उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित
मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सम्मानित हुुनुुभएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।
निर्वाचन खर्च विवरण बुझाउन आग्रह
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च बिवरण पेश गर्न आग्रह गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका भण्डारी निर्विरोध
जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध चयन हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन हुनुभएको हो ।
जिल्ला समन्वय समिति निर्वाचन प्रभावित गर्नेगरी प्रशिक्षण नदिन आग्रह
निर्वाचन आयोगले गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्वाचन सम्पन्न नभएसम्म जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट कुनै प्रशिक्षण कार्यक्रम नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार आयोगको तर्फबाट विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो ।
ताप्लेजुङका स्थानीय तहमा कार्यपालिका सदस्य चयन
ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौ वटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएका हुन् ।
समन्वय समिति प्रमुखमा गठबन्धनबाट खगेन्द्रसिंह धामी
जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरेर कांग्रेसका खगेन्द्रसिंह धामीलाई प्रुमख बनाउने सहमति भएको छ ।
पाँच महिला वडाध्यक्ष
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका ७३४ वडामध्ये पाँचवटा वडामा महिलाले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन । स्थानीय तहको निर्वाचनबाट पाँच महिलाले सो जिम्मेवारी प्राप्त गर्नुभएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा चार जना महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार बझाङमा एक जना महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । यद्यपि बाँकी सात जिल्लाका वडाध्यक्षमा महिला प्रतिनिधित्व छैन ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन मितिबारे बहस सुरु
स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न भएर अन्तिम परिणाम आउनेक्रम करिब सम्पन्न भएपछि प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको बहस शुरुभएको छ । सरकारले आगामी मंसिर अगावै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नेगरी छलफल प्रारम्भ गरेपछि त्यसको मिति तय गर्ने विषयमा वहस शुरुभएको हो ।
नगरप्रमुख तथा उपप्रमुखबाट पदभार ग्रहण
उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख वसन्तकुमार वस्नेत तथा उपप्रमुख महेश्वरी राईले बुधवार पदभार ग्रहण गर्नुभएको छ । नवनिर्बाचित नगर प्रमुख वस्नेतले उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालबाट पद तथा गोपनियताको सफथ लिएपछि नगरपालिकामा गएर पद वहाली गर्नुभएको हो ।
समृद्ध कर्जन्हा बनाउन सबैसँग सहकार्य गर्न तयार : नगरप्रमुख पोखरेल
कर्जन्हा नगरपालिका प्रमुख भोलाप्रसाद पोखरेलले सुखी र समृद्ध कर्जन्हा नगरपालिका निर्माणको लागि सबै दलसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।
जाजरकोटको चार पालिकाको कार्यपालिका सदस्यमा गठबन्धन बिजयी
वासुदेव शर्माजाजरकोट, जेठ १६ गते । जाजरकोटका भेरी, छेडागाड नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोटमा कार्यपालिका गठन भएको छ । भेरी, छेडागाड, जुनीचाँदे, शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काग्रेस र नेकपा (माओवादी केन्द्र) का सदस्य बिजयी भएका छन् । कुशेमा काग्रेस र बारेकोटमा नेकपा (एमाले) एकलौटी कार्यपालिका सदस्य चयन गरेको हो । भेरी नगरपालिकाको नगर कार्यपालिका निर्वाचनबाट सत्ता गठबन्धनका उमेदवार बिजयी भएका छन् । नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा काँग्रेसको तर्फबाट चार, माओबादी केन्द्रको तर्फबाट चार सदस्य बिजयी भएका हुन् । नगर कार्यपालिकामा ५ जना निर्वाचित र ३ जना गरी ८ जना समावेशी खुल्ला सदस्य निर्वाचित हुने व्यवस्था छ । गत वैशाख ३० गते निर्वाचित भएको नगरप्रमुख, नगर उपप्रमुख वडा अध्यक्ष वडा सदस्यहरुले मतदान गर्नुभएको थियो ।