• १३ असोज २०८१, आइतबार

जिसस अछाममा कांग्रेस उम्मेदवार विजयी

blog

शिवराज ढुंगाना

मंगलसेन, जेठ २१ गते । जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचनमा सहभागी अदालत अछामका नायब सुब्बा कमल ढुंगानाले जानकारी दिनुभयो । 

जिसस प्रमुखमा एमालेबाट उम्मेदवार रहनुभएका दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरेर पराजित हुनुभयो । उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही र सदस्यमा कांग्रेसकै नरेन्द्र कुँवर, लक्ष्मी सुवर्णकार, द्वारिका उपाध्याय १२–१२ मत, पूर्ण रावलले ११ मत चक्राकुमारी रावलले ९ मत ल्याएर सदस्यमा विजयी हुनुभयो ।  कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा जिसस सदस्यमा माओवादीबाट प्रनाथ विकले ९ मत र समाजवादीबाट सिता भण्डारीले १२ मतले जिल्ला समन्वय समितिको सदस्य विजयी हुनुभयो ।  

एमालेबाट उपप्रमुखका उम्मेदवार पुतली रावल र सदस्यका उम्मेदवार जमना विक, झुप्री केसी, निर्मला भुल, उज्जले थापा, भाना साउँद भुपेन्द्र महताले ६–६ मत पाएर पराजित हुनुभयो । जिसस सदस्यमै एमालेका सुरत कामीले ७ मत प्राप्त गर्नुभयो ।  

अछामका १० स्थानीय तह मध्येमा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर ११, एमालेले छ, माओवादीले दुई र समाजवादीले एक जितेको छ । जिल्ला समन्वय समिति अछाम यसअघि पनि कांग्रेसकै नेतृत्वमा थियो ।