• ४ जेठ २०८१, शुक्रबार

रुपन्देहीमा जिसस गठनको तयारी सुरु, बहुमत नपुग्ने भएपछि गठबन्धन आवश्यक

blog

६ वटा पालिका प्रमुखकाे शपथ, तस्विर –कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर,  जेठ १० गते । रुपन्देही जिल्लाको १६ पालिका मध्ये १५ पालिकाको नतिजा आइसकेको र एकको बाँकी रहँदा कुनै पनि पार्टीको जिसस गठनमा बहुमत देखिएपछि पार्टीहरुको आन्तरिक गृहकार्यमा जुटेका छन् ।

तिलोत्तमाको मतपरिणाम आउन बाँकी छ । यस नतिजाले पनि बहुमत पुग्ने देखिँदैन । पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ । सबै परिणामबाट पनि कसैको बहुमते नपुग्ने भएकाले गठबन्धन गर्नुपर्ने देखिन्छ । 

जिसस गठन

जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ ।जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ । पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्लासभा गठन हुन्छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बस्नुपर्छ । उक्त सभाले जिसस गठन गर्छ । 

जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनु पर्नेछ । 

रुपन्देहीमा यस्तो छ अवस्था 

कुल मतभार ३२ (१६ पालिका) रहेको यस जिल्लामा नेपाली काँग्रेस– ९ प्रमुख, ४ उपप्रमुख, नेकपा एमाले– ३ प्रमुख, ७ उपप्रमुख, लोसपा– १ प्रमुख, २ उपप्रमुख, जनता प्रगतिशील पार्टी– १ प्रमुख, १ उपप्रमुख, जसपा– १ प्रमुख र राप्रपा– १ उपप्रमुख रहेका छन् ।