गठबन्धन सरकारको परिपक्व निर्णय
बुधबार बसेको प्रधानमन्त्रीसहितको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा सहमति गरेको थियो।
मतदाता नामावली सङ्कलन स्थगित, चुनावको तयारीमा आयोग
निर्वाचन आयोगले भोलि (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरेको छ । नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको हो ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने घोषणा
नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको छ ।
दुई मतदानस्थल थप्न सिफारिस
दार्चुलामा दुईवटा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले दलको सदस्यता लिन नहुने
निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने स्मरण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्नुहुँदै सो स्मरण गराउनुभएको हो ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर ४ गते : निर्वाचन आयोग
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गतेका लागि सरकारले निर्णय गर्ने तयारी गरेको बताउनुभएको छ । निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा उहाँले सो जानकारी गराउनुभएको हो ।
मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनको काम शुरु
निर्वाचन आयोगले मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकनको काम शुरु गरेको छ । आगामी मंसिर २ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको सरकारसँग परामर्श गरेको आयोगले पुनरावलोकनको गृहकार्य शुरु गरेको हो । यद्यपि सरकारले अझै निर्वाचनको मिति घोषणा गरिसकेको छैन ।
थपिए साढे दुई लाख मतदाता
एक महिनामा दुई लाख ५० हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको तयारीस्वरूप असार १ गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले असार ३० गतेसम्म दर्ता भएकामध्ये दुई लाख ३० हजार ९९२ जना जिल्लाअन्तर्गत र १९ हजार ७३४ जना बाह्य जिल्ला दर्ता (ओडीआर)का रहेको जानकारी दिनुभयो ।
बूढीगङ्गा नगरपालिकामा एमाले उम्मेदवारको अग्रता कायमै
बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा (एमाले) ले शुरुदेखिकै अग्रता कायम राखेको छ । शनिबार साँझ ६ : ३० बजे प्राप्त विवरणअनुसार पाँच हजार ४२९ मतको गणनामा एमालेबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले नेपाली कांग्रेसका रंगबहादुर खातीभन्दा एक हजार ५६२ मतले अगाडि हुनुभएको छ हो ।
प्रमुख र उपप्रमुख दुवै पदमा एमाले उम्मेदवार अगाडि
बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना सुरु भएको छ । अहिलेसम्म ४०० मत गणना हुँदा नेकपा (एमाले) बाट मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १८९ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका उम्मेदवार रङ्गबहादुर खातीले १८५ मत ल्याएर पछ्याइरहनुभएको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले जानकारी दिनुभयो ।
बूढीगङ्गामा मतगणना सुरु
बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न भएको स्थानीय सदस्य निर्वाचनको मतगणना गर्नका शुक्रबार बिहान १० बजे बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपछि मतगणना कार्य सुरु भएको हो ।
बूढीगंगा नगरपालिकामा कडा सुरक्षाबीच मतदान सम्पन्न
बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाका साथ निर्वाचन सम्पन्न भएको छ। बूढीगङ्गा नगरपालिकाको वडा नम्बर ३ र ९ मा फर्जीमतको विषयलाई लिएर केही समय मतदान गर्ने कार्य रोकिएको थियो।
आयोगले चुनावका लागि तोकेको खर्च अव्यावहारिक छ : पूर्व प्रमुख आयुक्त पोखरेल
काठमाडौं, असार २३ गते।पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाउनुभएको छ।बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।उहाँले निर्वाचनमा उम्मेदवारी दिएका नेताले नै निर्वाचन आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यवहारिक भएको बताउनुभएको हो।पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभइ राजनीतिज्ञलाई पैसाले किन्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो।उहाँले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या सिर्जना भइरहको बताउनुभयो।पोखरेलले निर्वाचनको परिणामलाई पैसाले किन्नुपर्ने बाध्यता सिर्जना हुनुले देशलाई क्षति पुग्ने बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयोगले चुनाव खर्च जुन तोकेको छ त्यो अव्यवहारिक छ।कसैले पनि त्यो पैसाले निर्वाचन हुनसक्छ भन्न सक्दैन। धेरै खर्च हुनुमात्रै चिन्ता नभएर राजनीतिज्ञलाई पैसाले किन्यो।अर्को कुरा निर्वाचन संयन्त्र अपराधीको पकडमा गएपछि कुन बाटो समाउँछौँ गुड गभर्नेन्स वा अन्य ?’’पोखरेलले चुनावमा खर्च गर्न आउने बाहिरी पैसाको श्रोत खोज्न आवश्यक रहेको बताउनुभयो।उहाँले निर्वाचनताका कालो धनलाई सेतो बनाउन मिल्ने भएकाले बाहिरी पैसा ल्याउन हुने चलखेलले देश दुर्घटनातर्फ जाने चेतावनीसमेत दिनुभयो।