी शान्तिपूर्ण रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो । 

बिहीबार साँझ जिल्ला प्रशासन कार्यालय लमजुङमा बसेको सर्वदलीय बैठकबाट उक्त निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवप्रसाद खनालका अनुसार सर्वदलीय बैठकबाट निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता २०७८ को पूर्ण पालना गर्ने निर्णय भएको छ । 

स्वच्छ, निष्पक्ष पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्णय भएको छ । उहाँले सबै राजनीतिक दललाई आचारसंहितामा रहेर निर्वाचन जान अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले निर्वाचन कार्यक्रम सञ्चालन गर्ने क्रममा केही ठाउँमा राजनीतिक दलहरुका युवाबीच सामान्य झडप भएपछि सर्वदलीय बैठक बसेको हो । आचारसंहिता पूर्ण रुपमा पालना गर्नका लागि र शान्तीपूर्ण कार्यक्रमका लागि छलफल भएको हो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भुमीश्वर पोख्रेल, प्रहरी नायव उपरीक्षक कृष्णबहादर कार्की, शसस्त्र प्रहरी नायव उपरीक्षक नवराज थापा, प्रमुख अनुसन्धान अधिकृत कुमार बुढाथोकी, नेकपा एमाले लमजुङका सचिव सुभाष पौडेल, नेपाली कांग्रेस लमजुङका सचिव विमल श्रेष्ठ, नेकपा माओबादी केन्द्रका सुनिल सुनार अटल, जनता समाजवादी पार्टीका बालकृष्ण श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारीलगायतको उपस्थिति थियो ।