निर्वाचन आचारसंहिता आजदेखि लागू नरहने : आयोग
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ १० गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि २०७८ चैत २५ गतेदेखि लागू रहेको निर्वाचन आचारसंहिता आज मङ्गलबारदेखि फुकुवा भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।आयोगको परामर्शमा नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/१०/२४ गते स्थानीय तह सदस्य निर्वाचन संवत् २०७९ वैशाख ३० गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचन मिति तोकिएकोमा निर्वाचन सम्पन्न भई अन्तिम परिणाम आउने क्रममा रहेकाले आचारसंहिता लागू नरहने आयोगले निर्णय गरेको जनाएको छ ।“निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७८/१२/२५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता मिति २०७९/०२/१० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्थानीय तह निर्वाचन : मत बदर बढी हुने प्रक्षेपण
काठमाडौं महानगरपालिकामा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत मात्र बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौं महानगर-२२ को वडाध्यक्षमा एमालेका महर्जन विजयी
काठमाडौं महानगरपालिका-२२ को वडाध्यक्षमा नेकपा (एमाले)का चिनीकाजी महर्जन विजयी हुनुभएको छ। उहाँले दुई हजार ६० मत प्राप्त गर्नुभएको छ।
त्रियुगा नगरपालिकामा मतगणना सुरु
विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना मङ्गलबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा सुरु भएको छ ।
“नगरवासीलाई अनुभूति हुने गरी काम गर्छु ” : भीमेश्वर नगरपिता मानन्धर
बाबुराम शर्माचरीकोट, जेठ १० गते । दोलखाको सदरमुकामस्थितको भीमेश्वर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख ईश्वरनारायण मानन्धरले नगरवासीलाई अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । चुनावी घोषणपत्रमा गरिएका सङ्कल्पभन्दा अझ बढी नगर विकासका काम हुने बताउँदै उहाँले भन्नु भयो, ‘‘नेपाली काँग्रेसको प्रतिनिधित्व गरी निर्वाचनबाट जिते पनि अब आपूm नगरका सबै दल र नगरवासीको प्रमुख भएर काम गर्नेछु । नगरवासीबाट लिँदै आएको कर घटाउँदै करको दायरा बढाउने मेरो पहिलो एजेन्डा हुनेछ । भ्रष्टाचार शून्य बनाउँदै नगरवासीका हितका काम सञ्चालन गरिनेछ ।’’ कृषि तथा पशुपालन जीवनको प्रमुख आधार, निःशुल्क स्वास्थ्य उपचार–नगरवासीको नैसर्गिक अधिकामर, गुणस्तरीय शिक्षा–आजको आवश्यकता, संस्कृति र पर्यटन–जीवनस्तर उकास्ने प्रमुख धन, श्रम, रोजगार र सामाजिक सुरक्षा–नागरिकको आवश्यकता, युवा तथा खेलकुद–स्वास्थ्य समाजको प्रमुख आधार उहाँको सङकल्पपत्रमा उल्लेख छ । त्यसैगरी सङकल्पपत्रमा खानेपानी सरसफाइ र सिँचाइ–विकासका प्रमुख आधार, भौतिक पूर्वाधार, यातायात तथा सडक–विकासका प्रमुख आधार, उद्योग वाणिज्य–रोजगारीका अवसर, जलस्रोत–हाम्रो प्राकृतिक स्रोत र सूचना तथा सञ्चार प्रविधि–समाजको द्रुतगति उल्लेख छ । पूरा नहुने योजना र सपनाका चाङले नगरवासी वाक्कदिक्क भइसकेका छन् । उहाँले भन्नुभयो, म नगरवासीलाई ब्युँताउन पनि आएको हो । नगर निर्माणमा जनप्रतिनिधि र नगरवासी सँगसँगै रहने छौँ । नगरमा हामीले देखिराखेका छौँ । ठूला खाले पूर्वाधार बन्यो भनियो तर बजेट अभावले अपूरा र अलपत्र रहेका छन् । यस्ता खाले विकासले सुशासन, पारदर्शिता र जबाफदेहितामा गैरजिम्मेवारीको बढोत्तरी हुन पुगेको छ । पाँच वर्षमा भएका आर्थिक दुरुपयोग र भ्रष्टाचारको छानबिन गरी सत्य तथ्य नगरवासीसामु ल्याउनेमा प्रतिवद्ध छौँ । उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधिमा काम गर्दा नगरवासीलाई धोका दिने छैन । मेरो स्थानीय सरकार मेरै लागि काम लाग्छ, मेरो भलो, मेरै स्थानीय सरकारले गर्छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।’
