• ४ जेठ २०८१, शुक्रबार

स्थानीय निर्वाचन पूर्व पार्टी परित्याग गर्नुभएका नेताहरु पराजित

blog

काँग्रेसबाट सरावल गाउँपालिका प्रमुख बन्नुभएका राधेश्याम चौधरी स्वतन्त्र उम्मेदवारमा पराजित, तस्विर – गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, जेठ १० गते । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा आफनो पार्टीले टिकट नदिएका कारण अन्य पार्टीमा गएर वा स्वतन्त्र बनेर निर्वाचनमा भाग लिएका नवलपरासीका प्रायः सबै नेताहरु स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रतापपुर गाउँपालिकाका उपप्रमुख अञ्जुकुमारी चौधरी, पाल्हीनन्दन गाउँपालिकाका उपप्रमुख पार्वती कोहार, सरावल गाउँपालिका प्रमुख राधेश्याम चौधरीलगायत विभिन्न्न तहका एक दर्जन नेताहरुले नयाँ पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँहरु यसअघि नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

चौधरीले पार्टी परित्याग गरी हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीबाट प्रतापपुर गाउँपालिकाको अध्यक्षको पदमा उम्मेदवारी दिनुभए पनि पराजित हुनुभयो ।

यस्तै, कोहारले परित्याग गरी माओवादीमा प्रवेश गरी पुनः उपाध्यक्षको पदमा उठे पनि यो पटक असफल हुनुभयो । 

यस्तै, सरावल गाउँपालिका अध्यक्षमा विजयी हुनुभएका राधेश्याम चौधरीले काँग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिए पनि विजयी हुन सक्नुभएन । उहाँ विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमबाट निर्वाचित भएपछि पार्टी एकताका क्रममा नेपाली काँग्रेस प्रवेश गर्नुभएको थियो । 

सुनवल नगरपालिकाको उपप्रमुखको टिकटको लागि नेकपा (एमाले) परित्याग गर्नुभएका लेखनाथ खरेलले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिन्हबाट चुनावमा उठे पनि पराजित हुनुभयो ।