मुख्य निर्वाचन कार्यालयमा भएको निर्वाचनमा सत्ता गठबन्धन दल काँग्रेसको तर्फबाट दलित अल्पसंख्यक सदस्यमा डोटे बादी, महिला सदस्यमा कालीका खत्री, भिमकुमारी पुन, सिर्जना घर्ती माओवादीको तर्फबाट खुल्ला सदस्य पदमा मनिराम दमाई, गोपाल लुहार महिला सदस्यमा लिलादेबी गौतम विक, मोति नेपाली कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । त्यसैगरी शिवालय गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यमा गठबन्धन दल नेपाली काँग्रेसबाट खुल्ला दलित अल्पसंख्यक सदस्यमा शेरबहादुर नेपाली (बादी) महिला सदस्यमा तारा थापामगर, पुष्पा बिक, माओबादी केन्द्रको तर्फबाट खुल्ला दलित अल्पसंख्यक सदस्यमा लिले सुनार महिला सदस्यतर्फ भबिसरा बिसी, पार्वती विक निर्वाचित हुनुभएको छ । जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा सत्ता गठबन्धन दलबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भेरी, छेडा, शिवालय र जुनीचाँदेमा कार्यपालिका सदस्य काँग्रेस र माओवादी केन्द्रबाट बिजयी भएका छन । बारेकोटमा एमालेको बहुमत पुगेका कारण कार्यपालिका सदस्यमा पूरै बिजयी भएका छन् । कुशे गाउँपालिकामा काँग्रेसको बहुमत भएका कारण पूरै काँग्रेसका सदस्य बिजयी भएका हुन् । कार्यपालिका सदस्यहरुको पालिकामा महत्वपुर्ण भुमिका रहने भएकाले पालिकाका कार्यक्रम कार्यपालिका सदस्यबाट अनुमोदन भएपछि लागुहुने व्यवस्था छ । नगरपालिका तथा गाउँपालिकाले पूर्णता पाएका छन् । कार्यपालिका सदस्यसँगै पालिकालाई नियमित कार्य सञ्चालन गर्ने ढोका खुल्ला भएको छ । नलगाड नगरपालिकामा आज कार्यपालिका सदस्य चयनका लागि आज मतदान हुनेभएको छ ।
काठमाडौं महानगरका प्रमुख र उपप्रमुखद्वारा शपथग्रहण समारोह (लाइभ)
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलसहितका जनप्रतिनिधिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
त्रियुगामा कांग्रेसका बस्नेतको जित निश्चित
त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेसकका उम्मेदवार वसन्त बस्नेतको जित निश्चित भएको छ ।
एकचालीस उम्मेदवारले आफैँलाई मतदान गरेनन्
स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ४१ जनाले आफैँलाई मतदान नगरेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार जिल्लाको खानीखोला गाउँपालिकामा सबैभन्दा बढी उम्मेदवारले आफैँलाई समेत मतदान नगरेको जनाएको छ । खानीखोला गाउँपालिकामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पावल थिङ, उपाध्यक्षका उम्मेदवार मानबहादुर सिङ्तान र वडाध्यक्ष पदकासहित नौ उम्मेदवारले आफैँलाई मतदान नगर्नुभएको हो ।
बेनी नगरकार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी
हिमाली जिल्ला म्याग्दीको एकमात्रै नगरपालिका बेनी नगरपालिकाको कार्यपालिका सदस्यहरुमा गठबन्धनतर्फका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
सिमकोट कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन निर्वाचित
राजन रावतहुुम्ला, वैशाख १५ गते । आईतवार कार्यपालिका सदस्यहरुका लागि भएको निर्वाचनमा गठबन्धन दलहरु निर्वाचित भएका छन् । गठबन्धन दलमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट तीन–तीन सदस्यहरु निर्वाचित भएका हुन् । दलित तथा अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा चार मत बदर भएको छ । दुुई जना सदस्यले गठबन्धन दलहरुले एक एक पदका लागि उम्मेदवारी दिनुुभएको थियो । जसमा काँग्रेसका गोपाल बिल २६ मत ल्याएर बिजयी हुनुभयो । भने माअोवादी केन्द्रका टसी बिकले २५ मत ल्याएर बिजयी हुनुभयो । उहाँहरुमध्ये गोपालको तीन मत र टसीको चार मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी पदका लागि एमालेले एक जनामा मात्र उम्मेदवारी दिएको थियो । सो दलको उम्मेदवार १२ मत ल्याएर पराजित हुनुभयो । सिमकोट गाउँपालिकामा वडा अध्यक्ष र सदस्य गरी एमालेले १३ पदमा बिजेता हाँसिल गरेको थियो ।