• १३ वैशाख २०८१, बिहिबार

हुम्लामा १६९ जना उम्मेदवारको जमानत जफत

blog

हुुम्ला असार ११ गते । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका सात वटै गाउँपालिकाबाट १६९ जना उम्मेदवारको जमानत जफत भएको छ । वडा सदस्यदेखि गाउँपालिका अध्यक्ष पदका प्रत्याशीहरुको जफत भएको हो । 

जिल्ला निर्वाचन कार्यालयका सुूचना अधिकारी श्यामबहादुुर रानाका अनुुसार निर्वाचनमा सबै पदका लागि उम्मेदवारी दिनुुभएका उम्मेदवारमध्ये १६९ जनाको धरौटी रकम जफत भएको छ । उहाँले यसमा वडाध्यक्ष, गाउँपालिका उपाध्यक्ष र अध्यक्ष गरी ६४ जना र सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि १०५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको बताउनुुभयो । 

गाउँपालिका अनुुसार अदानचुलीमा एक एक जना अध्यक्ष र उपाध्यक्ष, खार्पुनाथमा एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षको धरौटी रकम जफत भएको छ । त्यसैगरि चङ्खेलीमा एक जना अध्यक्ष, दुुई जना उपाध्यक्ष र १४ जना वडाध्यक्ष, ताँजाकोटमा दुुई जना गाउँपालिका अध्यक्ष, एक जना उपाध्यक्ष र छ जना वडाध्यक्षको जमानत रकम जफत भएको हो । 

त्यसैगरि नाँम्खामा आठ जना वडा अध्यक्ष, सर्केगार्ड गाउँपालिकामा एक जना गाउँपालिका अध्यक्ष र दश जना वडाध्यक्षको सो रकम जफत भएको हो । त्यसैगरि सिमकोट गाउँपालिकामा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष र पाँच जना वडाध्यक्षको उक्त रकम जफत भएको निर्वाचन कार्यालयले जनाएको हो ।  

कार्यालयले उपलब्ध गराएको बिबरण अनुुसार यसरी निर्वाचनका लागि पद अनुुसार उम्मेदवारी दिएर धरौटी रकम जफत हुनेमा नेकपा एमाले, नेकपा बिप्लभ, राप्रपा र स्वतन्त्र उम्मेदवार रहनुुभएको छ । धरौटी रकम जफत हुने सदस्यहरु भने सबै गाउँपालिकामा रहनुुभएको छ । 

कुल खसेको मतमध्ये सदर मतको दश प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत रकम जफत हुने कानुनी व्यवस्था छ ।


Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।