• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र र उपप्रमुखमा सुनीताकाे विजय सुनिश्चित

blog

काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिकाकाे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । 

मुख्य निर्वाचन अधिकृत  राजुकुमार खतिवडाकाअनुसार एक लाख ९१ हजार १८६ कुल मतमध्ये अहिलेसम्म एक लाख ८३ हजार ६७९ भन्दा बढी मतगणना भइसकेकाे छ । अब करिब सात हजार ५०७ मतगणना हुन मात्रै बाँकी छ ।

हालसम्म  महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याउनुभएकाे छ । नेपाली कांग्रेसका सिर्जना सिंहले ३७ हजार ५४२ र नेकपा (एमाले)का केशव स्थापितले ३७ हजार २१८ मत ल्याउनुभएकाे छ । 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले पाँच हजार ५६५  र स्वतन्त्र "अाँखीझ्याल" निर्वाचन चिह्न भएको स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १३ हजार ३५४ मत ल्याउनुभयाे ।

महानगर उपपमुखमा एमालेका सुनीता डङ्गाेलले ६६ हजार ८७८ मत प्राप्त गर्नुभयाे । नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत ल्याउनुभयाे । 

राप्रपाका विनीता मगैयाले ११ हजार  ६४७ मत प्राप्त गर्नुभयाे ।

उपप्रमुखमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचन चिह्न लाैराेले छ हजार ३३६ र आँखीझ्यालकाे मत १३ हजार १७६ छ ।

काठमाडौं महानगरकाे ३२ वडामध्ये २९ वटा वडाकाे नतिजा सार्वजनिक भइसकेकाे छ ।  वडा नं. १३, १४ र १५ गरी तीन वटा वडाकाे मतगणना भइरहेको छ । 

निर्वाचन अधिकृतका कार्यालय अनुसार बाँकी रहेका वडाकाे नाै ठाउँमा मतगणना  गर्ने तयारी भए पनि वश्यक प्रतिनिधिकाे अभावका कारण साे हुन नसकेकाे हाे  ।

ज दिउँसोसम्म महानगरकाे अन्तिम मतपरिणाम सार्वजनिक हुने जनाइएको छ ।