रुपन्देहीमा दश कांग्रेस, तीन एमाले र एक–एक जसपा, लोसपा विजयी
रुपन्दहीमा १६ पालिका रहेकोमा दश वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । त्यस्तै, एमालेले तीन वटा तथा जसपा, लोसपा र जनता प्रगतिशिल पार्टीले एक–एक पालिका जितेका छन् ।
बाजुराको बूढीगङ्गा र उदयपुरको त्रियुगाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक
देशभरका ७५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाबाहेक अरु सबै पलिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने भएको छ भने त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।
तिलोत्तमाको प्रमुखमा कांग्रेसका विजयी
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण बिजयी हुनुभएको छ । उहाँले ७६५ मतान्तरले नेकपा (एमाले)का उम्मेदवार मोहन चापागाईलाई पराजित गर्नुभयो ।
आठ वटा वडामा दलित महिला सदस्य खाली
जिल्लाका दुुई वटा गाउँपालिकाका आठ वटा वडामा दलित महिला सदस्य खाली रहेको छ । उक्त वडाहरुमा दलित घरधुरीको वसोवास नरहेको कारण दलित महिला सदस्यमा मनोनयन दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दाबी महानगर प्रमुखको, मत चाहिँ शून्य
वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
काठमाडौं प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी
काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साह ६१ हजार ७६७ मत र उपप्रमुखमा सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको छ।
काठमाडौं महानगर- १४ मा कांग्रेस विजयी
काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिका ( १४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँले तीन हजार ४४२ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रश्मि खड्काले तीन हजार ३४६ मत प्राप्त गर्नुभयो ।सो वडाको महिला सदस्यमा एमालेकी शोभा कार्की तीन हजार १९७ र दलित महिलामा अनिता नेपाली तीन हजार १६२ मतसहित विजयी हुनुभएको छ ।सदस्यद्वयमा कांग्रेसका अच्यूत सापकोटा र एमालेका नवीन नकर्मी निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको नतिजा भने शुक्रबार मात्र सार्वजनिक हुने भएको छ । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा एमालेका सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ । महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ ।
बाजुराको बुढीगंगा नगरपालिकाको मतदान रद्द, पुनः मतदान हुने
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १२ गते । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको आजको निर्णयअनुसार सो नगरपालिकाको निर्वाचन केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार सो नगरपालिकामा यसअघि वैशाख ३० गते भएको निर्वाचन निष्पक्ष हुन नसकेकाले मतदान रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको छ । सो नगरपालिकाभित्र यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन गरेको छ । यसैगरी बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, त्यहाँका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिन भित्र हटाई सो ठाउँमा जिम्मेवार कर्मचारीलाई खटाउन आयोगले सरकारलाई भनेको छ । उहाँहरुले निर्वाचनमा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको आयोगको ठहर छ । ती पदाधिकारीहरुलाई तीन महिनाभित्र विभागीय कारवाही गरी आयोगलाई जानकारी गराउन पनि आयोगले सरकारलाई भनेको छ ।
‘विकास निमार्णको सवालमा राजनीति भन्दामाथि उठेर काम गर्नुहोस्’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले जनप्रतिनिधिलाई विकास निमार्णको सवालमा राजनीति भन्दामाथि उठेर कामकाज गर्न आग्रह गर्नु भएको छ।
मधेशमा दल परिवर्तनको उपहार पराजय
मधेश प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनको लागि दल परिवर्तन गरेर उम्मेदवार बनेकामध्ये अधिकाँश पराजित भएका छन् ।
देशभर १४ हजार ४०२ महिला जनप्रतिनिधि निर्वाचित
