• ४ जेठ २०८१, शुक्रबार

काठमाडौं महानगर- १४ मा कांग्रेस विजयी

blog

काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिका ( १४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँले तीन हजार ४४२ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रश्मि खड्काले तीन हजार ३४६ मत प्राप्त गर्नुभयो ।

सो वडाको महिला सदस्यमा एमालेकी शोभा कार्की तीन हजार १९७ र दलित महिलामा अनिता नेपाली तीन हजार १६२ मतसहित विजयी हुनुभएको छ ।

सदस्यद्वयमा कांग्रेसका अच्यूत सापकोटा  र एमालेका नवीन नकर्मी निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको नतिजा भने शुक्रबार मात्र सार्वजनिक हुने भएको छ । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा एमालेका सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ । 


महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।