लम्बिँदो मतगणना : विकल्प बन्न सक्छ, विद्युतीय मतदान
थानीय तह निर्वाचन सम्पन्न भएको १० दिनसम्म लगातार मतगणना गर्दा अझै काठमाडौं महानगरपालिकासहित १४ वटा पालिकाको अन्तिम परिणाम आउँन बाँकी रहेको छ । कठिन र झञ्झटिलो गणना कार्यमा संलग्न कर्मचारी र सुरक्षाकर्मी थकित हुन थालेका छन् भने राजनीतिक दल, उम्मेदवार र समर्थक पनि प्रतिक्षाको सुस्केरामा दिनहरु बिताइरहेका छन् ।
पोखरा महानगरको मतगणना रोकियो
पोखरा महानगरको मतगणना रोकिएको छ। एमालेतर्फका प्रतिनिधि मतगणना छोडेर हिँडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
रुपन्देहीमा जिसस गठनको तयारी सुरु, बहुमत नपुग्ने भएपछि गठबन्धन आवश्यक
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ १० गते । रुपन्देही जिल्लाको १६ पालिका मध्ये १५ पालिकाको नतिजा आइसकेको र एकको बाँकी रहँदा कुनै पनि पार्टीको जिसस गठनमा बहुमत देखिएपछि पार्टीहरुको आन्तरिक गृहकार्यमा जुटेका छन् । तिलोत्तमाको मतपरिणाम आउन बाँकी छ । यस नतिजाले पनि बहुमत पुग्ने देखिँदैन । पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ । सबै परिणामबाट पनि कसैको बहुमते नपुग्ने भएकाले गठबन्धन गर्नुपर्ने देखिन्छ । जिसस गठनजिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ ।जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ । पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्लासभा गठन हुन्छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बस्नुपर्छ । उक्त सभाले जिसस गठन गर्छ । जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनु पर्नेछ । रुपन्देहीमा यस्तो छ अवस्था कुल मतभार ३२ (१६ पालिका) रहेको यस जिल्लामा नेपाली काँग्रेस– ९ प्रमुख, ४ उपप्रमुख, नेकपा एमाले– ३ प्रमुख, ७ उपप्रमुख, लोसपा– १ प्रमुख, २ उपप्रमुख, जनता प्रगतिशील पार्टी– १ प्रमुख, १ उपप्रमुख, जसपा– १ प्रमुख र राप्रपा– १ उपप्रमुख रहेका छन् ।
स्थानीय निर्वाचन पूर्व पार्टी परित्याग गर्नुभएका नेताहरु पराजित
गोपी ज्ञवाली नवलपरासी, जेठ १० गते । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा आफनो पार्टीले टिकट नदिएका कारण अन्य पार्टीमा गएर वा स्वतन्त्र बनेर निर्वाचनमा भाग लिएका नवलपरासीका प्रायः सबै नेताहरु स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रतापपुर गाउँपालिकाका उपप्रमुख अञ्जुकुमारी चौधरी, पाल्हीनन्दन गाउँपालिकाका उपप्रमुख पार्वती कोहार, सरावल गाउँपालिका प्रमुख राधेश्याम चौधरीलगायत विभिन्न्न तहका एक दर्जन नेताहरुले नयाँ पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँहरु यसअघि नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो ।चौधरीले पार्टी परित्याग गरी हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीबाट प्रतापपुर गाउँपालिकाको अध्यक्षको पदमा उम्मेदवारी दिनुभए पनि पराजित हुनुभयो ।यस्तै, कोहारले परित्याग गरी माओवादीमा प्रवेश गरी पुनः उपाध्यक्षको पदमा उठे पनि यो पटक असफल हुनुभयो । यस्तै, सरावल गाउँपालिका अध्यक्षमा विजयी हुनुभएका राधेश्याम चौधरीले काँग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिए पनि विजयी हुन सक्नुभएन । उहाँ विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमबाट निर्वाचित भएपछि पार्टी एकताका क्रममा नेपाली काँग्रेस प्रवेश गर्नुभएको थियो । सुनवल नगरपालिकाको उपप्रमुखको टिकटको लागि नेकपा (एमाले) परित्याग गर्नुभएका लेखनाथ खरेलले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिन्हबाट चुनावमा उठे पनि पराजित हुनुभयो ।
कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी
कबिन्द्र नेपालमणिग्राम (रुपन्देही), जेठ १० गते । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । कोटहीमाई गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै पद लोकतान्त्रिक समाजवादी पार्टीले जितेको हो । पालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा पनि सोही पार्टीकी सुशिलाकुमारी यादव विजयी हुनुभएको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित त्रिपाठीले ४ हजार ६३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाल जनता पार्टीका अशोककुमार जयसवालले ४ हजार २३९ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपाध्यक्षमा निर्वाचित यादवले ४ हजार ७३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी उम्मेदवार गुजराती यादवले ३ हजार ४४२ मत प्राप्त गर्नुभएको छ । ७ वटा वडा रहेको कोटहीमाई गाउँपालिकामा वडा नं. १ को अध्यक्षमा लोसपाका राजेश तेली, वडा नं. २ मा जसपाका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णुप्रसाद पाण्डे, वडा नं. ४ मा लोसपाका वेचुराम गडेरिया, वडा नं. ५ मा लोसपाका सञ्जयकुमार सैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं. ७ को अध्यक्षमा नेपाली काँग्रेसका पवनकुमार यादव विजयी हुनुभएको छ ।
पोखरा महानगर प्रमुखमा आचार्यलाई पाँच हजार २८६ मतको अग्रता
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मतगणना सकिएको छ ।
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित
वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो ।
भरतपुरमा दाहाल भारी मतान्तरले विजयी
भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुख पद जित्नु भएको हो ।
पाल्पामा बदर मतपत्रको सङ्ख्या बढ्यो
पाल्पामा विगतको तुलनामा यस पटकको स्थानीय तहको निर्वाचनमा अत्याधिक मतपत्र बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा यस पटकको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा बदर मतपत्रको प्रतिशत बढेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
‘धुलिखेललाई गरिबविहीन नगरपालिका घोषणा गर्छौं’
नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका अशोककुमार ब्याञ्जू दोस्रो कार्यकालका लागि काभ्रेको धुलिखेल नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको छ । ब्याञ्जूले आफ्नो दोस्रो कार्यकालमा पहिलो कार्यकालमा सुरु गरेका अधूरा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ब्याञ्जूले दुई वर्षको अवधिमा धुलिखेल नगरपालिकालाई गरिब नभएको नगरपालिकाका रूपमा घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी २०७४ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि भएर आउँदा नगरपालिकाभित्र गरिबीको
मतगणना निर्देशिका संशोधनको आग्रह
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार हुनुभएका उहाँ स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ।
झापाको मेचीनगरमा एमाले विजयी
झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै एमालेका उम्मेद्वारहरु विजयी हुनु भएको छ ।
त्रियुगा नगरपालिकाको मत गणना सुरु हुँदै
वैशाख ३० गते सम्पन्न भएको उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट सुरु हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं १२ को जनप्रेमि आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षादका कारण कर्मचारीहरुबाट मतदान कार्य सम्पन्न गराउन ढिलाई हुँदा सामान्य विवाद भएपछि मतगणना कार्य रोकिदै आएको थियो ।
सुदूरपश्चिममा काँग्रेसले तीन र एमालेले एक जिल्लामा एक्लाएक्लै जिसस बनाउने