काठमाडौं, जेठ १२ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा ५५ हजार ६९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४०२ महिला निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार सो संख्यामा महिला निर्वाचित भएको देखिएको हो । प्रमुख र उपप्रमुख महिलातीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवैजना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवति राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली काँग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो ।सोहीअनुसार दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवैजना काँग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।त्यस्तै, कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख काँग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो ।कुन प्रदेशमा कति महिलाप्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकोमा २ हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । त्यस्तै, मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकोमा २ हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमति प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकोमा २ हजार ३४७ जना निर्वाचित हुनुभयो । यसैबीच गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकोमा १ हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकोमा २ हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो । आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकोमा १ हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकोमा १ हजार ५६० जना निर्वाचित हुनुभयो । प्रमुख पदमा महिलादेशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ । त्यस्तै, झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवति राजवंशी निर्वाचित हुनुभयो ।त्यस्तै, मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मिनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो । सोहीअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै, रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो । त्यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाई, मकवानपुरको हेटौडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल, सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ ।यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै, पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ । त्यस्तै, पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको बीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो । त्यस्तै, दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ ।सोहीअनुसार आयोगको हालसम्मको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै १ जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । त्यस्तै, ४ वटा पालिकाको परिणाम आउन बाँकी छ ।
काठमाडौं महानगर–१५ मा एकीकृत समाजवादीका डङ्गोल विजयी
काठमाडौं महानगरपालिका–१५ को वडाअध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का ईश्वरमान डङ्गोल विजयी हुनुभएको छ । उहाँले तीन हजार ४७४ मत ल्याउनुभयो ।
काठमाडौं महानगर–१६ मा कांग्रेसका रिजाल विजयी
काठमाडौं महानगरपालिकाको मतगणनाको क्रम अन्तिम चरणमा छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार अब तीन मतपेटिका गणना हुन मात्रै बाँकी रहेको छ ।
त्रियुगामा मतगणनामा कलम र रुखको आलोपालो अग्रता
भोटराज राईउदयपुर, जेठ १२ गते । उदयपुरको जेठो र ठूलो नगरपालिका त्रियुगाको मतपरिणाम रोचक बन्दै गएको छ । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ । प्रमुख र उपप्रमुख पदमा यी तीनै पक्षमा मत आइरहेको छ । यसबीचमा पनि कांग्रेस र गठबन्धनको निकटतम टक्कर देखिएको छ ।१० हजार ५१४ मतगणनामा गठबन्धनबाट नेकपा एसका बलदेव चौधरी तीनहजार ४७२ मतका साथ अग्रतामा हुनुहुन्छ । कांग्रेसको प्रमुख पदका उम्मेद्वार वसन्त बस्नेत तीनहजार ३२४ मतका साथ दोस्रो स्थान र एमालेका भागवत राउत दुई ३६१ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । सयदेखि तीनसयसम्मको मतान्तरमा कांग्रेस र गठबन्धनको अग्रता आलोपालो भइरहेको छ । हालसम्मको मत परिणामले उपप्रमुखमा पहिलो रुख, दोस्रो गोलाकारभित्रको हँसिया हथौडा र तेस्रोमा सूर्यले मत पाएको छ । उपप्रमुखमा कांग्रेसका सरिता राईको तीनहजार ४२, गठबन्धनबाट माओवादी केन्द्रका गीता खड्का कार्कीको दुई हजार ८५७ र एमालेका महेश्वरी राईको दुईहजार ६१३ मत छ ।हालसम्म पाँचवटा वडाहरु १, २, १४, १५ र १६ को मतगणना सकिएको छ । पाँचमध्ये १४, १५ र १६ गरी तीनवटा वडामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले वडामा प्यानलै विजय हासिल गरेको छ । वडा नं. १ मा नेपाली कांग्रेस र २ मा नेकपा एमालेले विजय गरेको छ । वडा नं. १६, १५ र १४ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. १ मा कांग्रेस र वडा नं. २ मा एमालेले वडाध्यक्ष जितेको हो । गठबन्धनका १६ नं वडाध्यक्षमा मानबहादुर राई, १५ मा गणेशप्रसाद तिम्सिना र १४ मा हिमराज मगरले प्यानलै जितेका हुन् । वडा नं. १ मा कांग्रेसका मनोजकुमार चौधरीसहित प्यानलै जित्नुभयो भने वडा नं. २ मा घमानसिंह खत्रीले वडाध्यक्षमा जित हात पार्नुभयो । सो वडाको अन्य सदस्य भने सबै कांग्रेसका विजयी भएका छन् । अब त्रियुगाको २९ हजार ६६५ मत गन्न बाँकी छ । त्रियुगामा ६० हजार ४६ मतदातामध्ये ४० हजार १७९ मत खसेको छ ।