गठबन्धनका उम्मेदवारलाई एमालेको पनि मतस्थानीय तह निर्वाचन अन्तर्गत आईतवार कार्यपालिका सदस्यहरुका लागि भएको निर्वाचनमा गठबन्धन दलका दुुई जना महिला सदस्यलाई एमालेको पनि मत परेको पाइएको छ । गठबन्धन दलहरु काँग्रेस र माओवादी केन्द्रको गरी सिमकोट गाउँपालिकामा २९ मत थियो । दुुई जना सदस्यलाई भने ३० मत परेको थियो । मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले गठबन्धन दलको काँग्रेसबाट उम्मेदवारी दिनुुभएकी गुुहेला रावत र अर्की महिला सदस्य माओवादी केन्द्रकी काङ्सो लामालाई तीस तीस मत परेर बिजयी हुनुुभएको बताउनुुभयो । स्थानीय तह निर्वाचनबाट सिमकोट गाउँपालिकामा गाउँसभाका लागि काँग्रेसका उपाध्यक्षसहित १५ र माओवादी केन्द्रका अध्यक्षसहित १४ जना निर्वाचित भएका हुन । निर्वाचित हुनुुपर्ने अर्का दुुई जना सदस्य काँग्रेसकी कल्पना लामाले २९ र माअोवादी केन्द्रकी डाँफु बोहराले २९ मत ल्याएर बिजयी हुनुुभयो । सो पदका लागि एमालेले दुुई जनाको उम्मेदवारी दिएको भएपनि पराजित भएको छ । मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
एक महिनाभित्र समन्वय समिति
स्थानीय तह निर्वाचन गर्न बाँकी दुई स्थानबाहेक ७५१ स्थानीय तहको नतिजा आइसकेको छ । यससँगै स्थानीय कार्यपालिकाको निर्वाचन पनि भइरहेको छ । कार्यपालिकाको निर्वाचनसँगसँगै ७७ जिल्लामा स्थानीय तहको जिल्ला समन्वय समिति पनि गठन भइसक्नेछ ।
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?
काठमाडौँ, जेठ १४ गते। स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ। करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा ९एमाले०ले एक्लै निर्वाचन जित्ने दाबीका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित छ। नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनि प्राप्त स्थानीय निर्वाचनको जोड घटाउको चर्चा चुलिएको हो। यस निर्वाचनमा राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि निर्वाचन परिणामलाई रोचक बनाइदिएको छ। स्थानीय तह निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको काम गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो। राजधानी काठमाडौँमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्रनारायण साहलाई विजयी गराएका छन्। यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलका विगतका महानगरका नेतृत्वले दिन नसकेका परिणामको नतिजा हो। काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले ६५ वर्षीय चिरिबाबु महर्जनलाई पुनः चुनेका छन्। राजधानी बाहिर धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले परम्परागत दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन्। यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ। हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ। कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ। कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन्। यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। विसं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन्। एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन्। कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएको आयोगले जनाएको छ। यस्तै ६ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा करिब एक लाख ४५ हजारले उम्मेदवारी दिएका थिए। रासस
पोखराका नवनिर्वाचित प्रमुख आचार्यलाई २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले पोखराका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार्यले निर्वाचित कार्यालयको बदनियतका कारण ठूलो संख्यामा मत बदर भएको बताउनुभएको थियो ।
स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलको पाँच प्रतिबद्धता