धनगढी, जेठ १० गते । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये नेपाली काँग्रेस तीन जिल्ला डडेल्धुरा, कञ्चनपुर र डोटीमा एक्लै जिल्ला समन्वय समिति (जिसस) गठन गर्ने अवस्थामा पुगेको छ । यस्तै नेकपा (एमाले)ले पनि एक जिल्ला बाजुरामा जिल्ला समन्वय समिति गठन गर्ने अवस्थामा पुगेको हो । यस्तै अन्य चार जिल्लामा सत्तारुढ गठवन्धन मिलेर र एक जिल्लामा गठवन्धनबाहिरको समेत मत लिएर जिसस बनाउनु पर्ने भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पाँच जिल्लामा काँग्रेस र चार जिल्लामा एमालेले नेतृत्व गरेको जिसस बनेको थियो । काँग्रेसले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सात पालिकाका सात प्रमुख र सात उपप्रमुखमध्ये काँग्रेसले पाँच÷पाँचवटा प्रमुख उपप्रमुख जितेको छ । जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख छान्न आठ मत आवश्यक पर्छ तर काँग्रेस एक्लैको १० मत छ । डडेल्धुरामा माओवादीले पनि दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । डडेल्धुरामा ०७४ को स्थानीय चुनावकबाट पनि काँग्रेसकै जिल्ला समन्वय समिति बनेको थियो ।तराइको कञ्चनपुरमा पनि काँग्रेसले १९ वर्षपछि एकलौटीरुपमा जिसस बनाउने सक्ने मत पाएको छ । नौ पालिका रहेको कञ्चनपुरमा जिसस बनाउन १० मत चाहिने भएकोमा काँग्रेस एक्लैसंग पाँच प्रमुख र सात उपप्रमुख गरेर १२ मत रहेको छ । कञ्चनपुरमा एमालेले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै माओवादीले एउटा पालिका प्रमुख जितेको थियो । कञ्चनपुरमा ०५४ र ०७४ मा पहिलोको जिल्ला विकास समिति र अहिलेको जिल्ला समन्वय समिति एमालेले गठन गरेको थियो । नेपाली काँग्रेसको किल्ला मानिने डोटीमा पनि फेरि काँग्रेसले नै जिसस बनाउने भएको छ । ०४९ र ०५४ काँग्रेसले तत्कालिन जिल्ला विकास समिति गठन गरेको भएपनि ०७४ एमालेले एक्लै जिसस बनाउने सफलता पाएको थियो । तर यसपटक पार्टी विभाजनले गर्दा एमाले पाँचबाट एक पालिकामा सीमित भएपछि सातपालिकाका प्रमुख र आठ उपप्रमुख गरेर १५ मत रहेको काँग्रेसले एकलौटीरुपमा जिसस बनाउने भएको छ । नौ वटा पालिका रहेको डोटीमा जिसस बनाउन १० मत आवश्यकपर्छ । डोटीमा एमालेसंग एक प्रमुख र उपप्रमुख गरेर दुई तथा माओवादीसंग एक प्रमुख गरेर एक मत मात्रै छ । डडेल्धुरा, कञ्चनपुर र डोटीमा काँग्रेस एक्लै चुनावमा होमिएर जितेकोले सत्ता गठवन्धनका अरु दललाई जिससमा समेट्नु पर्ने बाध्यता नरहेको एक नेताले बताउनुभयो । यस्तै केही ठाउँमा मात्र माओवादी र एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेको काँग्रेसले अछाममा पनि एक्लै जिल्ला समन्वय समिति बनाउन सक्ने भएको छ । १० पालिका रहेको अछाममा जिसस बनाउन ११ मत चाहिने भएकोमा ठ्याक्कै त्यही मत काँग्रेससंग छ । अछाममा अघिल्लो पटक पनि काँग्रेसले एक्लै जिसस बनाएको थियो । काँग्रेसले अछाममा सात पालिका प्रमुख र चार उपप्रमुख जितेको छ । यस्तै एमालेले दुई प्रमुख र चार उपप्रमुख, माओवादीले एक प्रमुख तथा एक उपप्रमुख जितेको छ । भने एकीकृत समाजवादीले एक उपप्रमुख जितेको छ ।यस्तै एमालेले बुढीगंगा नगरपालिकाको चुनाव हुने वा वैशाख ३० गतेकै मत गणना हुने भन्ने अन्योल कायम रहँदा पनि बाजुरा जिल्लामा जिसस बनाउन सक्ने मत प्राप्त गरेको छ । नौ पालिका रहेको बाजुरामा जिसस बनाउन १० मत चाहिन्छ । एमालेले पाँच प्रमुख र चार प्रमुख जितको छ । एउटा बुढीनन्दा नगरपालिकामा एमालेले सहयोग गरेका स्वतन्त्रले जितेकोले उहाँको समर्थन हामीलाई हुन्छ त्यसैले हामी जिल्ला समन्वय समिति बनाउन सक्छौ एमाले बाजुराका इन्चार्ज लालबहादुर थापाले बताउनुभयो । उहाँले मतगणना शुरु नभएको बुढीगंगा नगरपालिका पनि एमाले नै जित्ने दावी गर्नुभयो । बाजुरामा काँग्रेसले चार पालिका प्रमुख र तीन उपप्रमुख जितेको छ ।