अब चार पालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी
७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब चार वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२७ पालिका जितेको छ । नेकपा एमालेले २०५ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।
काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र र उपप्रमुखमा सुनीताकाे विजय सुनिश्चित
काठमाडौं महानगरपालिकाकाे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार एक लाख ९१ हजार १८६ कुल मतमध्ये अहिलेसम्म एक लाख ८३ हजार ६७९ भन्दा बढी मतगणना भइसकेकाे छ । अब करिब सात हजार ५०७ मतगणना हुन मात्रै बाँकी छ ।
हुम्लाको ४४ वटा वडामा एक जना महिला अध्यक्ष
जिल्लाका सात वटा गाउँपालिकाका ४४ वटा वडा मध्ये एक जनाले मात्र वडा अध्यक्षमा मात्र महिला निर्वाचित भएका छन् । दुई वटा वडामा उम्मेदवार दर्ता भएपनि एक जनामात्र निर्वाचित हुनुभएको हो ।
काठमाडौं महानगरपालिका १३ मा एमालेका मानन्धर विजयी
काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले तीन हजार १२४ मत ल्याउनुभयो ।
काठमाडौं १७ मा कांग्रेसका मानन्धर विजयी
काठमाडौं महानगरपालिका वार्ड नम्बर १७ को वडाअध्यक्षमा नेपाली कांग्रेसका नवीन मानन्धर विजयी हुनुभएको छ । उहाँले दुई हजार ७०८ मत ल्याउनुभयो ।
काठमाडौं प्रमुखमा वालेन्द्रको मत ५९ र उपप्रमुख सुनिताको ६६ हजारभन्दा बढी
काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार बिहान ७ः४५ बजेसम्म एक लाख ८३ हजार ६७९ मतगणना हुँदा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याउनुभएको छ ।
‘कीर्तिपुरको कला–संस्कृति संरक्षणमा जोड दिनेछु’
कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित राजकुमार नकर्मीले पदवहाली गरेसँगै कीर्तिपुर नगरवासीको स्वास्थ्योपचारमा ५० प्रतिशत सहुलियत दिने घोषणा गर्नुभएको छ । उहाँले आधारभूत आवश्यकताअन्तर्गत पर्ने स्वास्थ्योपचारलाई प्राथमिकतामा राखेर छुट गर्नेगरी कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमार्फत नगरवासीको उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
६ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी
७५३ स्थानीय तहमध्ये ६ पालिका बाहेक सबै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२६ पालिका जितेको छ । नेकपा एमालेले २०४ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।
‘वालेन जितेर एक पटक गाउँ आऊ’
‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आउ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’
तुलसीपुुरमा एमालेका उम्मेदवार विजयी
गोकर्ण पौडेलतुलसीपुर, जेठ ११ गते । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । एमालेबाट प्रमुख पदका उम्मेदवार टीकाराम खडकाले ३१ हजार चार सय आठ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिरीले २७ हजार सात सय १६ मत प्राप्त गर्नुभयो । मतान्तर तीन हजार छ सय ३७ रहेको छ ।त्यस्तै, उपप्रमुखमा एमालेकै स्यानी चौधरीले ३० हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर राणाले २१ हजार एक सय ६५ मत प्राप्त गर्नुभएको छ । मतान्तर नौ हजार ५३२ मत रहेको छ । तुलसीपुरका १९ वटामध्ये एमालेले १० वटामा जित हासिल गरेको छ । २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडाको नेतृत्वमा जीत हासिल गरेको छ ।सोहीअनुसार, काँग्रेसले चारवटा वडामा जित हासिल गरेको छ । काँग्रेसले ५, ७, ९ र १४ मा वडा नेतृत्वमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले तीन वटा वडा १, ४ र १२ मा जितेको छ । वडा नम्बर १६ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्षमा जितेका छन् । तुलसीपुरमा काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र एकीकृत समाजवादी गठबन्धनमा छन् । एमालेले एक्लै चुनावी मैदानमा थियो । तुलसीपुर एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलको गृह नगर हो ।दाङमा एमालेले दुईवटै उपमहानगरमा जित हात पार्न सफल भएको छ । तुलसीपुरमा २०५४, २०७४ मा पनि एमालेले नेतृत्वमा विजयी हासिल गरेको थियो ।