‘चुनावमा खर्च गर्ने पैसा कहाँबाट आउँछ, कालो हो कि सेतो ? मुलुकभित्रको कि, बाहिरको हो ? किनभने संसारका धेरै मुलुकमा मुलुकभन्दा बाहिरबाट आएको निर्वाचनको खर्चले मुलुकको राजनीतिमा प्रभाव पारेका कुरा छन्।हाम्रोमा यदि त्यो प्रतिस्पर्धा हुने हो भने हामी कहाँ पुग्छौँ डर लागेको छ’’, उहाँले भन्नुभयो।पोखरेलले पार्टीका कारण स्थानीय निर्वाचन स्थानीय जस्तो नभएको भन्दै पार्टी बिनाको स्थानीय निर्वाचन प्रणालीमा जान मुलुकले सोच्नुपर्ने बताउनुभयो।उहाँले मतदाता नामावली दर्ता निर्वाचन आयोगले गर्न जरुरी नरहेको र संघीय प्रणालीमा गइसकेपछि यो काम स्थानीय सरकारले गर्ने बताउनुभयो।उहाँले निर्वाचनको निष्पक्षतामाथि आर्थिक प्रभावले ठूलो अवरोध खडा गरेको भन्दै निर्वाचनको सुरक्षा स्थानीय निकाय र राजनीतिक दललाई दिनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती : नेता प्रदीप पौडेलयसैगरी, नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्लो समय बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताउनु भयो । नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्छ भन्नुभयो । नेता पौडेलले भन्नुभभयो, ‘‘पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुन्छ, त्यसले हाम्रो व्यवस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको छ ।’’निर्वाचन कानुन र आचार संहिता धेरै छन्, कतिपयरूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन, अब संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यवस्था छ । नेता पौडेलले भन्नुभयो, ‘‘अहिले त्यो खर्चमा एक दुईजनाले निर्वाचन लडेका होलान नत्र धेरै ठाउँमा यो सीमा भित्र कसैले चुनाव लडेका छैनन् । यति मात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् ।’’
निर्वाचनमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ गतेका लागि सरकारलाई सिफारिस गरेको र त्यसकालागि करिब १० अर्व रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सरकारलाई पेश गरेको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर २ गते सिफारिस
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारलाई आगामी मभङ्सिर २ गते एकै चरणमा गर्नेगरी मिति सिफारिस गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै सो मिति सिफारिस गरेको हो ।
मतदानस्थलमा पठाइँदै निर्वाचन सामग्री
असार २३ गते हुने बूढीगङ्गा नगरपालिकाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले निर्वाचन सामाग्री रुजु गर्दै मतदानस्थलमा पठाएको छ ।
आगामी निर्वाचनको मिति यही महिनामा घोषणा हुन्छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असार मसान्तभित्र आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ को समीक्षा कार्यशाला गोष्ठीमा बिहीबार यहाँ समापन मन्तव्य राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ ऐतिहासिक रुपमा सफल : प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन २०७९ ऐतिहासिक रुपले सफल भएको बताउनुभएको छ । सबैको अथक प्रयास र सहयोगले निर्वाचन सफल भएको उहाँको भनाई छ ।
जिसस तनहुँको प्रमुखमा पुनः वाग्ले
जिल्ला समन्वय समिति तनहुँमा सत्तारुढ दलहरुको गठबन्धन उम्मेदवारको विजय सूनिश्चित भएको छ । गठबन्धनको मात्रै उ्रम्मेदवारी परेपछि जीत निश्चित भएको हो । नौ सदस्यीय समितिका लागि नेपाली कांग्रेसले प्रमुख र पाँच सदस्य गरी ६ जना र माओवादी केन्द्रबाट उपप्रमुख र दुई सदस्य गरी तीन जनाको उम्मेदवारी परेको छ ।
हुम्लामा १६९ जना उम्मेदवारको जमानत जफत
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका सात वटै गाउँपालिकाबाट १६९ जना उम्मेदवारको जमानत जफत भएको छ । वडा सदस्यदेखि गाउँपालिका अध्यक्ष पदका प्रत्यासीहरुको जफत भएको हो ।
पाल्पामा अधिकांशले निर्वाचन खर्च बुझाएनन्
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा समेत अधिकांश उम्मेद्वारहरूले खर्च विवरण बुझाएका छैनन् । पाल्पाका दशवटा स्थानीय तहमा उम्मेद्वार बनेका एक हजार ७२ जनामध्ये चारसय १३ जनाले मात्रै खर्च विवरण जिल्ला निर्वाचन कार्यालय पाल्पामा बुझाएको सो कार्यालयले जनाएको छ ।
किसानलाई रोपाई, उम्मेदवारलाई मत माग्न चटारो
किसानको धान रोप्ने बेलामा बाजुराको बूढीगङ्गा नगरपालिकाका उम्मेरदवारलाई भोट माग्ने चटारो परेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बाजुराको बुढीगङ्गा नगरपालिकामा धाँधली भएको भन्दै असार २३ गते पुनः निर्वाचन हुने भएपछि उम्मेदवारलाई चुनावी चटारो परेको हो ।
निर्वाचन खर्चको विवरण पठाउन आयोगद्वारा निर्देशन
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारले गरेको खर्च विवरण पठाउन सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ती जारी गर्नुहुँदै सो निर्देशन दिनुभएको हो ।
उम्मेदवारहरुले निर्वाचन खर्च बुझाएनन्
स्थानीय निर्वाचनका अधिकांश उम्मेदवारहरुले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाले दिएको जानकारी अनुसार एक महिनाको समयसीमाभित्र ९९० जनाले मात्र खर्च विवरण बुझाएका छन् ।