• ४ जेठ २०८१, शुक्रबार

कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), जेठ १० गते । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । कोटहीमाई गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै पद लोकतान्त्रिक समाजवादी पार्टीले जितेको हो । पालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा पनि सोही पार्टीकी सुशिलाकुमारी यादव विजयी हुनुभएको हो । 

गाउँपालिका अध्यक्षमा निर्वाचित त्रिपाठीले ४ हजार ६३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाल जनता पार्टीका अशोककुमार जयसवालले ४ हजार २३९ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपाध्यक्षमा निर्वाचित यादवले ४ हजार ७३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी उम्मेदवार गुजराती यादवले ३ हजार ४४२ मत प्राप्त गर्नुभएको छ । 

७ वटा वडा रहेको कोटहीमाई गाउँपालिकामा वडा नं. १ को अध्यक्षमा लोसपाका राजेश तेली, वडा नं. २ मा जसपाका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णुप्रसाद पाण्डे, वडा नं. ४ मा लोसपाका वेचुराम गडेरिया, वडा नं. ५ मा लोसपाका सञ्जयकुमार सैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं. ७ को अध्यक्षमा नेपाली काँग्रेसका पवनकुमार यादव विजयी हुनुभएको छ ।