• १८ असार २०८१, मङ्गलबार

बिराटनगर महानगरमा एमालेबाट प्रमुखमा थापा र उपप्रमुखमा कार्कीको मनोनयन दर्ता

blog

बिराटनगर महानगरपालिकाको प्रमुखमा एमालेको तर्फबाट सागर थापा र उपप्रमुखमा शिल्पा निरौला कार्की मनोनयन दर्ता गरेपछि । तस्बिर : धीरज दाहाल

धीरज दाहाल

बिराटनगर, चैत १२ गते । स्थानीय तहको निर्वाचनकालागी बिराटनगर महानगरपालिकामा बिभिन्न दलहरुका तर्फबाट मनोनयन दर्ताको क्रम जारी रहेको छ । यसै क्रममा महानगरको प्रमुख पदका लागि नेकपा एमालेको तर्फबाट सागर थापा र उपप्रमुखमा शिल्पा निरौला कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । 

मुख्य निर्बाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका कार्यकर्ताको साथमा पुगेर थापाले प्रमुख पदका लागी उमेदवारी दर्ता गराउनुभएको हो । विद्यार्थी राजनितिबाट एमालेको राजनितिमा उदाउनुभएको थापा नेकपा एमाले महानगरको अध्यक्ष समेत हुनुहुन्छ । 

स्थानीय तह निर्वाचनका लागि सोमबार दोस्रो दिन उम्मेदवारी दर्ता जारी छ । बिराटनगर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठूला दलहरुलाई भन्न भिन्न समयमा उम्मेदवारी मनोनयन दर्ताको समय तोकेपछि प्रमुख दलहरुले फरक फरक समयमा उम्मेदवारी दर्ता गराएका हुन् ।