राजन रावतहुुम्ला, जेठ १४ गते । खार्पुनाथ गाउँपालिकामा दोस्रो पटक निर्वाचित भएपछि अध्यक्ष कर्णबहादुर रावलले आफ्नो कार्यकालमा गरिने पाँच वटा प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकाल सिक्दै गएको कारण यो कार्यकालमा गरिने प्रतिबद्धता सार्वजनिक गरेको उहाँले बताउनुभयो । उहाँले कार्यभार सम्हालेलगत्तै सार्वजनिक गर्नुभएका आगामी पाँच वर्षसम्म गरिने प्रतिबद्धतामा पाँच वटै वडाहरुमा सडक सञ्जाल जोड्ने, प्रत्येक वडाहरुमा विधुत उपलब्ध गराउने, एक घर एक रोजगारको व्यबस्था गर्ने, दिगो भौतिक संरचनाको बिकास गर्ने र शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिई दिगो बिकास गर्ने रहेका छन् ।प्रतिबद्धता पूरा गर्न उहाँले अहिल्यैबाट योजना तर्जुमा गरेर लाग्ने तयारीमा रहेको बताउनुुभयो । गाउँपालिकामा सीमित साधन स्रोत भएका कारण पनि उहाँले त्यसकालागि प्रदेश, सङ्घीय सरकार र अन्य गैरसरकारी निकायसँगको समन्वयमा काम अगाडि बढाउने बताउनुुभयो । पाँच वटा वडा रहेको खार्पुनाथमा हालसम्म कुनै पनि वडामा सडक सञ्जाल जोडिएको छैन् ।
त्रियुगाको ६० प्रतिशत मतगणना हुँदा काङ्ग्रेसकोे अग्रता
उदयपुरको त्रियुगा नगरपालिकाको करिब ६० प्रतिशत मतगणना हुँदा नेपाली काङ्ग्रेसले फराकिलो अग्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार त्रियुगा नगरमा खसेको कुल मत ४० हजार १७९ मत मध्ये गणना भएको २३ हजार ९७५ मतमा काङ्ग्रसको प्रमुख पदका उम्मेदवार बसन्त बस्नेतले आठ हजार २०० मत पाएका छन् ।
मुख्य पदमा महिला प्रतिनिधित्व घट्यो
सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधि कम भएको छ । स्थानीय तहका प्रमुख दुई पदमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने वैधानिक व्यवस्था भए पनि गठबन्धनका कारण महिलाले अवसर गुमाउन पुगेका छन् । सुदूरपश्चिम प्रदेशको स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षमा पुरुषको उपस्थिति बढेको छ ।
सञ्चारमाध्यमको सहयोगले निर्वाचन सोचेभन्दा सफल रह्योः आयुक्त तुलाधर
काठमाडौं, जेठ १३ गते । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ सञ्चारमाध्यमको सहयोगका कारण सोचेभन्दा सफल भएको बताउनुभएको छ ।स्थानीय तह निर्वाचनका लागि वैशाख १ गतेदेखि सञ्चालित आयोगको ई—बुलेटिन प्रकाशन समूहसँग आज आयोगमा आयोजित समीक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचन सूचना सम्प्रेषण गर्नमा ई–बुलेटिनमा आवद्ध समूहले प्रभावकारी काम गरेकोभन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । आयुक्त डा तुलाधरले छिटपुट घटनाबाहेक मुलुकभर एकैपटक भएको स्थानीय निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण ढंगले सम्पन्न भएको चर्चा गर्नुभयो । यसको सफलताको श्रेय सञ्चार माध्यम तथा सम्बद्ध सबै पक्षलाई जाने उहाँले बताउनुभयो । “निर्वाचन सफल बनाउन सञ्चार माध्यम, कर्मचारी संयन्त्र र सञ्चार टिम सबैको सक्रिय भूमिका रह्यो, आगामी दिनमा पनि सहयोगको अपेक्षा आयोगले गरेको छ” आयुक्त डा. तुलाधरले भन्नुभयो, “छोटो समयमा राम्रो काम भएको छ, सीमित स्रोत साधनकाबीच पनि ई-बुलेटिनको काम प्रभावकारी भएको महशुस गरेका छौं ।”स्रोतको कमीका कारण स्थानीय तह सदस्य निर्वाचनमा निजी सञ्चार माध्यमलाई विज्ञापनमा सहयोग गर्न नसकिएको स्मरण गर्नुहुँदै आयुक्त डा. तुलाधरले आगामी निर्वाचनमा सबैलाई पुग्नेगरी आर्थिक व्यवस्थापनको पहल हुने विश्वास दिलाउनुभयो । आयोगबाट जाने सूचना एकद्वार प्रणालीबाट जानसके अझ प्रभावकारी हुने उहाँले बताउनुभयो ।आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी सूचना र तथ्याङ्कलाई स्रोत साधनले भ्याएसम्म विश्वसनीय रुपमा उपलब्ध गराउने प्रयास गरिएको बताउनुभयो । स्थानीय तह सदस्य निर्वाचनले धेरै कुरा सिकाएकाले आगामी निर्वाचनमा थप सुधार गरेर आयोग अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो । समीक्षा बैठकमा आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ, यज्ञप्रसाद भट्टराई, उपसचिवहरु कमल भट्टराई, आदेश खड्का, बुलेटिन प्रकाशन समितिका सदस्यहरुको सहभागिता थियो । ई-बुलेटिन प्रकाशन समितिमा सञ्चारसम्बन्धी विज्ञका साथै गोरखापत्र र राससका प्रतिनिधिहरुको सहभागिता थियो । गत वैशाख १ गतेदेखि शुरुभएको ई-बुलेटिन जेठ १२ गतेसम्म प्रकाशन भएको छ । यस अवधिमा जम्मा ४३ अङ्क बुलेटिन प्रकाशन भएको छ । निर्वाचनलाई केन्द्रीत गरी गरिएको प्रकाशन जेठ १३ गतेदेखि बन्द भएको छ । बुलेटिन प्रकाशन समितिको संरक्षकमा आयोगका सचिव गोकर्णमणि दुवाडी, संयोजकमा सहसचिव तथा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल रहनुभएको थियो ।