यस्तै गरेर तीनवीच जिल्लाभर गठवन्धन गरिएको बझाङ, केही स्थानमा मात्र गठवन्धन भएको बैतडी र काँग्रेस तथा माओवादीबीच मात्र गठवन्धन भएको दार्चुलामा भने गठवन्धन अनुसार नै अघि बढे गठवन्धनको जिसस बन्ने पक्का छ । त्यस्तै १३ वटै पालिकामा तीन दलबीच गठवन्धन भएको कैलालीमा भने गठवन्धनभन्दा बाहिरको दललाई सामेल गरेर मात्र जिजस बन्ने अवस्था छ । बैतडीमा १० पालिका छन् । जिसस बन्नका लागि ११ जनाको समर्थन आवश्यक छ । तीमध्ये काँग्रेससंग चार प्रमुख र पाँच उपप्रमुख गरेर नौ, माओवादीसंग एक प्रमुख तथा उपप्रमुख गरेर दुई मत छन् । यस्तै एमालेसंग चार प्रमुख र चार उपप्रमुख छन । भने एक जना स्वतन्त्रबाट पालिका अध्यक्ष बनेका छन् । दार्चुलामा पनि काँग्रेस र माओवादी मिल्दा जिसस सजिलै बन्ने छ । नौ पालिका रहेको दार्चुलामा काँग्र्ेसका चार उपप्रमुख र माओवादीका चार प्रमुख र दुई उपप्रमुख गरेर आवश्यक पर्ने १० मत नै छन् । दार्चुलामा एमालेले पाँच उपप्रमुख र दुई उपप्रमुख जितेको छ । दार्चुला र बैतडीमा २०७४ पनि काँग्रेस र माओवादी मिलेर काँग्रेसको नेतृत्वमा जिसस बनाएका थिए । गत स्थानीय चुनावमा एमालेले एक्लै जिसस बनाएको बझाङमा यसपटक गठवन्धनका दलले जिसस बनाउने भएका छन् । १२ पालिका रहेको बझाङमा काँग्रेससंग छ प्रमुख , पाँच उपप्रमुख गरेर ११, माओवादीसंग दुई प्रमुख, तीन उपप्रमुख ३ गरेर पाँच र एकीकृत समाजवादीसंग एक प्रमुख, दुई उपप्रमुख गरेर तीन मत छन् । यस्तै एमालेसंग तीन प्रमुख र दुई उपप्रमख छन् । १३ पालिका रहेको कैलालीमा प िनगत स्थानीय तहको निर्वाचनबाट एमालेले जिसस बनाएको थियो । तर यसपटक गठवन्धनको समेत आवश्यक पर्ने संख्या नपुगेपछि कोसित मिलेर जिसस बन्छ भन्ने कौतुहलता कैलालीमा छ । कैलालीका काँग्रेस तीन प्रमुख र पाँच उपप्रमुख, माओवादीले दुई प्रमुख, दुई उपप्रमुख र एकीकृत समाजवादीले एक प्रमुख जितेको छ । यस्तै एक्लै चुनावमा होमिएको एमालेले दुई प्रमुख तीन उपप्रमख र नागरिक उन्मुक्ती पार्टीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै स्वतन्त्रले एक प्रमुख जितेको छ । निर्वाचन आयोगले नगर तथा गाउँपालिका बने लगत्तै प्रमुख, उपप्रमुख सहित नौ सदस्यीय जिसस बनाउने प्रक्रिया शुरु गर्ने व्यवस्था रहेको छ ।
अछामको साँफेबगरमा काँग्रेस–समाजवादी गठबन्धन विजयी
साँफेबगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा र विजयी हुनुभएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार नगर प्रमुखमा काँग्रेसका राजेन्द्रबहादुर कुँवर सातहजार २६५ मतमा नगरप्रमुखमा विजयी हुनुभएको छ
गौरीगन्जमा अध्यक्ष र उपाध्यक्ष दुवै महिला निर्वाचित
झापाको गौरीगन्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैजना महिला निर्वाचित हुनु भएको छ । जिल्लाका १५ पालिकामध्ये प्रमुख र उपप्रमुख दुबै महिला जित्ने पालिका गौरीगन्ज बनेको छ ।
धरानका जनताकोे हितमा काम गर्ने प्रतिबद्धता
धरानमा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । निर्वाचित भएका प्रमुख हर्कराज राईलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीले इनरुवामा शपथ ग्रहण गराउनुभएको छ ।
निर्वाचनका तीन सय उच्छृङ्खल घटनाको छानबिन जारी
प्रहरीले निर्वाचनको अवधिमा अवरोध गर्दा भएको तीन सय घटनाको छानबिन गरिरहेको छ । स्थानीय तह निर्वाचनलाई प्रभाव पार्ने गरी उच्छृङ्खल गतिविधि गर्दा भएको ती घटनाको प्रहरीले कारबाही थालेको छ ।
७२८ पालिकामध्ये कांग्रेस ३१९, एमाले १९८ र माओवादी केन्द्र १२० मा विजयी
स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१९ पालिका जितेको छ । नेकपा एमालेले १९८ पालिका जितेको भने नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ ।