• १९ असार २०८१, बुधबार

बूढीगङ्गा नगरपालिकाको प्रारम्भिक नतिजा

प्रमुख र उपप्रमुख दुवै पदमा एमाले उम्मेदवार अगाडि

blog

बूढीगङ्गा नगरपालिकामा वडा १ र १० को मत गणना हुँदै । तस्बिर : शेरबहादुर सार्की

शेबरहादुर सार्की 

बाजुरा , असार २४ गते । बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना सुरु भएको छ । अहिलेसम्म ४०० मत गणना हुँदा नेकपा (एमाले) बाट मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १८९ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका उम्मेदवार रङ्गबहादुर खातीले १८५ मत ल्याएर पछ्याइरहनुभएको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले जानकारी दिनुभयो । 

गत बिहीबार २३ गते सम्पन्न निर्वाचनको मतगणनाका लागि आज बिहान १० बजे बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेअनुसार गणना जारी रहेको छ । 

निर्वाचन अधिकृ कडायतका अनुसार अहिले वडा १ र १० को गणना भइरहेको छ । त्यसैगरी उपमेयरको उमेदवार एमालेका मायाँ कुवँरको १८७ कांग्रेसका रिता शाहीको १८५ मत रहेको छ ।

त्यसैगरी वडा १ वडा अध्यक्षका उमेदवार एमालेका रणबहादुर थापाको ८४ मत, कांग्रेसका लोकबहादुर थापाको ९२ मत आएको छ । त्यस्तै,  वडा १० को वडा अध्यक्षका उमेदवार एमालेका दलबहादुर साउँदको ८९ र कांग्रेका महोन बुढाको ९५ मत आएको निर्वाचन अधिकृत कडायतले बताउनुभयो । 

बूढीगङ्गाको वडा १ मा  एक हजार ३२६ मतदाता सङ्ख्यामा कुल मत ८३१ मत खसेको थियो । त्यसैगरी वडा १० मा एक हजार ७७८ मतदाता सङ्ख्यामा एक हजार १०९ मत खसेको थियो ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका दिपकविक्रम शाहले एमालेका रामबहादुर बानियाँलाई २८५ मतले पराजित गर्नुभएको थियो । शाहको तीन हजार ८४५ मत थियो भने बाँनियाको तीन हजार ५६० मत आएको थियो ।