शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १० गते। काठमाडौं महानगरपालिका-२२ को वडाध्यक्षमा नेकपा (एमाले)का चिनीकाजी महर्जन विजयी हुनुभएको छ। उहाँले दुई हजार ६० मत प्राप्त गर्नुभएको छ। 
निर्वाचन अधिकृतका कार्यालयका अनुसार महर्जनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिग्राम तण्डुकारले  एक हजार ४७८ मत ल्याउनुभएको छ। 
वडाको महिला सदस्यमा कांग्रेसकी ललिता खड्गी एक हजार ५९६ मतसहित निर्वाचित हुनुभएको छ। सदस्यद्वयमा कांग्रेसका चन्द्रमान तुलाधर एक हजार ८५९ र अनिल हाडा एक हजार ७३६ मतसहित विजयी हुनुभएको छ।  
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...