• १९ असार २०८१, बुधबार

भरतपुरमा दाहाल भारी मतान्तरले विजयी

blog

बिजयी रेनु दाहाल र चित्रसेन अधिकारी । तस्बिर : शान्ता अधिकारी

चितवन, जेठ १० गते । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुख पद जित्नु भएको हो । 

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा बिजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नु भयो । नेपाली काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिनु भएका जगनाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गर्नु भएको छ ।

त्यसै गरि उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेद्वार चित्रसेन अधिकारीले जित हाँसिल गर्नु भयो । उहाँले ५२ हजार ८०३ मत ल्याउँदै गर्दा राप्रपा उम्मेद्वार हिमला गुरुङले ३० हजार ६१२ मत ल्याउनुभयो । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धन र नेकपा एमाले राप्रपा गठबन्धन विच प्रतिस्पर्धा थियो ।

मत गणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको मुख्य निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी रहेको र सपथग्रहणको तयारी भइरहेको छ ।

२९ वडाहरु रहेको भरतपुर महानगरपालिमा नेपाली काँग्रेसले १६ वडाहरुमा, नेकपा एमालेले छ वटा वडाहरुमा, माओवादी केन्द्रले तीन वडाहरुमा र नेकपा एकीकृत समाजवादीले तीन वटा वडाहरुमा जित हाँसिल गरेको छ , भने विद्रोही स्वतन्त्रको तर्फबाट एक वडामा विजय हासिल गरेका छन् ।

Author

शान्ता अधिकारी