नारद कोहार
तौलिहवा, वैशाख १२ गते। नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले कपिलवस्तुको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्।
जिल्लाको शिवराज नगरपालिकामा पार्टीका केन्दीय सदस्य भेषराज भुसाल नगर प्रमुखमा र पार्टीका कार्यकर्ता मालबहादुर घर्तीले शिवराज नगरपालिका–९ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विप्लवका एक नेताले जानकारी दिए। निर्वाचन आयोगमा पार्टी दर्ता नभएकोले उहाँहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको हो।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को गृह जिल्ला पनि कपिलवस्तु नै हो। एमसीसी विरोध तथा राष्ट्रघाती एजेन्डासहित निर्वाचनमा उम्मेदवारी दिएको केन्द्रीय सदस्य भुसालले जानकारी दिए। 
शिवराज नगरपालिका खरेन्द्रपुर घर भएका भुसाल माओवादीको पुरानो नेता हुनुहुन्छ। शिवराज नगरपालिकाको निर्वाचन अधिकृत कृष्णचन्द्र पाण्डेयका अनुसार भुसालले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउनुभयो।
 
                                        Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                