• १९ असार २०८१, बुधबार

काठमाडौं प्रमुखमा वालेन्द्रको मत ५९ र उपप्रमुख सुनिताको ६६ हजारभन्दा बढी

blog

काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत  राजुकुमार खतिवडाका अनुसार बिहीबार बिहान ७ः४५ बजेसम्म एक लाख ८३ हजार ६७९ मतगणना हुँदा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याउनुभएको छ ।

प्रमुखमा नेपाली कांग्रेसका सिर्जना सिंहले ३७ हजार ५४२ र नेकपा ९एमाले०  का केशव स्थापितले ३७ हजार २१८ मत ल्याउनुभएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले पाँच हजार ५६५  र स्वतन्त्र (आँखीझ्याल) निर्वाचन चिह्न भएको स्वतन्त्र  उम्मेद्वार सुमन सायमीले १३ हजार ३५४ मत ल्याउनुभयो ।

महानगर उपपमुखमा एमालेकी सुनिता डंगोलले ६६ हजार ८७८ मत प्राप्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत ल्याउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार बिनिता मगैयाले ११ हजार  ६४७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचन चिह्न लौरोले छ हजार ३३६ र आँखिझ्यालको मत १३ हजार १७६ रहेको छ ।

काठमाडौं महानगरको अब वडा नं. १४, १५ र १६ गरि तीन वडाको मतगणना भइरहेको छ  ।