• २ असार २०८१, आइतबार

बूढीगंगा नगरपालिकामा कडा सुरक्षाबीच मतदान सम्पन्न

blog

बूढीगङ्गा –२ मा रहेको मतदान केन्द्रमा पुगेका मतदाता । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, असार २३ गते। बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाका साथ निर्वाचन सम्पन्न  भएको छ। बूढीगङ्गा नगरपालिकाको वडा नम्बर ३ र ९ मा फर्जीमतको विषयलाई लिएर केही समय मतदान गर्ने कार्य रोकिएको थियो। मतदान रोकिएको सो वडामा केही समयपछि पुनः मतदान कार्य सुरु गरिएको थियो।

बूढीगङ्गा नगरपालिकाको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले केही वडामा कार्यकर्ता बीच फर्जीमतको विषयमा सामान्य विवाद भए पनि बेलुका पाँच बजे सबै वडामा मतदान गर्ने काम सम्पन्न भएको बताउनुभयो। गत वैशाख ३० गते भएको स्थानीय सदस्यको निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदानस्थलमा धाँधली हुँदा त्यहाँको मतगणना रोकिएपछि असार २३ गते पुन मतदान भएको हो।

बूढीगङ्गाको वडा नम्बर १ मा  एक हजार ३२६ वडा नम्बर २ मा एक हजार ४४३ वडा नम्बर ३ मा एक हजार ३२० वडा नम्बर ४ मा एक हजार ७०९ वडा नम्बर वडा नम्बर ५ मा एक हजार १४२  वडा नम्बर ६ मा एक हजार ९२ वडा नम्बर ७ मा एक हजार ३०७ वडा नम्बर ८ मा एक हजार ५९ वडा नम्बर ९ मा एक हजार ४८३ र वडा नम्बर १० मा एक हजार ७७८ गरी १३ हजार ६५९ मतदाता सङख्या रहेको थियो।

वडा १ मा ८३१ वडा २ मा एक हजार १ हजार ११९  वडा ३ मा ७६७  वडा नम्बर ४ मा ९७१ वडा नम्बर ५ मा ८१८ वडा नम्बर  ६ मा ७९० वडा नम्बर ७  मा ८८१ वडा नम्बर ८ मा ७०० वडा नम्बर ९ मा ९०३ वडा नम्बर १० मा एक हजार १०९ मत खसेको छ।

१० मतदान केन्द्र र १९ वटा उप केन्द्रमा कडा सुरुक्षाका बीच मतदान गर्ने काम सम्पन्न भएको छ। जसमा ६६.७५ प्रतिशत मत खसेको बूढीगङ्गा नगरपालिकाको निर्वाचन अधिकृत कडायतले बताउनुभयो। बूढीगङ्गा नगरपालिकाको मेयर पदमा उमेदवार नेपाली काँग्रेसबाट रङ्ग खाती उपमेयर रिता शाही र नेकपा एमालेबाट मेयर रामबहादुर बाँनीया उपमेयर माया कुँवर उम्मेदवार हुनुहुन्छ।