धनुषाको अधिकांश पालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
मधेस प्रदेशस्थित धनुषा जिल्लाको अधिकांश पालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत भएको निर्वाचनमा जिल्लाको १८ वटा पालिकामध्ये १० वटा पालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
महोत्तरीका पालिका प्रमुखहरूद्वारा शपथग्रहण
महोत्तरी जिल्लामा निर्वाचित भएका पालिका प्रमुखहरुले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृत न्यायाधीश दिपक खरेलले पालिका प्रमुखहरुलाई शपथग्रहण गराउनुभएको हो ।
कालीगण्डकी गाउँपालिकाले १५ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने
जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका १५ हजार नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण
बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।
मतपत्र च्यात्ने कांग्रेस सचिवमाथि अनुसन्धान जारी
मतपत्र च्यातेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव राजकुमार ढुङ्गानामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरानवासीलाई खानेपानीको व्यवस्था गरेपछि मात्रै मेरो जीत हुन्छ : प्रमुख साम्पाङ
साम्पाङको उपमहानगर प्रमुखमा विजयपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाउनुभएको छ ।
पुनर्वासको प्रमुख र उप्रमुखमा काँग्रेस विजयी
पुर्नवास नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले जित हात पारेको छ । गत ०७४ को निर्वाचनमा दुई वडामा सिमित रहेको काँग्रेस अहिले प्रमुख र उपप्रमुखसहित चार वडामा विजयी भएको हो । ११ वडा रहेको पुनर्वासमा ०७४ मा प्रमुख र उपप्रमुखसहित पाँच वडा एमाले, चारमा मादोवादी र दुई वडामा मात्र काँग्रेस विजयी भएको थियो ।
भरतपुरमा दाहालको दश हजार बढीको अग्रता
भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिनुभएको छ ।
भीमदत्त नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । १९ वडा रहेको पालिकामा १३ वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।
पाल्पाका १० स्थानीय तहमा एमाले , कांग्रेस ३ र माओवादी १ स्थानमा विजयी
पाल्पाको १० वटा पालिकामध्ये ६ वटा पालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले) पहिलो दल बनेको छ ।
रङ्गेलीमा दलहरुले गरे मतगणना बहिष्कार
मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिकामा स्थानीय तहे निर्वाचनमा प्रतिस्पर्धा गरेका नेकपा (एमाले) बाहेकका अन्य दलले मतगणना बहिष्कार गरेका छन् । मतगणनाका लागि तय गरिएको न्युनतम मापदण्ड समेत पालना नगरिएको र गणनामा धाँधली गरेको आरोप लगाउँदै गठबन्धन समेतका सात दल र तीन जना स्वतन्त्र उम्मेदवारले मतगणना बहिष्कार गरेका हुन् ।
७२७ पालिकामा कांग्रेस ३२०, एमाले १९८ र माओवादी केन्द्र १२० मा विजयी
स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२७ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली काँग्रेसले ३२० पालिका जितेको छ भने नेकपा एमालेले १९८ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ५९ पालिका जितेका छन् ।
उपत्यकामा माओवादी केन्द्रको उपस्थिति शून्य
सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका २१ वटा स्थानीय तहमध्ये एउटामा पनि माओवादी केन्द्रको नेतृत्व आउन सकेन । काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै पनि स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुन सकेन ।
विराटनगरमा ३८ प्रतिशत मत बदर
शनिबार मतगणना सम्पन्न विराटनगर महानगरपालिकाको नतिजामा विजयी मतको तुलनामा बदर मतको सङ्ख्या धेरै पाइएको छ । मतदाता शिक्षा प्रभावकारी नबन्दा बदर मतको ग्राफ उकालो लागेको हो । घोषित परिणममा प्रमुख पदमा कुल
शर्मिला चमार वडाध्यक्षमा निर्वाचित
सर्लाहीको बरहथवा नगरपालिका–१०, मा दलित महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बाजुरा बूढीगङ्गाको मतगणना अझै अन्याेल
बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना अझै पनि अन्यौलनै भएको छ । निर्वाचन आयोगले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने निर्णय गर्न नसक्दा १० दिनपछि पनि मतगणना अझै अन्यौलमै रहेको हो ।
कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी
रामेछापका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । रामेछापमा कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । कांग्रेसले नगरप्रमुख र उपप्रमुख एक–एक, दुई गाउँपालिका अध्यक्ष र चार उपाध्यक्ष जित्दै पहिलो पार्टी बनेको हो ।
सर्लाहीमा पहिलो महिला नगरप्रमुख निर्वाचित
सर्लाही, जेठ ९ गते । सर्लाहीमा पहिलो महिला नगरप्रमुख निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका कल्पनाकुमारी कटुवाल बरहथवा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कटुवालले १२ हजार २७३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महतोले छ हजार ६६६ मत मात्रै पाउनुभएको छ । कांग्रेसका विगुप्रसाद चौधरीले छ हजार ५५ मत पाउनुभएको छ । नेतृ कटुवालको जितसँगै नेकपा एमालेले सर्लाहीमा खाता खोलेको छ । २०७४ सालमा लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर गरी चारवटा नगरपालिका जितेको एमालेले यो पटक बरहथवामा मात्रै जित निकालेको हो । यस्तै, बरहथवा नगरपालिकाको उपप्रमुखमा पनि एमाले नै विजयी भएको छ । एमालेका रामबाबुप्रसाद साह नौ हजार ९०१ मत ल्याएर नगरउपप्रमुखमा निर्वाचित हुनुभएको हो । साहका निकटतम प्रतिस्पर्धी कांग्रेसकी गङ्गा दाहालले सात हजार ११९ मत मात्रै ल्याउनुभएको छ । निवर्तमान नगरउपप्रमुख माओवादी केन्द्रकी सीतादेवी माझी तेस्रो हुनुभएको छ । माझीले छ हजार ३१४ मत पाउनुभयो । आइतबार राती बरहथवा नगरपालिकाको मतगणना सकिएसँगै सर्लाहीको २० वटै पालिकाको मतगणना सम्पन्न भएको छ । २० पालिकामध्ये नेपाली कांग्रेस सबैभन्दा धेरै १२ पालिका, माओवादी केन्द्र चार पालिका, जनता समाजवादी पार्टी (जसपा) दुई पालिका, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक÷एक पालिकामा विजयी भएका छन् ।
हुम्लामा २० प्रतिशत मत बदर
जिल्लामा खसेको मतमध्ये २० दशमलव ८९ प्रतिशत मत बदर भएको छ । सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको एक लाख ४९ हजार २८३ मतमा २६ हजार ९५२ मत बदर भएको मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जानकारी दिनुभयो ।
रम्भा गाउँपालिकामा एमाले विजयी
रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारी र उपाध्यक्षका उम्मेदवार राधाकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
स्वतन्त्रको बढ्दो लहर
सङ्घीय राजधानी काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारले दलीय प्रतिद्वन्दीसँग मतान्तर फराकिलो पार्दा अरू दस पालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका छन् ।धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकामा गोपाल हमाल स्वतन्त्र उम्मेदवारकै रूपमा निर्वाचित हुनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा मनोजकुमार साहले अग्रतालाई फराकिलो बनाउँदै जानुभएको छ ।
व्यास नगरमा काँग्रेस विजयी
व्यास नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवैमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका वैकुष्ठ न्यौपानोले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई २५२ मतान्तरणले पराजित गर्नुभयो । प्रमुख विजयी न्यौपाने नगरपालिकाको निवर्तमान प्रमुख हुनुहुन्छ ।
ओखलढुङ्गामा जिसस गठनका लागि काँग्रेसको एकल बहुमत
ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि काँग्रेसले एकल बहुमत बनाएको हो ।
सञ्चारमन्त्रीको क्षेत्रमा कांग्रेसको शानदार विजयी
स्थानीय तह निर्वाचनमा सुनसरीको संसदीय क्षेत्र नम्बर ४ अन्तर्गतका चारवटा पालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका बराहक्षेत्र नगरपालिकाका अतिरिक्त कोसी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा विजय हासिल गरेको हो ।